esewa

सयौं वर्षअघिको शहर र बस्ती खोज्न वुद्धभुमी तिलौराकोटमा उत्खनन् गरिदै


Friday, 25 Mar, 2016 8:15 AM

१२,चैत,लुम्बीनी ।  कपिलवस्तु स्थित बुद्धस्थलका ४ ठाउमा उत्खननको कार्य शुरु भएको छ । युनेस्को, जेफिड (जापान फन ईन ट्रस्ट) र नेशनल जियोग्राफी सोसाईटी अमेरिकाको सहयोगमा दोस्रोचरणको तिलौराकोट उत्खनन् अन्वेषण परियोजना अन्र्तगत तिलौराकोटका ३ र निग्रोधारामको एक ठाउमा उत्खनन् थालिएको छ ।

पुरातात्बिक तथा ऐतिहासिक स्थल तिलौराकोट (प्राचीन कपिलबस्तु) को दरबार देखि २० मिटर दक्षिणी भाग र सो संगै अघिल्लो बर्ष संरचना मात्र खोलेर छाडिएको मध्यभागमै रहेको पोखरीको पश्चिम दक्षिण भाग, तिलौराकोटको पुर्वीद्वार देखि २५ मिटर दक्षिण र निग्रोधारामको मुख्य संरचना स्थलको बाहिरको भागमा उत्खनन थालिएको छ ।

लुम्बिनी बिकास कोष, पुरातत्व बिभाग र बेलायतको दुरहाम बिश्व बिद्यालयका पुरातत्वविदहरुको संयुक्त टोलीले उत्खनन थालेको हो उत्खननमा दुरहाम बिश्वबिद्यालय बेलायतका सह उपकुलपति पुरातत्बबिद डा. रबिन कनिङ्गहम  सहित डा. मार्क मेनुवल, डा. क्रिस्टोफर डेभिस, डा. जेनिफर, डा. किय स्टिकलेण्ड र अनुस सहित १० विदेशी, लुम्बिनी बिकास कोषका बरिष्ठ पुरातत्व अधिकृत कृष्णबहादुर केसीको नेतृत्वमा ५ जना, पुरातत्व बिभागका प्रबक्ता तथा प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवरको नेतृत्वमा ५ जना र युनेस्कोका २ नेपाली परामर्शदाता वरिष्ठ पुरातत्वबिद् कोषप्रसाद आचार्य र बसन्त बिडारी २२ जना सहभागी छन् । 

पुरातात्विक स्थलको अन्बेषण अन्र्तगत फिल्ड भिजिट, तिलौराकोट, कुदान र अरौराकोटको टोटल स्टेशन मेसिनको प्रयोग गरि रिस्क म्यापिङ्ग, तिलौराकोटमा जियोफिजिक्स र अगरकरिङ्ग मार्फत ३/४ मिटर गहिराई सम्मको माटोको कल्चरल म्यापिङ्ग भईरहेको कुवरले बताए । त्यसै गरि उत्खनन कार्य संगै भिजिटर सर्वेको कार्य समेत नियमित राखिने उनले बताए ।
पछिल्लो समय तिलौराकोट सहितको बुद्धस्थल बरपर अधिग्रहरण गर्ने बिषयको हल्ला मात्रै रहेको उनले प्रष्ट पारे । “बाहिर हल्ला चले जस्तो पुरातत्व बिभागले पुरातात्विक क्षेत्र वरिपरिको जग्गा अधिक्रहरण गर्ने बिषय हल्ला मात्र हो । पुरातत्व बिभागले अधिक्रहरण गर्ने भन्दा पनि केही पुराना संरचना भेटिएका क्षेत्रमा संरक्षित क्षेत्र घोषणा गर्ने योजना भए पनि जग्गाको बिक्री बितरण र उपयोग गर्ने कार्यमा नै बन्देज लगाउने बिषयमा सत्यता नभएको बताए । 

लुम्बिनी बिकास कोषका बरिष्ठ प्रशासकिय अधिकृत ज्ञानेन्द्र राईले लुम्बिनी बिकास कोषले पुरातात्विक क्षेत्र वरिपरि अधिकरणकालागि कुनै योजना नबनाएको स्पष्ट पारे । लुम्बिनी बिकास कोष ऐन २०४२ अनुसार संरक्षित क्षेत्र घोषणा गर्ने प्रक्रिया अगाडी बढन सक्ने भए पनि पुरातात्विक क्षेत्र वरपरका जग्गा उपभोगमा कुनै बन्देज नहुने उनको भनाई थियो । पछिल्ला ४ बर्ष यता उत्खनन्ले कपिलवस्तुको तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको भन्ने बिषयमा धेरै प्रमाण जुटने क्रम रहेकाले आफुहरुले भारतिय राजदुतावाससँग समन्वय गरी भारतिय पुरातत्वविदसँग छलफल गरी तिलौराकोट बारेको भ्रम चिर्ने तयारीमा रहेको राईले बताए । 

उत्खनन्बाट तिलौराकोटको प्राचीन काल क्रम पत्ता लाग्ने र भित्र प्रबेश गर्ना साथ प्राचीन शहरको व्यवस्थित र ऐतिहासिक रुपरंग देख्न सकिने प्रोफेसर तथा प्रमुख पुरातत्वबिद् डा. रबिन कनिङघमले बताए ।
अहिलेको उत्खनन्ले तिलौराकोटको ऐतिहासिकता पुष्टी गर्दै यस क्षेत्रको विकासकालागि कोसे ढुङ्गा साबित हुने उत्खनन्मा संलग्न युनेस्को कन्सल्ट्याण्ट तथा वरिष्ठ पुरातत्वबिद् कोषप्रसाद आचार्यले बताए । अहिलेको उत्खनन्बाट प्राचीन शहरको स्वरुप र सा“स्कृतिक विकास क्रम थाह लाग्ने बताईएको छ ।
त्यत्ती खेर घर बनाउने के के प्रयोग गरिन्थ्यो ?, कस्तो घर बनाईन्थो र आर्थिक समाजिक पाटो पनि केलाईने उनले बताए । तिलौराकोटको विकास क्रम कसरी अघि बढ्यो र कुन कुन समयमा कस्ता समुदायको बसोबास रहयो भन्ने थाहा लाग्ने उत्खननमा संलग्न वरिष्ठ पुरातत्वविद् बसन्त बिडारीले बताए । बिगत बर्षमा गरिएका उत्खननको प्रतिबदेन केही दिनमै सार्वजनिक भएसंगै तिलौराकोट बैज्ञानिक रुपमा नै प्रमाणित हुने उनले बताए ।
पछिल्लो ४ बर्ष यता तिलौराकोटको लोहसरिया स्तुप, पुर्वी सुरक्षा पर्खाल, उत्तरी सुरक्षा पर्खाल, समय माई मन्दिर नजिकैको क्षेत्र, कन्थक स्थुप नजिकैको क्षेत्र र मुख्य दरबार क्षेत्रको पोखरीको उत्तरी पर्खालको र पश्चिमद्वारको पुर्व भाग लगायतका क्षेत्रमा उत्खनन सम्पन्न भै सकेको छ । तिलौराकोट (प्राचीन कपिलबस्तु) राजा शुद्धोदनको राजप्रासाद तथा भगबान गौतम बुद्धको २९ बर्षको युबा अबस्था बितेको क्रीडास्थलको रुपमा रहेको छ । 
 यसै क्रममा भुटानका परराष्ट्र मन्त्री लेम्पो दाम्चोई दोर्जी प्राचीन कपिलवस्तुमा रहेका बुद्ध स्थलहरुको अवलोकन भ्रमण गर्नु भएको थियो पोखरामा सार्क स्तरीय बिदेश मन्त्रीको बैठक सकेर लुम्बिनी हुदै आएका उहाले शनिवार आधा दर्जन बुद्ध स्थलहरुको अवलोकन भ्रमण गरे । उहासंगै रहेको ८ सदस्यीय टोलीले निग्रोधराम कुदान, गोटीहवा।, तिलौराकोट, धमनिया, निगालीकोट, सगराहवा लगायतका बुद्ध स्थल पुगेका थिए । टोलीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले ती स्थलहरुको ऐतिहासिक पृष्ठभुमी र महत्वका बिषयमा जानकारी गराएका थिए ।

यस्तै उहाले तिलौराकोटमा गरिएको उत्खनन र अन्वेशषको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभुमी लगायतका बिषयमा जानकारी गराएका थिए । तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पुर्बीद्धारमा समेत पुगेर मन्त्री दोजीले संचारकर्मीसंग  कुराकानी गर्दै बुद्ध स्थलमा पाईला टाक्ने आफनो सपना साकार भएको बताए ।
 करौडो मानिसको आस्थाको केन्द्रलाई सबैले मिलेर योबजनाबद्ध विकास गर्नुपर्ने उनले सुझाव दिए । तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राज प्रसाद तथा निग्रोधराम बुद्धत्व प्राप्त गरे पछि पहिलो पटक आएर आफनो आमा बुवा र छोरालाई भेटघाट गरी शिक्षा दान दिएको स्थलको रुपमा मानिएको छ । यस्तै गोटीहवा क्रकुछन्द र निगालीकोट कनकमुनीको जन्मथलोका रुपमा मानिएको छ । कपिलवस्तु आउनु अघि मन्त्री दोर्जेले लुम्बिनीको समेत भ्रमण गरेका थिए ।  


Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top