siddhartha

​पत्रकार महासंघको अध्यक्षका तीन प्रत्यासीलाई उस्तै तीन प्रश्न


Friday, 18 Aug, 2017 3:13 PM
आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्न भदौ ४ र ५ गते पत्रकार महासंघको अधिवेशन हुँदैछ । अध्यक्षका लागि तीन जना प्रत्यासी मैदानमा देखिएका छन् । तीनै प्रत्यासी तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरलाई न्यूजसेवाका राजु ढकालले उस्तै तीन प्रश्न गरेका छन् । उनीहरुले यस्तो जवाफ दिए :

पत्रकार महासंघको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

तीर्थ कोइराला : पत्रकार महासंघलाई अलि बढी व्यवसायिक बनाएर लैजान नै हो । यसअघि पत्रकार महासंघले धेरै लामो राजनीतिक लडाईं लड्दै आयो । अब अहिले आएर राजनीतिक लडाईं लगभग लगभग अन्त्य गरेका छौ ।  राजनीतिमा अहिले विवादै छैन भन्ने त होइन तर मुख्य विवाद सिद्वियो । अव प्रेस स्वतन्त्रताका लागि फ्रिडम फाइट गर्ने, या अरु खालको लडाईं छैन । त्यसकारणले अलिकति व्यवसायिकताको विकास गर्ने, पत्रकारिताको विश्वसनीयता बढाउने त्यो क्षेत्रमा काम गरौं र पत्रकार महासंघलाई एउटा दलीय आधारबाट होइन पेशागत आधारबाट चलाउँ भन्ने मूल एजेण्डा हो । 

गोविन्द आचार्य : सिधा रुपमा भन्दा पत्रकारहरुको हकहित अधिकारको निम्ति संघर्ष गर्ने साझा संस्था पत्रकार महासंघ हो । यसअघि म केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरिसकेको छु । त्यहाँ रहँदा मैले पत्रकारहरुको हकहित र अधिकार, प्रेस स्वतन्त्रताको रक्षा र पेशागत मुद्दाहरुको सम्वद्र्धनको लागि  सकारात्मक भूमिका खेलेको छु । अहिले म अध्यक्ष बने भने पत्रकारिता क्षेत्रको सबै समस्या समाधानको लागि मबाट सबैभन्दा महत्वपूर्ण भूमिका हुनसक्छ भन्ने ठानेर उमेद्वारी दिएको हुँ । 

उजिर मगर : व्यवसायिक पत्रकारिता, श्रमजीवि पत्रकारहरुको हकहित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप व्यवस्थित गर्नका लागि मेरो उमेद्वारी हो । दोस्रो कुरा नेपाल पत्रकार महासंघको इतिहासमा जिल्लादेखि केन्द्रसम्म निरन्तर १८ बर्ष काम गरेँ । म पत्रकार महासंघको महासचिव पनि भइसकेँ । महासंघमा महासचिवपछि अध्यक्ष हुने चलन पनि छ । मुख्यतः मेरो उमेद्वारी व्यवसायिक पत्रकारहरुको हकहितका लागि नै हो । मेरो पहिचान नै यही विषयमा भएको हुनाले म मेरो पहिचान स्थापित गराउन चाहन्छु साथै नेपाली मिडिया समावेशी हुनुपर्छ भन्ने मुख्य ध्येय नै हो । 


पत्रकार महासंघप्रति आमसञ्चारकर्मीहरुको साझा संस्था त भनिन्छ, तर यसमा धेरैको भरोसा टुट्दै गएको छ । यसलाई कसरी पुर्नस्थापित गर्नुहुन्छ ? 

तीर्थ कोइराला : धेरैको गुनासो मैले सुनेको छु । त्यो गुनासोलाई सम्बोधन गर्ने क्रियाकलापद्वारा नै हो । अहिले मैले शब्दले भनेर म यसो गर्छु, त्यसो गर्छु भनेर पनि खासै अर्थ हुन्छ जस्तो लाग्दैन । यसले गर्न सक्ने धेरै ठूला काम छन् । पत्रकारिता पढेर धेरै जना आएका छन् । उनीहरुको एजुकेशन आएको छ, स्किल आएको छैन । सीप विकासको काम गर्छौ । भोलि राजनीतिक समस्या आयो भने हामी त्यहाँ सहजिकरण गर्न सक्छौं । अहिले पत्रकारिताको कम्यूनिकेशन टेक्नोलोजीमा धेरै ठूलो विकास आएको छ । त्यसमा पत्रकारहरुलाई अलिकति परिचित गराउने, पत्रकारितामा यत्रो ठूलो पुँजी आएको छ । ६ सय भन्दा धेरै एफएम खुलेका छन् । हजारको संख्यामा अनलाईन छन् त्यहाँ कत्रो पुँजी छ । कति पत्रकारहरु छन् । ती दुईवटैको संरक्षण गरेर जानुपर्ने स्थिति छ । गर्नुपर्ने कुरा थुप्रै छन् जस्तो लाग्छ मलाई । 

गोविन्द आचार्य : वास्तवमा टुटेका मन र भरोसाहरुलाई जोड्ने पुलको काम गर्नका लागि म पत्रकार महासंघको अध्यक्षको उमेद्वार बनेको छु । म अध्यक्षमा निर्वाचित भएँ भने पहिलो काम श्रमजीवी पत्रकारहरुको हातहातमा नियुक्तिपत्र जसरी पनि दिलाउने छु । दोस्रो काम न्यूनतम पारिश्रमिक दिलाउने छु । तेस्रो काम, श्रमजीवी पत्रकारहरु बिरामी पर्दा निःशुल्क उपचारको व्यवस्था र  उनीहरु माँरिदा कम्तिमा २० लाखको बिमा गर्ने छु ।

चौंथो काम पत्रकार जागिरबाट निस्क्यो भने उनीहरुले पेन्सन पाउने संभावना त छैन तर हामी पत्रकार महासंघको पहलमा उनीहरुलाई पेन्सनको ब्यवस्था गर्ने छौँ । त्यो कसरी भने अहिले सामाजिक सुरक्षा ऐन पारित भएको छ । सामाजिक सुरक्षा ऐनमा सामाजिक दायित्व निर्वाह गरेका महत्वपूर्ण भूमिका निर्वाह गरेका क्षेत्रबाट पनि एउटा सामाजिक सुरक्षा कोष बनाएर पेन्सन, बेरोजगार भत्तासम्म दिने प्रावधानहरु छन् । सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलेका पत्रकारहरुलाई त्यो अभियानमा समावेश गरिन्छ । सुरुमा उनीहरुले पनि एक प्रतिशत आफ्नो तलबबाट योगदान गर्छन । उनीहरु निस्कदा पेन्सन पाउने व्यवस्था पत्रकार महासंघमार्फत गर्न चाहन्छौ । 

यसबाहेक प्रेस स्वतन्त्रतालाई पनि कँहिबाट हस्तक्षेप हुन नदिने र प्रेस स्वतन्त्रताको सवालमा सम्झौता नगरिकन खबरदारी गर्ने संस्था बनाउँछौ । पत्रकार महासंघ आफैमाथि उठेका सबै प्रश्नको जवाफ दिन्छौ । पत्रकार महासंघले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन्छौ । सञ्चार माध्यमका समस्याहरुलाई हामीले उठाउने छौं । यसलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिएर यो राष्ट्रिय सेवामूलक उद्योगले के–कस्ता सेवा–सुविधा पाउँछ । कर छुटको व्यवस्था हुन सक्छ । मिडियालाई पनि बलियो बनाउन हामी लाग्छौं । नेपालमा संख्यात्मक ढंगले मिडिया संस्था र पत्रकारको वृद्धि भएको छ । यसलाई गुणात्मक बनाउनको लागि सातै प्रदेशमा पत्रकारहरुको तालिम सेन्टर खोलेर हामी  पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि काम गर्नेछौं । म के विश्वस्त बनाउन चाहन्छु भने हामी आयौं भने कुनै पनि पत्रकारले पत्रकारितामा लागेर गल्तिगर्यौ भनेर निराश हुनु पर्दैन ।

उजिर मगर : हो अहिले महासंघप्रति धेरैको भरोसा गुम्दै गएको छ । जुन ढंगले चुनावी चलखेल बढेको छ, त्यसले अविश्वास बढेको पुष्टि गर्दछ । त्यही रक्षा गर्न, नागरिक समाज र पेशाकर्मीहरुको साझा संस्था बनाउनको लागि र व्यवसायिक पत्रकारिताको भूमिका, श्रमजीवी पत्रकारहरुको पक्षमा गरेको लडाईं, प्रेस स्वतन्त्रताको पक्षमा गरेको लडाईं, २०६२/६३को पुरै कमाण्ड मैले गरेको हो । व्यवसायिक पत्रकारितामा लागेकाहरुले छर्लङ्गै चिन्नुहुन्छ नि मलाई । पत्रकारिता एउटा अर्काइभ पनि त हो । तपार्इंहरुले मेरो बारेमा केही सोच्नु पर्ला र ? यो व्यवसायिक र श्रमजीवि पत्रकार होइन, यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गरेको छैन भन्ने पुष्टि छ र तपाईंहरुसँग ? छैन नी । नागरिक समाजले पत्रकार महासंघले केही पनि गरेर भनेर गर्ने प्रश्नहरुलाई रोक्नको लागि म अगाडि बढेको हो । 


समाजमा सञ्चारकर्मीहरुलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक बन्दै गएको छ । सञ्चारकर्मीहरुको गरिमा कसरी उँचो बनाउनुहुन्छ ?

तीर्थ कोइराला : मलाई के लाग्छ भने यो व्यक्तिगत र संस्थागत दुईवटा पक्षहरु छन् । हरेक व्यक्ति आँफै सचेत हुनुपर्छ जस्तो लाग्छ । जब हामी पहिले पत्रकार हौं भन्ने आत्मसाथ गरिदैन, तबसम्म गाह्रो हुन्छ । पत्रकारितामा किन लाग्यो भन्ने हिसाबले उसले आफूलाई क्लिएर गर्दै जानुपर्छ । अब संस्थाले उसलाई मोटिभेसन गर्नुपर्यो । पेशालाई शुद्विकरण गर्न संस्थाले पनि पहल गर्नुपर्यो । हेर हाम्रो पेशा त यस्तो हो यो हो । यसको काम त कुनै राजनीतिक एजेण्डा सेट गरेर जाने होइन की यसको सामाजिक दायित्व छ भन्ने सबंैले बुझ्ने र बुझाउन सक्नुपर्छ । राष्ट्रिय उत्तरदायित्व बहन गर्दै अगाडि बढ्नुपर्ने स्थिति छ भनेर एजुकेट गर्नुपर्ने छ । पत्रकारभन्दा बढि एजुकेट त कोही पनि छैन तर पनि कहिले काँही हामीले जानीजानी पनि गल्ती गरिराखेका हुन्छौ नी । कहिले अन्जानमा गल्ति गरिराखेका हुन्छौं । त्यो के हो भन्ने खुट्याएर सहीबाटोमा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई । 

गोविन्द आचार्य : गुणस्तरीयता वृद्धिभित्र नै पत्रकारको गरिमा बढाउने, पेशागत मर्यादाका कुराहरु, आचारसंहिता पालनाका कुराहरु आउँछन् । यसका पत्रकार महासंघले के गर्न सक्छ भने हरेक मिडिया हाउसलाई सरकारले बनाईदिएको आचारसंहिता लाद्ने होइन आफै मिडिया हाउसले आचारसंहिता बनाउने र त्यो आचारसंहिता मिडिया हाउसबाटै, हामीबाटै उलंघन भएको भएको छ की छैन भनेर सुनुवाई गर्ने पहल गर्नेछौँ । जस्तो छापा मिडिया छ भने त्यही तपाईलाई लेखिएको समाचारबारे केही गुनासो छ ? प्रतिक्रिया छ ? मर्का परेको छ भने यो ठाउँमा प्रतिक्रिया पठाउनुहोस भनेर इमेल पनि राखिदिने र त्यहाँ एउटा एम्ब्युड्स म्यानजस्तो हरेक मिडियाले खडा गर्ने हो भने धेरै सुधार गर्न सकिन्छ । 

वास्तवमा समाजको आशा मिडियामा हुन्छ । किनभने राज्यको चौंथो अंग  भनेर त्यतिकै भनेको होइन । यो चौंथो अंगले तीनवटै अंगको बाचडगको भूमिका खेल्छ र फेरी यहाँ समाजका अरु अंगबाट पनि आशा गर्ने क्षेत्र यहि भएको हुनाले यसलाई चौंथो अंग भनिएको हो । यसको गरिमालाई बचाउन  यसको अझै व्यवसायिकता यसको पेशागत आचरणलाई शुद्ध बनाउन पनि महासंघले पहल कदमी लिने कुरामा म विश्वस्त तुल्याउन चाहन्छु ।  

उजिर मगर : व्यवसायिक पत्रकाररिता भनेको त्यही होला नी । जब हामी आफ्नो व्यवसायप्रति इमान्दार रहन्छौ, आफ्नो धर्म निर्वाह गर्छौ र आफ्नो मर्यादालाई कायम राख्छौं भने स्वभाविक रुपमा समाज सकारात्मक भइहाल्छ । मैले त्यही काम गर्नु पर्यो भन्या न हो । त्यसको अभाव खट्किएला भन्ने डरले त्यही रोक्नका लागि म मैदानमा उत्रिएको हो । व्यवसायिक पत्रकारहरुलाई सक्षम, समृद्व बनाउन, उनीहरुको क्षमता अभिवृिद्ध गर्ने यसका लागि आमसञ्चार प्रतिष्ठान गठन गर्ने अहिले भएका मिडियाहरुलाई सामाजिक रुपमा उत्तरदायी बनाउने यी लगाएतका कामहरु गर्न खोज्या हो । मैले पत्रकार महासंघमा रहँदा वा नरहँदा गरको काम सवैको सामु प्रष्ट नै छ । मैले मेरै बारेमा भन्नुपर्छ जस्तो लाग्दैन । हिजो लोकतन्त्रको लागि सबै ठाउँका साथीहरु चुप लाग्दा यहाँको कमाण्ड मैले नै गरेको हो । यो कुरा क्लियर छ । दोस्रो कुरा सशस्त्र संघर्षमा लागेका साथीहरुलाई पनि रुकुम, रोल्पा पुगेर समाचार ल्याएर मध्यस्थकर्ताको भूमिका मैले खेलेको हो । यो कुरा कसैले नकार्न सक्दैन नी त ? मेरो आफ्नै पहिचान छ । 
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top