राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति


Wednesday, 4 Dec, 2019 10:06 AM
१८ मंसिर, काठमाडौं ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ ।

समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् ।

राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि आरोप लागेका छन् ।
समितिका अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताएका छन् ।

वाशिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन,‘ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरूका निम्ति नौलो भने हुनेछैन । तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन् ।’

ह्वाइट हाउसले उक्त प्रतिवेदनको विरोधमा तीखो प्रतिक्रिया दिँदै त्यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनेको छ ।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको उक्त प्रतिवेदनमा उल्लेख छ । राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौँसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको प्रतिवेदनमा लेखिएको छ ।

यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिनाभन्दा धेरै समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको बताउँदै आएका छन् ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

विप्लव समूहका २ जिल्लास्तरीय नेता रौतहटबाट पक्राउ

१४ माघ, रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।  उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ । अहिलेसम्म एक हजारभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले धरपकडलाई गति दिएसँगै विप्लवका कार्यकर्ताहरुले आफ्ना गतिविधिलाई तीब्रता दिएका छन् । 

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अन्तर्राष्ट्रिय

फनेल वेब स्पाइडर, १५ मिनेटमै जान्छ मानिसको ज्यान

१४ माघ, काठमाडौँ।
आगोका कारण निकै ठूलो संकट देखिएको अष्ट्रेलिया फेरि माकुराका कारण  संटकमा परेको छ। अष्ट्रेलिया देखिएको  फनेल वेब स्पाइडर नामको  माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने अष्ट्रेलियाका  सञ्चारमाध्यमहरूले उल्लेख गरिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा उक्त माकुरा जमिनभित्र छिरेको तर अहिले भारी वर्षापछि आएको बाढीका कारण उक्त माकुरा शहरतिर भाग्न बाध्य भएको बताइएको छ।

आप्रवासीलाई कडाई गर्ने ट्रम्पको नीति कार्यान्वयन गर्न अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति

१४ माघ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने नीति लागु गर्न स्वीकृति दिएको छ। अदालतको यस फैसलासँगै ट्रम्पले आफू अनुकुल आप्रवासी नीति बनाउने बाटो खुल्ला भएको छ। यसअघि अमेरिकाको तल्लो अदालतको ट्रम्पको आप्रवासी नीति कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चमा भने तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए।

भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा

१४ माघ, काठमाडौं । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ । एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् । सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ ।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top