ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु, ट्रम्प भन्छन्–फोहोरी प्रयास


Wednesday, 25 Sep, 2019 9:50 AM
८ असोज, काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ ।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी छन् । राष्ट्रपति जिम्मेवार हुनु पर्ने र त्यसकै लागि अनुसन्धान सुरु गरिएको उनले बताएकी छन् ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको गलत आग्रह वा प्रयास नगरेको दाबी गर्दै डेमोक्राटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभमा थालिएको अनुसन्धान प्रक्रिया ‘फोहोरी’ प्रयास रहेको बताएका छन् । महाअभियोग प्रक्रियाको अनुसन्धानमा डेमोक्र्या्टिक पार्टीको बलियो समर्थन छ । यो प्रक्रिया अघि बढेमा रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटबाट पारित हुने सम्भावना लगभग छैन ।

गएको शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान गर्न आग्रह गरेको खबर प्रकाशित भएको थियो ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी भएको बताएका छन् र उनले जो बाइडेन भ्रष्टाचारी रहेको पनि आरोप लगाएका छन् । बाइडेनले उपराष्ट्रपति रहेका बेला आफ्ना छोरा हन्टरमाथि युक्रेनमा लागेको आरोपको अनुसन्धान रोक्ने भूमिका खेलेको आरोप ट्रम्पले लगाएका हुन् । बाइडेनले आरोप अस्वीकार गर्दै ट्रम्प र जेलेन्स्कीबिच भएको टेलिफोन वार्ताको ट्रान्स्क्रीप्ट सार्वजनिक गर्न माग गरेका छन् ।

ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबिच भएको खास कुराकानी अझै थाहा भएको छैन । तर ट्रम्पले पूर्व उपराष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई दबाब दिएको बताइएको छ ।

जो बाइडेन र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु नगरेमा अमेरिकाले युक्रेनलाई दिने सैन्य सहयोग रोक्ने चेतावनी ट्रम्पले दिएको आरोप छ ।

ट्रम्पले आउँदो वर्ष हुने चुनावमा आफ्नो प्रतिस्पर्धा हुन सक्ने बाइडेनको राजनीतिक छबी धुमिल पार्न झुट आरोपमा अनुसन्धान थाल्नका लागि विदेशी शक्तिलाई दबाब दिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोनमा वार्ता गरेका हुन् । ट्रम्पले मंगलबार ट्वीट गरेर जेलेन्स्कीसँगको टेलिफोन वार्ता पूर्ण रुपमा सौहार्द रहेको र आफूले कुनै पनि किसिमको दबाब नदिएको दाबी गरेका छन् ।

तर तल्लो सदनकी सभामुख एवम् शीर्ष डेमोक्र्या्टिक नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले कानूनको उल्लंघन गरेको र संवैधानिक जिम्मेवारीलाई भुलेको आरोप लगाएकी छन् । आफूलाई राजनीतिक फाइदा हुने प्रक्रिया सुरु गर्नका लागि ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गर्नु पदको दुरुपयोग रहेको उनले बताएकी छन् ।

अमेरिकाको संविधानमा पदको दुरुपयोग गर्ने राष्ट्रपतिलाई पदबाट हटाउनका लागि महाअभियोग लगाउन सक्ने व्यवस्था छ । देशद्रोह, भ्रष्टाचार या अरु उच्च अपराध र कुकर्म गरेको प्रमाणित भएमा महाअभियोग मार्फत राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान संविधानमा छ । तर यसको स्पष्ट अर्थ भने छैन ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top