syangyong
cg

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

एकराज पाठक


Saturday, 7 Jul, 2018 3:51 PM
२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उनले आफ्ना हरेक सम्बोधनमा भन्थे, मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउँछु तर त्यसको खर्च मेक्सिकोलाई नै तिराउँछु । 

यो एजेण्डाको विश्वसनीयता र सम्भाव्यताको मापन त्यसताका निकै भएको हो । यसरी एकले अर्को देशका सीमा क्षेत्रमा पर्खाल नै लगाउनेजस्तो काम असम्भव छ भन्नेहरुको जनमत धेरै थियो । उनीहरुले ट्रम्पको यो एजेण्डालाई ‘हावादारी’ भनेका थिए । यस्तो असम्भव विषयलाई निर्वाचनको प्रमुख एजेण्डा बनाउने ट्रम्प कसरी अमेरिकाजस्तो देशको राष्ट्रपति बन्ने होलान् भनेर पनि विश्लेषकले टिप्पणी गर्ने गर्दथे । 

ट्रम्पले यो एजेण्डालाई अघि सार्नुको प्रमुख कारण मेक्सिकोका कारण अमेरिकामा भएका विविध हानीलाई देखाएका थिए । उनले त्यस समयमा गर्ने भाषणका प्रमुख अंश मेक्सिकोलाई ‘गालीगलौज’ मा बढी खर्चिने गर्थे । उनकै भाषामा मेक्सिकोका कारण अमेरिकामा आतङ्ककारी आक्रमण हुने गरेका छन् । अमेरिकामा बढी लुटपाट र हिंसा मच्चाउनेमा पनि मेक्सिकोका नागरिक बढी छन् भन्ने उनको तर्क थियो । 

त्यसैले मेक्सिकोको यो त्रासबाट मुक्ति पाउन उसको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने उनको तर्क थियो । मेक्सिकोतर्फबाट अवैधरुपमा नागरिक अमेरिका छिर्ने र त्यसमा बढी त मेक्सिकोकै नागरिक भएकोले अमेरिकालाई खतरा उत्पन्न हुने गरेको उनले बताउँदै आएका छन् । 

त्यस्तै उनको अर्को एजेण्डा अवैध आप्रवासीलाई अमेरिकामा स्थायीरुपमा बसोबास गर्न नदिइने भन्ने पनि थियो । त्यसको दोषी पनि उनको नजरमा मेक्सिको नै थियो । मेक्सिकोका धेरै आप्रवासी अवैधरुपमा अमेरिका छिर्छन् र लुटपाट गरेर आतङ्क मच्चाउने गर्छन् भन्ने उनको आरोप थियो । त्यसैले पनि उनले मेक्सिकोसँग पर्खाल लगाउने प्रस्ताव गरेको बताएका थिए ।  

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएको पनि डेढवर्ष भइसक्यो । यस समयमा उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने जग हाल्न सकेका छैनन् । तर पनि यो एजेण्डालाई भने उनले जिवीतै राखेका छन् । बेला बेलामा उनको भाषणमा अहिले पनि आफ्नो उक्त कार्यक्रम प्राथमिकतामा नै रहेको बताउँछन् । 

मेक्सिकोमा ट्रम्पविरोधी राष्ट्रपति आएपछि...
त्यो एजेण्डा यतिखेर भने अमेरिकामा आएर अझ बढी चर्किएको छ । मेक्सिकोमा नयाँ राष्ट्रपति आएपछि यसले उक्त एजेण्डालाई अमेरिका र मेक्सिकोमा पनि अझ बढी चर्काइदिएको महसुस भएको छ । किनभने मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति अमेरिकी राष्ट्रपति ट्रम्पका एक कट्टर विरोधीका रुपमा परिचित छन् । उनको आगमनले यी दुई छिमेकीको आगामी सम्बन्ध कस्तो होला भन्ने प्रसंगले यो पर्खाल प्रसंगलाई पुनः एकपटक सम्झाइदिएको हो । 

मेक्सिकोमा गएको आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा यहाँका पुराना वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले जित हासिल गरे । यो जितसँगै यहाँ वामपन्थी शक्तिको पुनः उदय भएको छ । छिमेकमा भएको यो उदयले राष्ट्रपति ट्रम्पलाई पुनः एक पटक झस्काइदिएको छ । एकातर्फ आफ्ना कट्टर विरोधी र अर्कातर्फ छिमेकमा दशकौँका परम्परावादी शक्तिलाई परास्त गर्दै वामपन्थी शक्तिको उदय । राष्ट्रपति ट्रम्पको पर्खाल र आप्रवासीमात्र नभएर सबैखाले नीतिहरुमा पनि उनको उदयले अमेरिकालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । 

ओब्राडोरको विजयसँगै मेक्सिकोको मूल धारको राजनीतिबाट दुईवटा प्रमुख राजनीतिक दल रिभोल्युसनरी पार्टी र नेसनल याक्सन पार्टीको दशकौँ पुरानो एकाधिकार भने तोडिएको छ । यी पुराना र यहाँको राजनीतिक परिदृश्यमा विगत लामो समयदेखि कब्जा जमाउँदै आएका ठूला दलको पराजयबाट उदाएका आब्राडोरले यी दललाई देशको राज्यसत्तामा गैरराजनीतिक माफिया भनेर टिप्पणी गर्ने गर्छन् ।  
 
मेक्सिको सिटी नगरका पूर्वमेयर ओब्राडोर आफ्ना प्रतिद्वन्द्वीसँग सबैभन्दा बढी मतान्तरले विजयी भएका छन् । प्रतिद्वन्द्वीको २३ प्रतिशतमात्र मत रहेकोमा उनले भने ५३ प्रतिशतभन्दा बढी मत ल्याएका छन् ।  ६४ वर्षीय ओब्राडोरले चुनावी परिणाम घोषणा भएलगत्तै मेक्सिकोका हरेक क्षेत्रमा आमरुपमा परिवर्तन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले खासगरी मेक्सिकोमा बढ्दो भ्रष्टाचार निर्मूल पार्ने काममा आफू लाग्ने आश्वासन दिएका छन् । 

गत आइतबार सम्पन्न सो चुनावमा यहाँका करिब सात करोड मतदाताले मतदान गरेका थिए । ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा परिचित मेक्सिको यस क्षेत्रको एक ठूलो तेल निर्यातकर्ता देश पनि हो । तर पछिल्लो समयमा भने तेलको मूल्य खस्किएका कारण मेक्सिकोको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर विरोधी ओब्राडोर राष्ट्रपतिमा विजयी भएसँगै दुई देशबीचको यसै पनि नराम्रो सम्बन्धबारे पुनः चर्चा शुरु भएको छ । आफू राष्ट्रपति भएपछि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोका विरुद्ध अभिव्यक्ति दिन भने छोडेका छैनन् ।  केही महिनामात्र अघि पनि उनले मेक्सिकोका नागरिकलाई ‘चर्पीको प्वालजस्ता काम नलाग्ने देशका मानिस’ भनी टिप्पणी गरेका थिए । यो अभिव्यक्तिबाट पनि पछिल्लो समयमा दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ । 

ओब्राडोरले भ्रष्टाचार नै मेक्सिकोको सामाजिक र आर्थिक असमानता र हिंसाको मूल जड भएको बताएका छन् । उनले आफूले नियमितरूपमा मन्त्रिपरिषद् बैठक डाक्ने र देशमा व्याप्त लागूऔषधको कारोबारीहरुको अवैध जालो तोड्ने बाचा गरेका छन् ।  राज्य, राजनीतिक दल र व्यापारिक घरानाले गरेको देशको साधन स्रोतको एकोहोरो दोहनको अन्त्य गरी देशका मजदुरको कामकोे ज्याला र पेन्सन वृद्धि गर्नेसमेत उनले बताएका छन् । 

राष्ट्रपति ट्रम्पको आप्रवासी नीति अथवा समग्रमा भन्नुपर्दा सिंगो मेक्सिको नीतिकै विरोधी ओब्राडोरको विजय यस्तो समयमा भएको छ कि यतिबेला अमेरिकी राष्ट्रपतिको आप्रवासी नीतिलाई अमेरिकाको सर्वोच्च अदालतले मान्यता दिएको छ । मेक्सिकोसहित केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्ने उनको नीतिले वैधानिकता पाएको तर त्यसका विरुद्धमा देशैभरि प्रदर्शन जारी रहेका बेला यता छिमेकी मेक्सिकोमा त्यस नीतिका एकजना कट्टर आलोचकको उदयले यी दुई देशको सम्बन्धलाई पुनः परिभाषित गर्ने दिन आएको कतिपय विश्लेषकको भनाइ छ । 

तर राष्ट्रपति ट्रम्पले भने ओब्राडोरलाई आफ्नो ट्वीट अकाउन्टमार्फत बधाई दिएका छन् । उनले मेक्सिकोको सो निर्वाचनलाई वैधानिक भन्दै नयाँ राष्ट्रपतिसँग मिलेर काम गर्ने बताएका छन् । दुई देशको यो कूटनीतिक अभ्यासकैबीचमा दुवै देशका विश्लेषकको प्रश्न भने जिवीतै छ– के सीमा क्षेत्रमा पर्खाल बन्ला त ? एजेन्सीको सहयोगमा रासस

 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​नेकपाको सचिवालय बैठक मङ्सिर ६ गते

३ मङ्सिर, काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति 

​सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ: अध्यक्ष यादव

३ मङ्सिर, लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए। चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। “दलित, गरीब र असहायलगायतको नाममा राजनीति 

​अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

३ मङ्सिर, काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा 

अन्तर्राष्ट्रिय

​गुजरात काण्डमा दोषी आरोपित नरेन्द्र मोदीबारे सर्वोच्च अदालतको कस्तो आउला फैसला ?

३ मंसिर, काठमाडौं । भारत गुजरातमा भएको हिंसाको घटनामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई सफाइ दिएको विरोधमा दर्ता भएको अपिलमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई हुँदैछ । मोदी विरुद्धको अपिल कांग्रेसका पूर्वसांसद एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले गरेकी हुन् । गएको मंगलबार न्यायाधीश एएम खानविलकरको 

खशोग्जीको हत्याका क्रममा दिएको यातनासम्बन्धी श्रव्यसामग्री म सुन्नै सक्दिनँः ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताए ।

​डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top