ghaderi
esewa

किम जोङ उनसँगको वार्ता किन रद्द गरे डोनाल्ड ट्रम्पले ?


Friday, 25 May, 2018 11:36 AM
केही हप्तादेखि जारी बयानबाजीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः उत्तर कोरियाका नेता किम जोन उनसँग तय गरिएको वार्ता रद्द गरेका छन् । एक बक्तव्य जारी गर्दै ट्रम्पले जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ता नहुने जनाएका छन् । उनले कोरियाको सरकारी न्यूज एजेन्सीको समाचारमा अमेरिकालाई खुलेआम दुश्मन देखाइएकाले वार्ता रद्द गर्नुपरेको प्रस्टीकरण दिएका छन् । 

तर शिखर वार्ता टुट्नुको सुरुवात ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बाल्टनकै अभिव्यक्तिबाट भएको थियो । उनलाई उत्तर कोरियासँग हुने बार्ताको अपेक्षाहरुको रेखांकन गर्ने जिम्मा दिइएको थियो । बोल्टनले उत्तर कोरियालाई पूर्णरुपमा परमाणु निशस्त्रीकरण गर्ने लक्ष्य राखेका थिए । उनी चाहन्थे, सिंगापुरमा उत्तर कोरियाले आफ्ना सबै परमाणु र रासायनिक हतियारलाई नष्ट गर्न सहमत होस । 

बोल्टनको गम्भीरतामा प्रश्न
बोल्टनले शायद उत्तर कोरियासँगको कुटनैतिक प्रक्रियालाई कहिल्यै पनि गम्भीरताका साथ लिएनन् । राष्ट्रिय सुरक्षा सल्लाहाकारको  कुर्सी सम्हाल्नुभन्दा पहिले एक आम नागरिकको रुपमा उनले ट्रम्प र किमबीच हुने वार्तामा प्रश्न उठाएका थिए । बल्टनले भनेका थिए,‘ यो वार्ताबाट कुनै पनि उपलब्धीमूलक नतिजा निस्कने छैन । बरु अमेरिकाले आफ्नो बहुमूल्य समयमात्र बर्बाद गर्ने छ ।’ बोल्टनले उत्तर कोरियासँगको वार्तामा अमेरिकाले ‘लिविया मोडल’ अपनाउनुपर्ने बताउँदै आएका थिए । लिवियासँग सन् २००३ मा भएको निशस्त्रीकरणको प्रक्रियापछि लिवियाई नेता मुअम्मर गद्दाफीलाई परमाणु कार्यक्रम पूर्णरुपमा रोक्नु परेको थियो । र, हालैको वक्तव्यमा यसै विषयको जिकिर गरिएको थियो । 

लिवियाको भूत 
लिवियासँग गरिएको तुलनापछि उत्तर कोरियाका मन्त्री चो भडकिएका थिए । उनले भनेका थिए,‘उत्तर कोरिया एक परमाणु शक्ति हो । जोसँग इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल छ । जसलाई थर्मोन्यूक्लियर हतियारमा जडान गरेर प्रयोग गर्न सकिन्छ । यसको तुलनामा लिवियासँग नगन्यमात्र उपकरणहरु थिए । ’
लिवियासँग घटेको घटनाले किमले के सोचे भने अमेरिकाले भनेको परमाणु निशस्त्रीकरणको अर्थ हो एक दिन उनको अन्त्य पनि निश्चित छ । 
उत्तर कोरियाले अमेरिकाको टिप्पणीलाई एक धम्किको रुपमा बुझ्यो । अमेरिकी राष्ट्रपति माइक पेन्सले जब एक अन्तवार्तामा ट्रम्पको फैसलाई समर्थन गरे तव यसलाई अमेरिकी नीतिको एक हिस्सा मानियो । या त किम सिंगापुर आउन या अमेरिकाले भनेको मानेनन् भने अमेरिकी फौजको कारबाहीको सामना गर्नुपर्ने छ । घटनालाई यस रुपमा बुझियो । 

सिंगापुरमा हुने भनिएको वार्तालाई उत्तर कोरियाले निकै संवेदनशील रुपमा लिएको छ भन्ने कुरालाई अमेरिकी प्रशासनले बुझ्न सकेन । परिस्थिती त्यतिखेर विग्रन सुरु भयो जव अमेरिकाले उसको छिमेकी देश दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासमा रुची देखायो । उत्तर कोरियाको भनाइ थियो त्यो सैन्य अभ्यासमा ती लडाकु विमानहरु पनि प्रयोग गरिएको थियो जसले परमाणु बम बोक्न सक्षम थिए । ती विमानहरु आफूलाई तर्साउन अमेरिकाले देखाउँदै आएको उत्तरको बुझाइ थियो । 

दक्षिणले कुनै संकेत पाएको थिएन 
वार्ता रद्द गर्ने ट्रम्पको फैसलाबारे शायद दक्षिण कोरियालाई पनि कुनै संकेत थिएन । उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणस्थलमा रहेको सुरुङलाई ध्वस्त गरेको केही घण्टामा राष्ट्रपति ट्रम्पले वार्ता रद्द गरे । यसले अन्तर्राष्ट्रिय जगतमा पनि सही संकेत गएको छैन । 

उत्तर कोरियाको विदेश मन्त्रालयले यो निर्णयप्रति कडा प्रतिक्रिया दिएको छ । तर उसले अमेरिकाको साथ कूटनीतिक प्रक्रियालाई कुनै पनि विन्दुबाट सुरु गर्न तयार रहेको पनि दोहो¥याएको छ । यो कुरा सही हो कि उत्तर कोरिया वार्ता गर्ने आफ्नो प्रतिवद्वताबाट पछि हटेको थिएन । किम जोङ उनले चीनमा गएर दुईपटक त्यहाँका राष्ट्रपति शी जिनपिंगसँग भेटे त्यतिखेर पनि उनले वार्ताको लागि आफू प्रतिवद्व रहेको जनाएका थिएए । दक्षिण कोरियाका राष्ट्रपतिसँगको वार्ता पनि उनले आफ्नो योजनामा कुनै विचलन ल्याएका थिएनन् । राष्ट्रपति ट्रम्पले जारी गरेको वक्तव्यमा पनि उनी किम जोङ उनसँग वार्ता गर्नका लागि आफ्नो सबै ढोका बन्द नगरेको स्पस्ट पारेका छन् । उनले किम जोङ उनलाई ‘महामहिम’को रुपमा संबोधन गरेका छन् र यो पनि लेखेका छन्‘ मसँग सम्पर्क गर्न र पत्र लेख्न’ हिच्किचाउनु हुने छैन ।  

नजितालाई लिएर शंका

ट्रम्पको यो प्रस्तावलाई लिएर किम जोङ उन खासै उत्सुक नहोलान । यद्यपि यसमा कुनै शंका छैन यो वार्ताले अधिक फाइदा उत्तर कोरियालाई नै हुनेवाला थियो । उत्तरले त यतिसम्म भनेको थियो, उसलाई ट्रम्मसँग भेट गर्नुपर्छ तर, यो वार्ताको नतिजा के निस्केला, यसबारे थप अनुमान केही थिएन । अमेरिकालाई पनि यो वार्ताबाट के हाँसिल होला भन्नेमा स्पस्ट संकेत केही थिएन । शायद यही प्रश्नले पनि अमेरिकालाई यो वार्ताबाट पछि हट्न गाह्रो भएन होला ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top