syangyong

​संचार र संगीतलाई एकसाथ अगाडी बढाईरहेका तुलसिंहको यस्तो छ जिवन कहानी

शंकर पोखरेल


Tuesday, 21 Nov, 2017 11:54 AM
तुलसिंह रनपछाइ म्युजिक चर्चित लोकसंचारकर्मी तथा लोकदोहोरी गायक हुन् । गीतसंगीत र संचार क्षेत्रलाई एकसाथ अगाडी बढाइरहेका गायक तुलसिंह बच्चा देखि बुढासम्म सबै उमेरका व्यक्तिका लागी लोकप्रिय छन् । उनले संचालन गर्ने कार्यक्रम अनी उनका गीतहरु खुबै रुचाइन्छन् । हालसम्म दुई दर्जनभन्दा बढी गीतमा आवाज दिएका गायक तुलसिंहका ‘मायाको सुरुवात’, ‘कति महान् छौ’, तिमी मेरी हैनौ सानु’, सम्झनामा पागल हुने भए’ ‘विर्सियौकी जस्तो लाउन थाल्यो’, ढङ्ग भएको रङ्ग हुन्छ’, आउहै बाबु घरमै फर्केर’ लगायतका गीतहरु उनका लोकप्रिय एमब् चर्चित गीतहरु हुन्, जसले उनलाई चर्चाको शिखरमा पुर्यायो । उनी गुल्मीको ‘सामुदायिक रेडियो स्काई’का प्राविधिक प्रमुख समेत हुन् । तिनै लोकप्रिय एबम् चर्चित संचारकर्मी तथा लोकदाहोरी गायक तुलसिंह रनपछाई म्युजिकले न्यूजसेवासँग आफ्ना जिन्दगीका केहि अनुभवहरु साटेका छन् । 

बाल्यकाल 
मेरो बाल्यकाल गुल्मीको अग्लुङमा वित्यो । कक्षा १० सम्मको अध्ययन गाउँमै गरेँ । बाल्यकाल मेरो सामान्य नै रह्यो । गाउँमा मेलापात गर्दा, विभिन्न मेला पर्वहरुमा तथा विद्यालयका विभिन्न कार्यक्रमहरुमा गीत गाउने गर्थेँ । सानैदेखि एउटा संचारकर्मी बन्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । 

संचार क्षेत्रमा प्रवेश
अरु जागीर खाने भन्दा पनि संचार क्षेत्रमै प्रवेश गरेर केहि गरँ जस्तो लाग्थ्यो । सबैले चिनुन् जस्तो लाग्थ्यो । यहि रहरले २०६४ सालमा प्युठानको ‘रेडियो प्युठान’मार्फत संचारको क्षेत्रमा प्रवेश गरेँ । त्यतिबेला संचार क्षेत्र र संचारकर्मीको धेरै महत्व थियो । त्यसपछि २०६७ सालदेखि गुल्मीको सामुदायिक रेडियो स्काईमा प्रवेश गरेँ । हालसम्म यसै रेडियोमा कार्यरत छु । मेरो करिब १० बर्षको संचार क्षेत्रको अनुभव सन्तोष जनक नै रहेको छ । 

लोकसंगीतमा प्रवेश 
म संचार क्षेत्रमा प्रवेश गरेसँगै २०६७ सालमा पहिलो गीत रेकर्ड गरेँ । ‘होइन ए होइन सानु’को साइड बी मा ‘मायाको सुरुवात कसले चलायो’ बोलको गीतबाट संगीत क्षेत्रमा प्रवेश गरेको हुँ । जसमा महिला आवाज चर्चित गायिका मुना थापाले दिनुभएको थियो ।

पहिलो गीतको अनुभव
त्यतिबेला साइड ‘ए’ मा पुराना तथा चलेका कलाकारले गीत गाउनुपर्ने बाध्यता थियो । नयाँ कलाकारको वास्ता हुँदैनथ्यो । त्यो समयमा गीत चलोस् वा नचलोस्, एउटा गीत त गाएरै छाड्छु भनेर लागेँ । गीत पनि गाएँ र सफल पनि भएँ । गीत पनि चल्यो । त्यसैको सफलता र प्रेरणाले गर्दा अहिलेसम्म २ दर्जनभन्दा बढी गीत गाउने अवसर पाएँ । 

चिनाएको गीत
मेरो पहिलो गीत ‘मायाको सुरुवात कस्ले चलायो’ चलेको थियो । त्यो गीतले पनि मलाई चिनायो । यससँगै ‘कति महान् छौ’, तिमी मेरी हैनौ सानु’, ‘विर्सियौकी जस्तो लाउन थाल्यो’ लगायतका गीतले मलाई स्रोता दर्शकमाझ चिनायो । 

लोकसंगीत 
दुख सुख पर्दा गाइने, लोकका मर्म र भावना बुझेको, हाम्रै गाउँपाखा अनी मायाप्रेमका कुरा गर्ने गीतसंगीतनै लोकसंगीत हो जस्तो मलाई लाग्छ । 

फोहोरी बन्दै गएको दोहोरी 
पछिल्लो समय दोहोरी गीतहरु फोहोरी बन्दै गएको अवस्था छ । कलाकारहरु सस्तो लोकप्रियताको लागी छाडा गीत बजारमा ल्याउने प्रचलन पनि रहेको छ । यस्तो अवस्थामा नेपाली लोकसंगीतको जगेर्नाको लागी विभिन्न संस्थाहरु खोलीएका छन् । त्यस्ता संस्थाहरुले काम गर्नुपर्ने हुन्छ । हामी सर्जकहरुले पनि सस्तो लोकप्रियतालाई छाडेर मौलिकतालाई प्राथमिकता दिने हो भने त्यस्ता विकृतीहरु आउँदैनन् । 

संगीत र संचार रोज्नुपर्दा
संगीत र संचारमा एकलाई रोज्नुपर्यो भने मैले संगीतलाई नै रोज्छु । संचारको क्षेत्रमा सधै काम गर्न नसकौँला । जबसम्म मेरो गलाले साथ दिनेछ, मलाई रुचाइदिनुहुनेछ, त्यतिबेलासम्म मैले लोकसंगीतलाई निरन्तरता दिनेछु । 

स्रोता दर्शकलाई सन्देश
संचार तथा गीतसंगीतको क्षेत्रमा मलाई रुचाइरहनुभएको छ । यसैगरी माया गरीरहनुहोला । यदि तपाईले माया गर्नुभयो भने म अनी गीतसंगीत रहिरहने छ । सबै गीतहरुलाई माया गर्नुहोला । गीतसंगीतको क्षेत्रमा कुनै विकृती आउन खोजे मलाई सुझाव दिनुहोला । 
 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top