cg electronics
nlic

विशाल टुँडिखेल कसरी भयो सानो ? ‘ट्वाइलेट’देखि ‘टु लेट’सम्मको इतिहास


Wednesday, 11 Oct, 2017 11:40 AM
टुँडिखेल आँफैमा ऐतिहासिक छ । यही टुँडिखेलको इतिहास निक्कै रोमान्चक भेटिन्छ । लिच्छवी कालमा प्रतिङ्गीरा देवी र बज्र भैरवले बज्रतण्डी नामकी देवीलाई दाइजो दिएकाले यसलाई तुण्डी क्षेत्र भनिन्थ्यो । यही तुण्डी शब्दबाट यो क्षेत्रको नाम टुँडिखेल रहन गएको इतिहास भेटिन्छ । ६७८ सालतिरको कुरा, अंशुवर्मा राजा हुँदा अहिलेको टुंडिखेल क्षेत्रमा विभुवर्मा भन्ने भारदारले धारा बनाएका थिए । ०४१ बैशाखमा भोटाहिटीबाट रत्नपार्क जाने बाटोमा सुरुङ खन्दा धारो भेटिएको र धाराबाट पानीसमेत आइरहेको थियो भन्छन्, इतिहासविद् दिनेशराज पन्त । श्री ३ रणोद्वीपको पाला (१९३३–४२) मा टुँडिखेल बढाउँदा धारा पुरिएको थियो । टुँडिखेल बढाउँदा इन्जिनियरको काम गणितिज्ञ गोपाल पाँडेले गरेका थिए ।

काठमाडौंको मध्य भागमा अवस्थित विशाल यो खुल्ला मैदानमा विशेष पर्वहरुमा जात्रा गरिने गरेको सबैलाई थाहै छ । तर, यसको इतिहास कोट्याउँदै जाँदा मध्यकालदेखिकै भेटिन्छ । टुँडिखेल मध्यकालमा कान्तिपुरी नगरीको सिमानाभन्दा बाहिर थियो । अहिलेको काठमाडौं चक्रपथ बाहिरको भागजस्तो थियो त्यतिखेरको कान्तिपुरी नगरीका लागि टुँडिखेल । त्यतिखेर यो खुला मैदान ट्वाइलेटको रुपमा प्रयोग भएको इतिहास भेटिन्छ । इतिहासविद् त्रीरत्न मानन्धर भन्छन्– पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि सैनिकहरुको परेड खेल्ने आधिकारिक मैदान बनाइएको टुँडिखेल त्यसअघि स्थानीयको शौच जाने ठाउँ थियो ।’

पृथ्वीनारायण शाहको पालापछि टुँडिखेल सैनिक प्रयोजनकै लागि प्रयोग भएको देखिन्छ । १८९६ मा राजेन्द्रबिक्रम साहको पालामा भिमसेन थापा थुनिएका थिए । त्यतिखेर पुर्पक्षका लागि हनुमानढोका लैजाने क्रममा थापाले सैनिकलाई भनेका थिए रे, टुँडिखेलको बाटो लैजानु । इतिहासविद् पन्त भन्छन्– टुँडिखेलमा पुगिसकेपछि विगतमा आफ्नो नेतृत्वमा रहेका सेनाले आफूप्रति सहानुभुति देखाउलान् र आफूलाई समर्थन गर्लान् भन्ने सोचाईं थापाको देखिन्थ्यो । त्यसो त १९४२ मा रणोद्वीप सिंहलाई गोली ठोकेर मारेपछि जंगबहादुरतिर दोष देखाउँदै श्री ३ वीर शम्शेरले सैनिक भएको टुंडिखेलमा गएर श्रीपेच लगाएको इतिहास छ । यस्तै यस्तै घटनाले देखाउँछ, पृथ्वीनारायण शाहको पालापछि टुँडिलेल सैनिक मैदानको रुपमा प्रयोग भएको । 

त्यतिखेर टुँडिखेलको आकार ठूलो थियो । त्रिपुरेश्वरको दशरथ रंगशाला रहेको भागदेखि रानीपोखरीसम्मको क्षेत्र सबै टुँडिखेलमा पथ्र्यो । तर, समयसँगै टुँडिखेलको आकार र अस्तित्व बदलिँदै आएको छ । त्रिपुरेश्वर क्षेत्रमा रंगशाला पछाडि ‘आर्मी अफिसर्स क्लब’ रहन गयो, तर टुँडिखेलको खास क्षेत्रबाट अलग्गै रहेर । रत्नपार्क र खुल्लामञ्च रहेको क्षेत्र पनि टुँडिखेलको हैसियतबाट अलग्गिए । अलग्एिको क्षेत्र ‘टु लेट’ अर्थात् भाडाको रुपमा समेत प्रयोग भए । आर्मी अफिसर्स क्लब त अहिले पनि बिभिन्न प्रयोजनका लागि भाडामा दिने गरिएकै छ । 

गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै बदलियो । खुम्चिँदै आएको सैनिक मञ्च ०६३ पछि झनै खुम्चिन पुग्यो । सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमा बिभिन्न जातजाति, धर्म र संस्कृतिका कार्यक्रमहरु हुन थाले, भैरहेका छन् । टुँडिखेल अहिले सामान्य नागरिक प्रवेश गरी खेल्ने र रमाइलो गर्ने मैदानमा बदलिएको छ । सैनिक मञ्च तर्फको केही भाग तारले घेरेर सेनाले प्रयोग गरेको छ भने धेरै भाग अहिले सर्वसाधारणका लागि खुला भएको छ । त्यसमा पनि खुल्ला मञ्चका लागि रहेका भाग फेरि भाग लगाएर आधा जग्गा बसपार्कको रुपमा प्रयोग गरिएको छ । 


Ruslan

paicho

bussewa

राजनीति

​संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

१४ जेठ, काठमाडौ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

अन्तर्राष्ट्रिय

​श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

१४  जेठ, कोलम्बो । श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले सोमबार जानकारी दिएको छ । अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि सो समाचारमा जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता 

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top