टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसन बजारमा विक्री सुरु


Sunday, 8 Sep, 2019 6:06 PM
२२ भदौ काठमाडौ ।  टू–ह्वीलर र थ्री–ह्वीलरमा विश्वविख्यात कम्पनी  टिभिएस मोटर कम्पनीले आफ्नो लोकप्रिय विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसनलाई बजारमा विक्री वितरण सुरू गरेको छ । नाडा अटो शो २०१९ मा सार्बजनिक गरिएको यो बाइकले धेरैको मन जित्ने विश्वास गरिएको छ । टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि  भएको र  युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको जारी विज्ञप्तमिा उल्लेख छ ।

अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिन स्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्ने बताइएको छ । टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले आफ्ना ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा टिभिएस मोटर कम्पनीका लागि नेपाल एक संवेदनशील बजार रहेको बताए ।  टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टिभिएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने उनको विश्वास छ ।  गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग शौखिनहरुलाई आकर्षित गर्ने उनको भनाई छ । 
यस्तै जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक  शाहिल अग्रवालले नेपालमा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्राउन पाएकोमा खुसी व्यक्त गरे । यो प्रिमियम ब्राण्डको बिक्री वितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्री पछिको सेवा एवं स्पेयर्स सपोर्ट मार्फत् गरिने उनको भनाई छ । 
 टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनमा १५९.७सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ । यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमिप्रतिघण्टाको गति दिलाउँछ । एक शत्ति mशालीइन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको कम्पनीको भनाई छ ।  टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुने र यसको हालको बजार मुल्यरु.२ लाख ६४ हजार ९०० रहेको बताइएको छ ।


global ime

runner bike

राजनीति

समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपाको गठबन्धनलाई सघाउने

५ माघ, काठमाडौं । ५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच दुईबुादे सहमति भएको छ ।आसन्न राष्ट्रियसभा निर्वाचनलाई लिएर तीन दलबीच आइतबार दुईबुँदे सहमति भएको हो । सहमतिअनुसार नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदरवारहरुलाई समर्थन गर्नेछ । सरकारमै समाजवादी सहभागी भइरहेको बेला नेकपाले राजपासँग निर्वाचनमा सहकार्य गर्ने सहमति गरेको थियो । उता समाजवादी र नेपाली काँग्रेसले निर्वाचनमा सहकार्य गर्ने कसरत गरेपनि अन्तत समाजवादीले नेकपा र राजपाको गठबन्धनलाई सहयोग गर्ने निष्कर्षमा पुगेको हो । 

एमसीसी देशको हितमा छ, स्वार्थीहरुले विरोध गरे : मन्त्री गुरुङ

५ माघ, डोटी । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताए । आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे । ‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’ मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

मधेश आन्दोलनको १३ बर्ष पूरा, प्रदेश २ मा आज सार्वजनिक बिदा

५ माघ, काठमाडौं । प्रदेश २ मा आज (आइतवार) सार्वजनिक बिदा दिइएको छ । पहिलो मधेश आन्दोलनको १३ वर्ष पूरा भएकोले प्रदेश सरकारले बलिदानी दिवसको रुपमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । यस अवसरमा प्रदेश सरकारले यस वर्ष वीरगञ्जमा औपचारिक कार्यक्रमको आयोजना गर्दैछ । बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहीद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।

अन्तर्राष्ट्रिय

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

नयाँ दिल्लीमा नयाँ सुरक्षा कानुन : कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने

५ माघ, काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू भएको छ । आइतबारदेखि लागू भएको कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले जानकारी दिए । गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ ।

ट्रम्पमाथि सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू, यस्तो छ उनको हट्ने या रहने संभावना

अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ।ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ।
प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top