ghaderi
esewa

निर्मला काण्डमा नयाँ मोड : बयानको भिडियो हेरेपछि आमा दुर्गाले भनिन– दिलिपसिंह नै हो हत्यारा !


Thursday, 14 Mar, 2019 6:04 PM
३० फागुन, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका अपराधी अझै फेला परेका छैनन् । यसअघि पक्राउ परेका व्यक्ति प्रमाण अभावमा छुटिसकेका छन् । यसैवीच, निर्मलाकी आमा दूर्गादेवीले बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंकाको सुई विष्टतिरै घुमाएकी छिन् । न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।

दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क छ । ‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरिन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा रहेको उनी बताउँछिन् । ‘दिलिपसिंह विष्टविरुद्ध नबोल्न र उजुरी नगर्न मलाई मानवअधिकारवादीले दबाव दिएका छन, उनीहरुले पहिलेदेखि नै मलाई दबावमा पार्दै आएका थिए,’ दूर्गादेवीले भनिन् ।

निर्मला प्रकरणलाई नयाँ ट्वीस्ट दिने क्रममा दुर्गादेवीले ८ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिएकी छन् । ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएँ, अब यसलाई सच्याउन चाहन्छु । दोषीलाई खुल्ला छोडेर निर्दोषलाई जेलमा राख्दा मलाई पाप लाग्छ । छोरीको आत्माले सराप्छ । त्यसैले म आफ्नो ज्यानको जोखिम मोलेर पनि वास्तविक अपराधीलाई सजायँ दिलाउन चाहन्छु । झूट बोलेर बाँच्नभन्दा सत्य बोलेर मर्न तयार छु,’ दुर्गादेवीले भनिन् । यसअघि दुर्गादेवी र दिलिप विष्टका दाजुको जाहेरीका आधारमा ८ प्रहरीमाथि मुद्दा दायर गरिएको थियो । दुर्गादेवीले अहिले ८ प्रहरी निर्दोष रहेको भन्दै आफ्नो अडान फेरेकी हुन् ।

उनलाई डर–त्रास वा प्रलोभनमा पारेर अडान फेर्न र प्रहरीको पक्षमा निवेदन दिन लगाइएको मानवअधिकारकर्मीले आशंका व्यक्त गरे पनि दुर्गादेवीले स्वेच्छाले निवेदन दिएको बताइन् । दुर्गादेवीले अगाडि भनिन, ‘मेरी छोरीको हत्यारा अहिले पनि मेरो घरअगाडि खुल्लमखुल्ला घुमिरहेको हुन्छ । उसको अनुहार देख्दा पनि डर लाग्न थालेको छ । अस्ति मेरी अर्की छोरीलाई भेटेर जिस्क्याएछ । मेरी छोरीहरु पनि मानवअधिकारवादीको डरले गर्दा उसको विरुद्ध बोल्न सक्दैनन् । उसबाट निर्मलाजस्ता धेरै छोरीहरु असुरक्षित छन, त्यसैले प्रहरीले पक्राउ गरिहालोस् ।’

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एक मात्र अभियुक्त रहेको भन्दै भदौ ४ गते पत्रकार सम्मेलन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीसँग वयानमा विष्टले अपराध कबुल पनि गरेका थिए । तर, कञ्चनपुरका स्थानीयवासी र मानवअधिकारकर्मीहरुले तीव्र विरोध गरे । सोझो व्यक्तिलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजिएको आरोप प्रहरीमाथि लाग्यो ।

साथै विष्टको मानसिक स्वास्थ्यको विषयमा पनि प्रश्न उठेपछि सरकारी वकिलको कार्यालयले स्वास्थ्य जाँच र डीएनए परीक्षणका लागि काठमाडौं पठायो । परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएको थियो । तर, बिष्टको डीएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डीएनएसँग मिलेन । त्यसपछि अदालतको आदेशमा विष्टलाई प्रहरीले रिहा गर्न बाध्य भयो । विष्टको डीएनए नमिलेको अवस्थामा उनलाई कसरी दोषी भन्न मिल्छ भन्ने प्रश्न गर्दा निर्मला पन्तकी आमा दुर्गादेवी भन्छिन, ‘किन मिलेन, मलाई थाहा हुने कुरा भएन । तर, डीएनए मिलेन भन्दैमा साविति वयान नै दिइसकेको व्यक्तिलाई निर्दोष ठहर गर्नु हुन्थेन । डीएनए परीक्षणमा केही गडबडी भएको पनि त हुन सक्छ ।’

निर्मला पन्तको आन्दोलनमा संलग्नमध्येकी प्रमुख मानवअधिकारकर्मी शारदा चन्दले आफूहरुले दुर्गादेवीलाई कुनै किसिमको दबाव नदिएको बताइन् । ‘हामी ७ महिनादेखि निर्मलालाई न्याय दिलाउन घोक्रो सुक्ने गरी चिच्याइरहेका छौं, सडकमा लडिरहेका छौं । हामीमाथि नै उहाँले यस्तो आरोप लगाउनुभयो भन्ने विश्वास छैन,’ चन्दले भनिन् ।

प्रहरीविरुद्ध जाहेरी दिन आफूहरुले नउक्साएको बताउँदै चन्दले भनिन, ‘त्यतिबेला उहाँले आफैंले व्यहोरा पढेर प्रहरीहरु र सञ्चारकर्मीको अगाडि हस्ताक्षर गर्नुभएको हो । त्यो फुटेज तपाईंहरुको मिडियामा पनि होला, अहिले आएर मानवअधिकारकर्मीले मलाई उक्साए भन्न मिल्दैन ।’
दिलिप विष्टमाथि दुर्गादेवीले शंका गरेकी छन, तपाईंलाई के लाग्छ ? भन्ने प्रश्नमा चन्दले भनिन– ‘डीएनए नमिलेर निर्दोष भनेर छाडिसकेपछि हामीले कसरी दोषी भन्न मिल्छ ? हाम्रा लागि अदालत नै अन्तिम सत्य हो ।’ आफूहरुले दिलिपसिंह विष्टका विरुद्ध नबोल्न दुर्गादेवीलाई कुनै दबाव नदिएको चन्दले बताइन् । उनले निर्मलाका हत्यारा पत्ता लगाउन आन्दोलन जारी रहेको बताइन् । निर्मला पन्तको परिवारलाई सुरुदेखि नै साथ दिँदै आएकी चन्दले भनिन, ‘हाम्रो सडक संघर्ष मात्रै रोकिएको हो, विभिन्नरुपमा आन्दोलन जारी छ । हत्यारा पत्ता नलागुञ्जेल जारी रहने छ ।’

 निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई पीडामाथि पीडा भइरहेको बताइन् । उनले भनिन, ‘छोरी गुमाएको पीडा आलै छ । त्यसमाथि उल्टै ममाथि विभिन्न आरोप लगाउन थालेका छन् । यसको दिमाग खल्बलियो भन्न थालेका छन् । कसैले यसलाई छोरीको पीडा नै छैन भन्छन् । कसैले आमाको नाममा कलंक भनेर लेख्छन् ।’

छोरीको हत्या भएको ७–८ महिना पुगिसक्दा पनि दूर्गादेवीको परिवारले न्याय पाउन सकेको छैन । यसक्रममा उनीहरुले काठमाडौंमै आएर पनि न्यायका लागि राज्यको ढोका ढक्ढकाए । तैपनि निसाफ नमिलेपछि दिक्दार बनेकी दूर्गादेवी भन्छिन, ‘यो पीडा म कसलाई सुनाउँ ? राति अझै निद्रा लाग्दैन । छाती जलिरहन्छ । अपराधीलाई सजायँ दिलाउन पाए मनमा अलि शान्ति हुन्थ्यो ।’

दूर्गादेवीले यसअघि मानवअधिकारकर्मीको सल्लाहमा सरकारबाट क्षतिपूर्तिसमेत लिएकी थिइनन् । तर, अहिले क्षतिपूर्तिका लागि निवेदन दिएकी छन् । गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारबाट करिब १८ लाख क्षतिपूर्तिको उनलाई आश्वासन आएको छ । तर, रकम खातामा आइसकेको छैन ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top