esewa

युएइले ९ महिनाकी एक बालिकालाई जन्म प्रमाणपत्र दिन देशको कानुनमै संशोधन गर्यो


Tuesday, 30 Apr, 2019 1:46 PM
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ । युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन गरेको हो । यहाँको कानुनअनुसार मुस्लिम महिलाले गैर मुस्लिम पुरुषसँग विवाह गर्न पाउँदैनन् । तर, ती बालिका भने हिन्दू पिता र मुस्लिम आमाकी सन्तान थिइन् । यहाँको कानुनअनुसार मुस्लिम पुरुषले भने गैर मुस्लिम महिलासँग विवाह गर्न पाउँछन् ।

खलीज टाइम्सका अनुसार बालिकाका मातापिता दुवै भारतीय हुन् । युएइको शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दिकीको २०१६ मा भारतको केरलमा विवाह भएको थियो । त्यसपछि यी दुवै शारजाहमै बस्दै आइरहेका थिए । जुलाइ २०१८ मा दम्पतीले छोरी अनाम्ता एसिलिन किरणलाई जन्म दिए । त्यसपछि भने उनीहरुलाई निकै समस्या भयो । 

किरण बाबुका अनुसार छोरीको जन्मपछि अस्पतालले पिता हिन्दू भएको भन्दै बालिकाको जन्म प्रमाणपत्र दिन अस्वीकार गर्यो । उनले प्रमाणपत्र पाउनको लागि अदालतमा निवेदन दिए तर ४ महिनाको सुनुवाइपछि उनको निवेदन खारेज गरियो । उनीहरुसँग छोरीको अस्तित्व प्रमाणित गर्ने कुनै पनि कानुनी दस्तावेज थिएन । जन्म प्रमाणपत्रको अभावमा बालिकाको पासपोर्ट बनाउने बाटो रोकियो र यी भारतीय दम्पती युएइ छाडेर भारत फर्कन पनि असमर्थ भए किनकि बिना पासपोर्ट बालिकालाई अर्को देश लैजान पाइँदैनथ्यो ।

युएइले २०१९ साललाई इयर अफ टोलेरेन्स (सहनशीलता वर्ष) घोषित गरेको छ । विभिन्न संस्कृतिमा तालमेल स्थापित गर्न सकियोस् र आपसमा स्वीकार्यता बढाउँदै सहिष्णु देश बनाउन सकियोस् भनेर यस्तो गरिएको हो । यही अभियान अन्तर्गत कानुनमै संशोधन गरेर बालिकालाई जन्म प्रमाण पत्र दिइएको हो । जन्म प्रमाणपत्र भएपछि बालिकालाई युएइइ छाडेर अन्यत्र जाने बाटो खुलेको छ । 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सिटिइभिटीको कामप्रति नेकपा महासचिव पौडेल असन्तुष्ट

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको महासचिव पौडेलको भनाइ छ । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक

कर्मचारी प्रशासनलाई सुधार्न जस्तोसुकै कदम चाल्न तयार छौं: मन्त्री पण्डित

३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै 

अन्तर्राष्ट्रिय

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी 

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ

३ साउन, कराँची । पाकिस्तानमा अर्का एकजना पूर्व प्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । हालका प्रधानमन्त्री इमराज खानभन्दा अगाडि सत्तामा रहेका शाहिद खक्वान अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ परेका हुन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको हो । अघिल्लो साता मात्रै भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पक्राउ परेका थिए । अब्बासीले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आयात सम्झौतामा अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप 

अमेरिकी जलसेनाले इरानको ड्रोन खसालेको अमेरिकाको दाबी

३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन् । उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप इरानको ड्रोन नखसालिएको बताएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top