syangyong

दुईहप्तादेखि थाइल्याण्डको गुफामा फसेका सबैको सकुशल उद्धार


Tuesday, 10 Jul, 2018 6:22 PM
उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेका बाँकी पाँच बालबालिकालाई पनि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याएइको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार–चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो। एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए। पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो।

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो। तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो। आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए।

बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै एक अधिकारीले बताए। गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो। त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन।

थाई र विदेशी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए‍। ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए। त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु परेको थियो।
यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो। यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ।
उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स–रे एवम् रक्तपरीक्षण गरिएको छ। उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ। अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए।

तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो। तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ। आठै जनाको स्वास्थ्य राम्रो छ। ज्वरो पनि छैन।।।।सबै मानसिक रूपमा पनि ठिक छन्,ू स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए।

स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ । केही बालकहरूले आफ्ना अभिभावकहरूलाई परबाट हेर्न पाएका छन्। तर उनीहरूलाई सोझै भेट गर्न भने दिइएको छैन। केही दिनमै थप परीक्षणका परिणामहरू प्राप्त हुनेछन् र बालकहरूलाई सङ्क्रमण नभएको प्रमाणित भए उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ।
तर थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान(ओचाले भने बालकहरूलाई भेटेका छन्।


Ruslan

acme college

bussewa

राजनीति

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

​नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

४ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी दिँदै

​अमेरिकी राजदूत टेप्लिज र प्रचण्ड बिच भेटवार्ता

४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत एलाइना बी—टेप्लिजका बिच शुक्रबार विहान खुमलाटार निवासमा भेटवार्ता भएको छ ।भेटमा अध्यक्ष प्रचण्डले टेप्लिलाई उनको कार्यकाल सफल भएको बताउदैँ उनले खेलेको भूमिकाले नेपालको विकास र प्रगति सकारात्मक रहेको बताए ।प्रचण्डले भने,“नेपालको शान्ति प्रत्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव

अन्तर्राष्ट्रिय

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

चीनमा विष्फोट, १९ जनाको मृत्यु

२९ असार, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top