उमेरहदबन्दीले अन्योलमा स्ववियू निर्वाचन, फागुन १४ मा नहुने


Thursday, 13 Feb, 2020 3:21 PM
१ फागुन, काठमाडौं । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ ।

विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धा्रित समयमा नहुने निश्चित भएको हो। तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् ।

निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

उनका अनुसार नेपाल विद्यार्थी सङ्घले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो ।

‘यदि विद्यार्थी सङ्गठन सहमति गरेर आउँछन् भने अहिले पनि निर्वाचन गर्न सकिन्छ’, थापाले भने, ‘तर नेविसङ्घले नयाँ शिक्षाध्यक्ष नियुक्त नहुँदासम्म निर्वाचन प्रक्रियामा नै भाग नलिने भनेपछि निर्वाचन तोकिएको समयमा असम्भव भएको हो ।’  विद्यार्थी सङ्गठनको सहमतिमा करीब एक महिना निर्वाचन सार्ने त्रिविको तयारी छ । त्रिविमा अहिले शिक्षाध्यक्ष रिक्त रहेकाले कायममुकाय शिक्षाध्यक्ष शिवलाल भुसाल रहेका छन् ।

थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो। पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए ।उनले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताए ।

‘निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त छ’, उनले भने, ‘निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।’

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए ।

त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए। त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।  यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा 

​अब नेपाल समृद्धिको दौडमा अगाडि बढ्नेछ : प्रचण्ड

३ असोज, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।  संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।  ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top