एमाले, अब के गर्ने ?


Sunday, 11 Dec, 2016 1:57 PM
प्रशान्त ओझा / टिप्पणी​
सरकारले सीमाकंन परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन र सडकमा आन्दोलनरत छ । एकहिसावले एमालेका लागि संविधान संशोधन प्रस्तावको विरोध आफ्नो अस्तित्व जोगाउने लडाईजस्तै बन्न पुगेको छ । एमालेले जसरी आफूमात्रै राष्ट्रवादी शक्ति भएको घोषणा गरेको छ, उसलाई त्यो भन्दा ठूलौ चुनौती आफ्नै उक्त घोषणा जोगाउनमा देखिन्छ । किनकी अबको राजनीतिक घटनाक्रमहरु एमालेको प्रतिकुल जाने संभावना बलियो बन्दै छ ।  

एमालेले विरोधकै लागि गरेको विरोध धेरै दिन टिक्ने अवस्था अब छैन । किनकी एमालेले गरिरहेको ‘आन्दोलन’को पनि विरोध सुरु भइसकेको छ  । एमालेले सडक विरोधका लागि केन्द्र बनाएको प्रदेश नम्बर ५ का पहाडी जिल्लामा बन्दको विकल्प खोज्नुपर्ने आवाजहरु उठ्न थालिसकेका छन् । एमाले नेतृत्वले बुझ्नु जरुरी भइसकेको अब यो पाराको बिरोध टिक्न सक्दैन । अध्यक्ष केपी ओलीका टुक्कालाई महावाणी मानेर भजन गर्नेहरुबाहेक अन्य एमाले नेताहरुले सोच्ने बेला आइसकेको छ, ‘अब के गर्ने ?’ 

संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने मधेसी मोर्चाको निर्णय पछि एमालेको एउटा नारा घटिसकेको छ । ‘मधेसवादी दलले नै विरोध गरेको संशोधन पस्ताव कसका लागि ?’ भन्ने एमालेले संशोधन प्रस्तावको विरोध गर्न अरु शब्द खोज्नुपर्ने अवस्था देखिएको छ । उसले भनेको राष्ट्रवालाई परिभाषित गर्न पनि शब्दहरु सीमित बन्दै गइरहेका छन् । उहिल्यै महाकालीमा बिकिसकेको एमालेको राष्ट्रवाद फेरि पनि भारतको कुनै अर्को प्रस्तावमा नबिक्ला भन्ने ग्यारेन्टी के ? नेपालीले भुलेका छैनन्, पशुपतिबाट भारतीय पूजारी हटाइएपछि तत्कालिन भारतीय राजदूत राकेश शुदलाई अतिथि बनाएर सरकारको विरोध गर्ने यीनै केपी ओली नै हुन् ।

संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशको सीमाकंन परिमार्जन गरिनुलाई एमालेले विरोध गर्ने मुख्य विषय बनाएको छ । तर, उसले नै गरेको प्रस्तावअनुसार अहिले उक्त विषय अघि सारिएको हो भन्ने कुरा प्रदेश नम्बर ५ का बासिन्दाले बुझ्न थालिसकेका छन् । एमाले अध्यक्ष केपी ओलीले ७ ठाउँमा हस्ताक्षर गरेको प्रस्तावअनुसार नै अहिले सीमाकंन परिमाजर्न गर्ने विषय सरकारले अगाडि सारेको हो भन्ने विषय एमालेकै विरोधका कारण झन बढी प्रचार भइरहेको छ । आन्दोलनमा सहभागी जनताले नै एमालेलाई नैतिकता सिकाउन थालेका छन् । तर, एमाले अझै पनि आत्मरतिमै रमाइरहेको छ । 

आन्दोलनमा मधेसीको सहादतलाई ‘रुखबाट दुईचार दाना आँप खसेको’ संज्ञा दिने एमाले अध्यक्ष ओलीले बुझ्न आवश्यक भइसक्यो एमालेको आन्दोलनलाई भन्दा सरकारले अघि बढाएको संशोधन प्रस्तावको समर्थन गर्नेको जनताको संख्या बढी भइसक्यो । किनकी संविधान संशोधनको विरुद्ध एमाले अहिलेसम्म गरेको आन्दोलनको कुनै तुक छैन । ‘राष्ट्रवाद’को सेन्टिमेन्टले जति छिट्टै जनता जुरुक्क हुन्छन्, अस्लियत थाहा पाएपछि त्यति नै उग्र पनि हुन्छन् । एमालेले आन्दोलनको यो बाटो नछाडे राष्ट्रवादका पक्षमा उभिएकाहरु पनि एमालेको विरुद्ध नारा लाउन बाध्य छन् । किनकी एमालेको राष्ट्रवाद जुनसुकै बेला बिक्न सक्छ । 

‘राष्ट्रवादी’ मुखुण्डो उत्रिनु अगाडि नै एमालेले आफ्नै लागि भए पनि आन्दोलनको विकल्प सोच्न जरुरी छ । किनकी परिस्थितिलाई सधैं आफ्नो नियन्त्रणमा राख्न सकिदैन । भोली सदन र सडकमा एमालेले जिल्ल पर्ने अवस्था नआउला भन्न सकिन्न । एमालेको असली राष्ट्रवादको मुखुण्डो उत्रियो भने उसले पुनः ५६ साल बेहोर्नु पर्ने छ । केपी ओलीहरु महाकाली प्रक्रणमा परिचित अनुहार हुन् । माधव नेपालहरु आन्तरिक दमनको सिकार कहिलेसम्म भइरहने ? योगेश भट्टराईहरुलाई यो विषय थाहा भइसकेको विषय हो ।  

अरुलाई मजाक बनाएर उडाउनेहरु अक्सर आफैं मजाक बन्ने गरेका उदाहरणहरु दुनियामा धेरै छन् । त्यो विषय त शेरबहादुर देउवा र पहिलो संविधानसभाका बेला मोटाएर अहिले सुकेनास लागेको माओवादीबाट पनि सिक्न सकिन्छ । पहिलो गणताक्त्रिक सरकारबाट बाहिरिए पछि माओवादीले पनि नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानकै नारा लगाएको थियो । तर, उसले अनुमान पनि गर्न सकेन राजधानी कब्जा गर्न भनेर ल्याइएकाहरु गल्लीमा भात खोज्दै भौतारिनु पर्ने अवस्था पनि आउनेछ भनेर । एमालेको हालत अहिले पहिलो संविधानसभाताको माओवादीको जस्तै छ । ओलीले आफ्नो ‘घमण्ड’ तोडेनन् भने चोक्टा खान गएकी बुढी झोलमा डुबेर मर्ने निश्चित छ । 

अझै पनि परिस्थितिले एमालेलाई सोच्ने समय दिएको छ । हिउँदे तापक्रमको फाइदा उठाएर एमालेका नेताले सोचुन् अब गर्ने के ? ओलीकै भाषामा भन्नु पर्दा ‘मंसिरमा जन्ति आउननेहरु मलामीमा पनि आउनेछन्’ भन्न सकिदैन । 
 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top