cg electronics
nlic

६ प्रदेशमा यसरी बन्दैछ एमाले–माओवादी सरकार : को–को छन् मुख्यमन्त्रीका दाबेदार (भागवण्डासहित)


Friday, 15 Dec, 2017 7:55 AM
२९ मंसिर,काठमाडौं । प्रतिनिधी सभा र प्रत्यक्षतर्फको मतपरिणामलाई आधार मान्ने हो ७ वटा प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेश नम्बर २ मा मधेसी दलको बहुमत छ  । यस्तोमा ६ प्रदेशमा वाम गबठन्धनको सरकार बन्ने निश्चितप्राय छ । तर भागवण्डाको टुङ्गो लागन बाँकी छ । माओवादीले प्रदेश नम्बर ६ र ७ मा आफ्नो दाबी प्रस्तुत गरेको छ । एमाले–माओवादी वाम गबठन्धनको सहमतीअनुसार सबै कुरामा ६०–४० को समहती भएको थियो । यस्तोमा ४ प्रदेशमा एमालेको र २ प्रदेशमा माओवादीको सरकार बन्ने देखिन्छ । 

प्रदेश १ मा 
प्रदेश १ मा एमाले, माओवादी केन्द्रले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् । प्रदेश १ मा कुल ५६ सिटमा एमालले ३७,माओवादी केन्द्रले १० सिट जितेको छ भने काँग्रेसले ८,संघिय समाजवादी फोरम र स्वतन्त्रले १ सिट जितेका छन् । १ नम्बर प्रदेशमा एमालेकै शेरधन राई र भीम आचार्यमध्ये एकजना मुख्यमन्त्री बन्ने चर्चा छ । 
प्रदेश–२ मा 
प्रदेश नम्बर २ मा प्रतिनिधी र प्रदेशसभा गरि ६४ सिट छ । यो प्रदेशमा संघीय समाजादी फोरम नेपाल, २०,राजपा नेपालले १५ सिटमा जित हात पार्दा,एमाले,माओवादी र काग्रेसले क्रमश १४, ६ र ८ स्थानमा जित निकालेका छन् भने एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २ नम्बर प्रदेशमा मुख्यमन्त्रीका राजपा र फोरमका नेता लालबाबु राउत र मनीष सुमनको वढी चर्चा छ । 
प्रदेश – ३ मा  
यो प्रदेशमा प्रत्यक्षतर्फका ६६ सिटमध्ये एमाले एक्लैको बहुमत छ । एमालेले ४३ र माओवादीले १४ सिट जितेको छ । यसरी हेर्दा एमाले–माओवादी केन्द्र गठबन्धनको ५७ सिट पुग्छ । सरकार बनाउन आवश्यक संख्या पुग्नेमात्रै होइन, दुई तिहाइ नै हुन्छ । तर, मुख्यमन्त्री टुंग्याउन गठबन्धनलाई सहज छैन । एमालेका आकांक्षी धेरै छन् । यस्तोमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य , राजेन्द्र पाण्डे, पशुपति चौलागाईं ,अरूण नेपालको नाम चर्चामा छ । 
। 
प्रदेश– ४ मा
३६ सिट रहेको ४ नम्बर प्रदेशमा वाम गठबन्धनकै बहुमत देखिएको छ । प्रदेश न ४ मा ,एमालेले १६,माओवादी केन्द्र ९,काँग्रेस ६,राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्रको १ सीट छ । एमालेबाट मुख्यमन्त्रीका लागि पृथ्वी सुब्बा गुरूङ र किरण गुरूङको नाम चर्चामा छ । दुवै पार्टी स्थायी कमिटी सदस्य हुन् । निर्वाचनअघि नै किरण गुरूङले मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेशमा उमेलदवार बनेका थिए । 
प्रदेश– ५ मा
प्रत्यक्षतर्फ ५६ सिट रहेको प्रदेश पाँचमा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले १४ स्थानमा विजय प्राप्त गरेको छ भने,काँग्रेसले ६ र संघीय समाजवादी फोरमको ३ सिट छ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता शंकर पोखरेलको चर्चा छ । 
प्रदेश– ६ मा
प्रत्यक्षतर्फको २४ सिटमा एमालेले १४ सिटमा विजय हासिल गर्दा माओवादी केन्द्रले ९ र काँग्रेसले १ स्थानमा मात्रै जितेको छ । प्रदेश नम्बर ६ मा माओवादी केन्द्रको दाबी छ । त्यसो त एमालेका नेता प्रकाश ज्वालाको पनि दावी छ । यस्तोमा माओवादी नेता तथा पूर्व उर्जामन्त्री महेन्द्रबहादुर शाही र प्रकाश ज्वालाको चर्चा छ । प्रदेश ६ मा माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना छ । 
प्रदेश– ७ मा
प्रतिनिधी र प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ सिट रहेको प्रदेश ७ मा वामपन्थी नै अग्रस्थानमा छ । एमालेले १७ र माओवादीले १० स्थान जितेका छन् भने कांग्रेसले ४ स्थानमात्रै जित्न सकेको छ । भने राजपा १ स्थानमा जित निकालेको छ । सात नम्बर प्रदेशमा अन्य प्रदेशको तुलना प्रत्यक्षतर्फ विजयी भएकामध्ये ‘हेभिवेट’ नेता नभएकाले व्यक्तिका बारेमा चर्चा छैन । माओवादीले प्रदेश ७ मा दाबी गरेपछि उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । 


Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top