syangyong
nlic

​एउटा पुरुषको कथा : ‘म किन यौनकर्मीकहाँ धाउन थालेँ ?’


Saturday, 6 Oct, 2018 1:00 PM
२० असोज, काठमाडौं । त्यो अस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो।

म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन ? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ।


इज्जत
महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ। मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ। उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो।

निजी कम्पनीको जागिरको के भरोसा ?  अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन। त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन। मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि।

हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ। सम्भवतः त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ।

गिलासमा रक्सी हाल्दै उसले भन्यो, ‘किन यति तनाव लिन्छौ ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ। दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ।’

म तनावमा थिएँ। तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ।

सजिलो
मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ। तर, वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो। त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो। आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो।

तर, एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो। उहाँको रिस उत्कर्षमा पुग्यो। बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो। ‘तिमीलाई लाज लागेन त्यस्तो गर्दा ? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो।’

आमा र दिदी रोइरहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो। साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के–के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग माफी पनि मागेँ।

उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त ? बुवाको यो प्रश्नको उत्तर मसँग थिएन। दिदी र भिनाजु पनि कराइरहनुभएको थियो। उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्याजस्तो ठूलो अपराध गरेको छु।

दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, ‘एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ। पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन्। महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन्। तिमी पनि ३१ वर्षको भइसक्यौ। यो प्रस्तावलाई स्वीकार गरिदेऊ।तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ।’

असन्तुष्ट
तर, मलाई त कोही अरू नै मन परिसकेको थियो। उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ। उनी होटलमा हाउस–किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन्। पैसा थोरै कमाउँथिन्।

तर, उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन्। तर, मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन्। मसँग बिहे गर्न उनले अस्वीकार गरिन्। उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो। म अधुरो अधुरो लाग्न थालेँ।

त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्।
वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो। मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ। मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए।

स्वतन्त्र चरा
समाज नै यस्तो छ। अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ। नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी। कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ।

कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो। म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ। अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो। भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ।

म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ।

अहिले मेरो मासिक तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ, न त मलाई कुनै ग्लानि छ। बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन। तर, आज म समाजको घोचपेचदेखि धेरै टाढा छु।

(बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घटना। ती पुरुषको आग्रहमा उनको नाम गोप्य राखिएको छ।) साभार : बीबीसी नेपाली ।

 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top