कांग्रेसले भक्तपुर प्रदेशसभा र धरान उपमहानगर खोस्यो, नेकपाले दुई गाउँपालिका (सम्पूर्ण नतिजा)


Monday, 2 Dec, 2019 11:37 AM
१६ मंसिर, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।

धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो। कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो। पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्वएमालेले जितेको थियो।

यस्तो छ उपनिर्वाचनको अन्तिम परिणाम
शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम आएको छ। देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर,  ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि  भएको चुनावमा मुख्य प्रतिष्पर्धा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको छ। उनीहरूबीच प्रतिष्पर्धामात्र होइन सिट खोसाखोस पनि भएको छ। त्यसमा कांग्रेसले नेकपाबाट महत्वपूर्ण सिट खोस्न सफल भएको छ।

कांग्रेसले भक्तपुर प्रदेश सभा र धरान उपमहानगरपालिकामा नेकपाबाट खोसेको छ। त्यसमा पनि धरान उपमहानगरको नेतृत्व हात पार्नु कांग्रेसका लागि ऐतिहासिक उपलब्धी भएको छ किनकी बहुदल आएपछिका २९ वर्षमा कांग्रेसले पहिलो पटक धरानमा जित निकालेको हो। गाउँपालिका तहमा भने नेकपाले अरूबाट सिट खोसेको छ। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको छ। दुई वर्षअघिको चुनावमा त्यहाँ राष्ट्रिय जनता पार्टीले चुनाव जितेको छ।

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पनि नेकपाले जितेको छ। यो गाउँपालिका उसले नेपाली कांग्रेसबाट खोसेको हो। नेकपाले एक गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसबाट आफ्नो पोल्टामा पारेको छ। हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्ष  पहिला कांग्रेसले जितेको थियो। यसपालि नेकपाले जितेको छ।

वडाअध्यक्षमा भने नेकपाले २०७४ को स्थानीय चुनावभन्दा २ सिट बढाएको छ। उसले कांग्रेसबाट सात वडाध्यक्ष खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफूतिर तानेको छ।

हेर्नुस् कहाँ कसले जितेर ?
१ बैतडीको पुर्चौडी नगरपालिका –४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्।
२ कञ्चनपुरको पुनर्वास –३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।
३ बाजुराको त्रिवेणी–१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।
४ अछामको मल्लेख गाउँपालिका– ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।
५ बाँके कोहलपुर–६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।
६ सल्यानको कुमाख गाउँपालिका– ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।
७ रोल्पाको थवाङ –१ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। 
८ घोराही उपमहानगर– १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।
९ प्युठान नगरपालिका–२ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्।
१० अर्घाखाँचीको मालारानी–३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।
११ लमजुङको सुन्दरबजार नगरपालिका– २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
१२ बर्दघाट–५ मा नेकपाका  खिमबहादुर थापा विजयी भएका छन्।
१३ चितवनको भरतपुर–१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो। 
१४ पर्साको सखुवा पर्सौनी गाउँपालिका– ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।
१५ बारागढी गाउँपालिका– १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।
१६ रौतहटको गढीमाई–२ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।
१७ काठमाडौंको दक्षिणकाली– ३ मा नेकपाका शिवभक्ति बलामी  निर्वाचित भएका छन्।
१८ धुलिखेल–२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।
१९ महोत्तरीको बलवा–२ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्।
२० रामेछापको उमाकुण्ड– ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।
२१ खोटाङको साकेला– ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्।
२२ खाँदबारी–३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्।
२३ मोरङको धनपालथान–२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।
२४  बैतडीमा दोगडाकेदार–४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्।  यहाँ पहिला नेकपाले जितेको थियो।
२५ बैतडीको सुर्नया–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।
२६ कपिलवस्तुको शिवराज–१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले  जितेका थिए।
२७ गुल्मीको रूरू–६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्।
२८ नवलपरासी पूर्वको बौदीकाली–५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।
२९ चितवनको खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्। 
३० चितवनको खैरहनी–५  कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।
३१ सप्तरी छिन्नमस्ता– ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।
३२ सर्लाहीको हरिपूर्वा–१ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।
३३ सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए।
३४ पाँचथरको हिलिहाङ–७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।
३५ पाँचथर फिदिम–१ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्।  यहाँ पहिला कांग्रेसले जितेको थियो।
३६।सिन्धुपाल्चोकको इन्द्रावती–८मा नेकपाका केदारनाथ आचार्य  विजयी भएका छन्।
३७ बाग्लुङको बढीगाड–२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्।
३८ डोटीको आदर्श–२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।
३९ महोत्तरीको मटहानीमा–६ मा राजपाका मोहम्मद जकिर अन्सारी  विजयी भएका छन्।
४० भोजपुरको पौवादुंमा–१ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।
४१ प्युठानको ऐरावती गाउँपालिका(१ को वडाअध्यक्षमा मा नेपाल कम्युनिस्ट पार्टी का उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्।
४२ ऐरावती–२ मा भने स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन्। भीमेशकुमार घर्ती मगर नेकपाका स्थानीय नेता हुन्। उनले बागी उम्मेदवारी दिएका थिए।
४३ धरान–७  नेकपाका जीवन सुवेदीले जित हात पारेका छन्। उनले एक मतले जितेका हुन्। 
४४ कास्की– २ प्रतिनिधि सभामा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्।
४५ संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन्।
४६ महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।
४७ भक्तपुर प्रतिनिधि सभा १ प्रदेश सभा ९क० मा नेपाली कांग्रेसका कृष्ण भडेलले जित हात पारेका छन्।  यहाँ पहिला नेकपाले जितेको थियो।
४८ बाग्लुङको प्रतिनिधि सभा २ को प्रदेश सभा ९ख० मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले जित हात पारेका छन्।
४९ दाङ प्रतिनिधि सभा ३ को प्रदेश सभा ९ख० मा नेकपाक विमलाकुमारी खत्री९वली० विजयी भएकी छन्।
५० हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रूपा शाही विजयी भएकी छन्। दुई वर्षअघि यहाँ कांग्रेसले जितेको थियो।
५१  पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। २०७४ सालमा यो गाउँपालिका कांग्रेसले  जितेको थियो।
५२ सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्। दुई वर्षअघि यहाँ नेकपाले जितेको थियो।

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top