cg electronics
nlic

पत्रकार सुमन खरेललाई खुल्लापत्र


Thursday, 24 Nov, 2016 2:39 PM
 
९मंसिर,काठमाण्डौँ ।
प्रिय सुमन खरेल सर, नमस्कार ।
खै किन किन आज तपाइसंग गुनासो पोख्न मन लाग्यो त्यसैले पत्र मार्फत गुनासो पोख्दै छु । गुनासो यसकारण पोखिरहेको छु की  तपाई पेशाले पत्रकार त्यस्तै म पनि  पेशाले पत्रकार नै हुँ । फरक यति हो तपाई  अग्रज पत्रकार म भर्खरै पत्रकारिता पेशामा पाइला टेकेको मान्छे । 

आपm्नो जिवनको झण्डै दुइ दशक भन्दा बढी  तपाइले पत्रकारितामा बिताइसक्नुभयो यसकारण पनि तपाईलाई धेरै कुराको ज्ञान छ सबैभन्दा ठुलो कुरा तपाइसँग बर्षौ बर्षको अनुभव छ । रेडियो नेपाल देखि लिएर विश्वकै राम्रा मिडियामध्यको एक विविसी सम्ममा तपाइले सामय बिताइसक्नुभयो । यसैविचमा तपाईले धेरै स्रोत कमाइ सक्नुभयो । अहिले बिएफबिएस रेडियोमा काम गर्दै हुनुहुन्छ साथसाथै कान्तिपूर टिभीमा सुमनसँग कार्यक्रम पनि हरेक हप्ताको विहिबारु प्रसारण गर्दै आउनुभएको छ । तपाई अग्रज पत्रकार भएकाले पनि तपाईबाट आशा राख्नु स्वभाविक हो ।  तपाईको योगदानलाई सम्मान नगरिरहन सकिदैन् । म तपाईबाट प्रभावित भएको मान्छे पनि हुँ । 

मसिनो र बिस्तारै बोलिएको नमस्कार म सुमन खरेल भन्ने शब्दबाटै  मैले तपाइलाइ चिन्ने गरेको छु । 
विविसि जस्तो प्रतिष्ठित सञ्चारमा माध्यमाम  कामगर्ने  तपाइ संग जो कोहि पनि परचित छन् । यससंगै अधिकांश युवा पत्रकारले तपाइबाट धेरै ज्ञान सिकेको  छन र सिकाउनु भएको पनि होला । तपाइकै मार्ग म पनि पछ्याउँदै छु । 
 
पत्रकारिताको शिलाशिलामा विविसिको यात्रा बाट विदा लिइसकेपछि सायद मलाइ लाग्छ त्यसपछि मात्रै  तपाइ राष्ट्रको प्रभावकारि सञ्चार माध्यम कान्तिपुर टेलिभिजनमा कार्यक्रम सुमन संग सञ्चालन गर्दै आउनु भएको छ ।  
उक्त कार्यक्रमको एउटा प्रमुख दर्शक स्रोता  म पनि हो,समयले भ्याएसम्म नविराइकन हेर्ने  गर्छु । पत्रकारितामा प्रवेश गर्नेको लागि तपाइ एउटा मजबुद साहस ,प्रेरणाका  साथै सिक्ने स्रोत पनि हो भन्दा अन्याय नहोला ।
 
कार्यक्रम हेर्ने शिलसिलामा पछिल्लो समयमा विशेष गरेर कुसुम श्रेष्ठ ९तरकारिवालि० र कञ्चन शर्मा रेग्मीसंगको तपाइले  लिएको अन्तर्वाताले नेपाली संञ्चार माध्यममा निकै सनसनी  मच्चायो ।  सम्भवत गल्ती भनेको मान्छेबाटै  हुने हो तर पनि तपाइले लिने अन्र्तवार्ता त्यति हलुका होला भन्ने मेरो कल्पना भन्दा बाहिरको कुरा हो । कतिपय अवस्थामा आफुले नचाहेर पनि अरुका कारण फस्न पुगिन्छ सायद यस्तै भयो वा तपाई आफै फस्नु भयो त्यो तपाईलाई जति राम्ररी अरुलाई थाहा छैन् । 

यो अन्तर्वाताले तपाइको अहिलेसम्म  दसकौ बर्ष लगाएर पत्रकारिताबाट आर्जेको छवि हलुवामा बालुवा मिसाएजस्तै भएछ सुमन सर । तपाइको अन्र्तवार्ता लाइभ थिएन रेकर्डेड थियो त्यति धेरै कुरा आएपछि दोस्रो पक्षको खोजी तपाइले गर्नुपर्ने थियो । म पत्रकारिताको विद्याथी पनि हुँ मैले कोर्षबुकमा पढेको थिए पत्रकारले सन्तुलित सुचना दिनुपर्छ त्यसको लागि पक्ष र विपक्ष दुबैको आवाज समेटिनुपर्छ भनेर तर तपाइले त यहाँ पषको मात्र कुरा प्रस्तुत गर्न हतार गर्नुभयो विपक्षको कुराले स्थान पाएन । एउटाको न्याय गर्दा कतै अर्को पक्षलाई अन्याय त भएन भन्ने कुराको हेक्का पनि राख्नुपर्ने हो  । हुन त मैले हजुर जस्तो अग्रज पत्रकारलाई यस्तो कुरा भन्न सुहाउँदैन् । हुनसक्छ तपाईलाई परिस्थितीले त्यस्तै बनाइदिएको ।  
  
खैर परिस्थिती जस्तो सुकै बनेपनि म तपाईको प्रशंसक र फ्यान भएकाले यति कुरा मात्र भनेको हुँ । बजारमा गरिएका तपाइको आलोचना सहन नसकेर झक्झकाएको मात्र हो । हुन त तपाई आफैले पनि यो काण्डलाई धेरैपटक सोचिसक्नु भयो होला तर कतै ढिला त भएन 

उही तपाईको दर्शक स्रोता 
पिएन ओझा


Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top