यसरी माओवादी बनेका थिए उपेन्द्र यादव,पढ्नुुस् उपेन्द्रबारे लुकेको तथ्य

उपेन्द्रलाई माओवादीले युद्धकालमै कारबाही गर्न खोजेको थियो


Saturday, 10 Dec, 2016 12:08 PM
२५,मंसिर,काठमाडौं । मोरङमा एमालेको राजनीतिमा सक्रिय भए पनि जीविकोपार्जनका लागि उपेन्द्र यादवले २०५४ सालसम्म शिक्षण पेसा अँगालेका थिए । उनी मोरङको जेसिस बाल सदनमा अध्यापन गर्थे । त्यही स्कुलमा अध्यापन गर्दागर्दै एमालेबाट उनी तत्कालीन नेकपा माओवादी सँग जोडिन पुगेका हुन् । जतिवेला उनी घोषित रूपमा माओवादी भइसकेका थिएनन्, तर पनि उनलाई ‘सुरक्षा थ्रेट’ आइसकेको थियो । २०५४ सालपछि यादव माओवादीको बुद्धिजीवी संगठनमा आबद्ध भए । यादवले मोरङ जिल्ला बुद्धिजीवी संगठनमा रहेर काम गरेको नयाँ शक्तिका नेता रामरिझन यादवको भनाइ छ ।

यादवको माओवादीसँग संगत रहेको सुरक्षाकर्मीले जानकारी पाएपछि उनको सोधीखोजी सुरु भयो । ‘उपेन्द्र यादव माओवादीको बुद्धिजीवी संगठनमा लागेको थाहा पाएपछि सादा पोसाकमा सुरक्षाकर्मी उपेन्द्रले पढाउने स्कुलमा छापा मार्न पुगेको थियो,’ रामरिझनले नयाँ पत्रिकासँग भने । सुरक्षाकर्मीको घेराबन्दीमा पर्न थालेको जानकारी पाएपछि यादव स्थानीय उषा यादवको घरमा एक रात लुकेर बसे । रातारात मोटरसाइलबाट उनलाई नेपालको सीमा कटाएको रामरिझन सम्झन्छन् ।

उपेन्द्र यादवलाई माओवादीको संगतमा ल्याउने र नेताहरूसँग भेटघाट गराउने काम भने माओवादी नेता मातृका यादवले गराएका हुन । यी दुई यादवको संगत लामो समयसम्म रह्यो । २०५४ सालदेखिको उनीहरूको संगत २०६५ सासम्म घनिष्ट नै थियो ।
मधेसी जनअधिकार फोरमको गठन गराउने भूमिका पनि मातृकाले नै गरेका थिए । ‘सिपी गजुरेल र मेरो पहलमा फोरम गठन गराएर उपेन्द्रलाई माओवादीको संगतमा ल्याएका हौँ,’ मातृकाले भने ।

२०५६ सालमा उपेन्द्रले माओवादीको मुखपत्र जनादेश साप्ताहिकमा अन्तर्वार्ता दिएपछि औपचारिक रूपमा एमालेसँग सम्बन्धविच्छेद भएको माओवादी नेताहरूको भनाइ छ । युद्धकालमा उपेन्द्र पूर्वी कमान्डअन्तर्गतको मेची–कोसी क्षेत्रीय ब्युरो सदस्य थिए ।
त्यतिवेला माओवादीका मधेसी नेताहरू मातृका यादव र जयकृष्ण गोइतको सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसकै कारण मातृकाले उपेन्द्रलाई साथ लिएर हिँडेका थिए ।

उपेन्द्र यादव विराटनगर हुँदै भारत प्रवेश गरेपछि मात्र माओवादी अध्यक्ष प्रचण्ड र नेता डा। बाबुराम भट्टराईसँग भेटघाट जुरेको थियो । बाबुरामनिकट नयाँ शक्तिका नेता कुमार पौडेलको भनाइमा बाबुरामसँग २०५६ सालमा उपेन्द्रको भारतमै भेटघाट भएको हो । त्यतिवेला उपेन्द्र माओवादीको क्षेत्रीय ब्युरो सदस्य मात्रै थिए, त्यसैले बाबुरामसँगको गम्भीर प्रकृतिका भेटघाट र छलफलमा उपेन्द्रले अवसर पाउँदैनथे ।

प्रवासी कार्यक्रमहरूमा मधेसी नेताको हैसियतमा भेटघाट र उपस्थिति त हुन्थ्यो, तर त्यतिवेला पूर्ण जिम्मेवारी उनलाई दिइएको थिएन । उपेन्द्रलाई २०६० सालमा राष्ट्रिय मधेसी मुक्ति मोर्चाको अध्यक्ष बनाउने प्रयास पनि भएको थियो । सर्लाहीमा भएको मोर्चाको सम्मेलनमा प्रचण्ड, बाबुराम, किरण, बादलसहितका नेताहरू उपस्थित थिए । ‘त्यतिवेला उपेन्द्र यादव पनि सहभागी थिए, तर मुख्य जिम्मेवारी पाउन सकेनन्,’ त्यसवेला उपेन्द्रको मधेसी जनअधिकार फोरमको महासचिव रहेका रामकुमार शर्माले भने ।

उपेन्द्रलाई अध्यक्ष बनाउने प्रयासमा मातृका यादव थिए । त्यो सम्भव नभएपछि देवनारायण यादवलाई बनाउने प्रयास गरियो । त्यो पनि सम्भव भएन, अनि जयकृष्ण गोइतलाई मोर्चाको अध्यक्ष बनाइयो । सर्लाहीको त्यही कार्यक्रमबाट नयाँ दिल्ली पुगेपछि मातृका यादव, सुरेश आलेमगर र उपेन्द्र यादव पक्राउ परेका थिए। दिल्लीमा पक्राउ परेका मातृका र आलेमगरलाई नेपालमा बुझाइयो, तर उपेन्द्र १९ दिनसम्म भारतीय सुरक्षाकर्मीको हिरासतमा रहे ।

उनी रामराजाप्रसाद सिंहको पहलमा जेलबाट छुटे । उक्त घटनापछि उपेन्द्र यादवलाई माओवादीले लखेट्न सुरु गर्‍यो । उनलाई मातृका यादव र सुरेश आलेमगरलाई पक्राउ गराएको आरोप लगाइयो । त्यतिवेला उपेन्द्रले प्रचण्ड र बाबुरामलाई समेत पक्राउ गराउने तयारी गरेकोसम्म माओवादीका नेताहरूले आरोप लगाएका थिए । दिल्लीमा सुरक्षाकर्मीको हिरासतबाट छुटेलगत्तै उपेन्द्रले प्रचण्ड र बाबुरामलाई भेट्न चाहे पनि सफल भएनन् । प्रचण्डको हेडक्वार्टरसँग नजिक रहेका छवि सुुवेदीलाई उपेन्द्रले भेट गरे ।

उनले सुवदीसँग हेडक्वार्टरमा सम्पर्क गराइदिन आग्रह गरे । सुवेदीले टोपबहादुर रायमाझीसँग सल्लाह गरे । रायमाझीले ‘खर्च दिएर नेपाल पठाउनू, तर हेडक्वार्टरको सम्पर्कमा नल्याउनू’ भनेर सुुवेदीलाई निर्देशन दिए । खर्च दिएर नेपाल पठाइएपछि उपेन्द्र माओवादीको सम्पर्कबाट टाढिँदै गएका हुन् ।

नेपाल फर्केपछि उपेन्द्रले मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था एनजिओ सक्रिय बनाए । त्यसैको ब्यानरमा राजनीतिक गतिविधि सुरु गर्न थाले । सामाजिक संगठनमार्फत राजनीतिक मुद्दा बोकेका उपेन्द्रले १ माघ २०६३ पछि अन्तरिम संविधानको विरोधमा आन्दोलन चर्काए ।

उनको नेतृत्वमा मधेस आन्दोलन चर्किंदै थियो । ७ चैत २०६३ मा गौरमा उपेन्द्र यादव नेतृत्वको फोरम र तत्कालीन माओवादीबीच भिडन्त भयो । २७ जना माओवादी कार्यकर्ता मारिए । त्यसपछि उपेन्द्र र माओवादीबीचको सम्बन्ध झनै तिक्ततापूर्ण भयो ।हुन त उपेन्द्रलाई माओवादीले युद्धकालमै कारबाही गर्न खोजेको थियो । त्यसका लागि उनलाई खोज्न टोली नै बनाएको थियो । त्यतिवेला उपेन्द्रलाई ज्यानको सुरक्षा गर्न बाबुरामले नै सूचना चुहाएको चर्चा माओवादी नेताहरू गर्छन् ।

गौर हत्याकाण्डपछि आक्रोशित माओवादीले उपेन्द्रलाई स्पेस दिन चाहेको थिएन, तर २८ चैत २०६४ मा फोरम चौथो शक्तिका रूपमा उदाएपछि मात्र माओवादीले उपेन्द्रसँग संगत बढाएको हो । त्यतिवेला पनि माओवादीसँग संगत बढाउने भूमिका मातृका यादवले नै गरेका थिए । ‘२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रचण्डसँग उपेन्द्रलाई भेटघाट गराउने काम मैले नै गरेको थिएँ,’ मातृकाले भने।
नयाँ पत्रिकाबाट


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top