ghaderi
esewa

​किन ‘अन्तरिक्ष सैन्य बल’ निर्माण गर्न खोज्दैछ अमेरिका ?


Friday, 10 Aug, 2018 1:25 PM
२५ साउन, काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरे । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, ‘अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका थिए । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाई छ ।  

तर, यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्छ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् । 

तर, उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त छन् र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ । 

‘हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,’ पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने । 

‘अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,’ उनले भने । उनले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोले त्यसलाई पारित गर्न कांग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसकेको पनि जानकारी दिए । 

पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दैै भने, ‘स्पेश फोर्स अब गठन भयो ।’ 

अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उनले भनेका थिए, ‘आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।’ 

तर, ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् । 

पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताए जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् । 

‘चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त कृयाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कृयाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,’ पेन्सले भने । 

अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन् ः नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स । 

डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिए ।  हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भने, ‘यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।’ 

पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ । 

 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम 

प्रचण्डको आग्रह-मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्नु

१० वैशाख, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे।मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले 

प्रधानमन्त्री ओली भन्छन्-समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए। ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही 

अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

१० वैशाख, फिलिपिन्स । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो। उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। हिजो सोमबारमात्र फिलिपिन्समा ६ दशमलब

फिलिपिन्समा शक्तिशाली भूकम्प

९ वैशाख, मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले 

युक्रेनको नयाँ राष्ट्रपतिमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की

९ वैशाख, युक्रेन । देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान् ? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्। तर पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्कीका लागि भने अब यो प्रश्नको उत्तर नखोजी सुख छैन। किनकी केही समयअघिसम्म टेलिभिजनमा संयोगवस राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै युक्रेनको राष्ट्रपति

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top