esewa

अमेरिकातर्फ अघि बढ्यो शरणार्थीको लर्को, ढुंगा हाने गोली फर्काउने चेतावनी


Saturday, 3 Nov, 2018 10:53 AM
१७ कात्तिक, काठमाडौं । सपना र अवसरका बलिया विकल्पहरुको भूमिका रुपमा परिचित छ विश्वभर अमेरिका, चाहे त्यो केही भ्रम या सत्य किन नहोस् ।

सपना र अवसरका विकल्पहरुको खोजी तथा आफू बस्दै आएको ठाउँ भन्दा सबै हिसाबले सुरक्षित स्थानको खोजीमा विश्वभरका देशबाट वैध र अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या ठूलो छ । वैध रुपमा प्रवेश गर्नेहरुलाई त समस्या भएन ।

आफ्नो जन्मभूमि र रगत–पसिना बगाएर सिन्चेको माटो त्यागेर हिँड्न बाध्य पारिएकाहरुले जोखिम लिएरै पहिलो रोजाइएको देश अमेरिकाको अनिश्चित यात्रा सुरु गर्छन् । यात्रा कतिले पूरा गर्छन, कति हिँड्दा परिवारसहित हुन्छन् भने पुग्दा एक्लिसकेका हुन्छन् ।

जे भए पनि भएको भन्दा सुरक्षित र कम्तिमा काम गरे डर बिना खान पाइन्छ भन्ने सपना लिएर उनीहरु अघि बढ्छन, आप्रवासी बनेर–यस्तालाई भने समस्या छ ।

घरदेशको नागरिकको बलियो हैसियत छोडेर परदेशमा शरणार्थी बन्नका लागि हिँडेका उनीहरुलाई स्वागत गरिएको हुँदैन । अझ पछिल्लो समय अमेरिका आप्रवासीहरुका लागि निकै कडा रुपमा प्रस्तुत भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सञ्चालनको बागडोर सम्हालेदेखि उनी आप्रवासीमाथि निकै कडा र कहिले काहिँ त निर्दयी रुपमा प्रस्तुत हुने गरेका छन् ।

सत्तामा आए लगत्तै विशेष गरी मुस्लिम बाहुल्य देशका आप्रवासी र ती देशका नागरिकको अमेरिका प्रवेशमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पका आप्रवासी विरोधी गितिविधिको निकै कडा आलोचना भयो । त्यसका बाबजुद उनले आप्रवासीमाथिको कडा नीतिबाट टसमस हुने संकेत गरेनन् । पछिल्लो समय उनी मध्य अमेरिकी देशका आप्रवासीमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।

होण्डुरस, ग्वाटेमाला, एल साल्भाडोरसहित देशका धेरै आप्रवासीहरु आफ्नो देशमा भएको उत्पीडन, गरिबी र हिंसाका कारण भागेर अमेरिका प्रवेशका लागि अघि बढीरहेका छन् । क्यारावान आप्रवासी भनिने उनीहरु मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने तयारीमा छन् ।

तर आप्रवासी विरुद्ध कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति ट्रम्पले आवश्यक परेमा गोली चलाउन पनि पछि नहट्ने बताएका छन् । मध्य अमेरिकी देशबाट आएका हजारौँ शरणार्थी तथा आप्रवासीहरु अहिले मेसिक्को हुँदै उत्तरतर्फ बढी रहेका छन् ।

ट्रम्पले प्रतिकात्मक रुपमा चेतावनी दिँदै गोली हान्न सक्ने बताएका हुन् । उनले भनेका छन, ‘कुनै पनि आप्रवासीले अमेरिकी सीमामा ढुंगा हानेको थाहा पाए, जवाफमा सेनाले गोली हान्ने छन् ।’

ट्रम्पले क्यारावान आप्रवासीलाई रोक्नका लागि आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्ने बताएका छन् । त्यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने, सीमा पूर्ण रुपमा बन्द गर्ने बताए ।

सुरुमा ढुंगा हान्नेलाई गोली हान्ने बताएका ट्रम्पले पछि कुनै पनि आप्रवासीलाई अमेरिकी आर्मीले गोली नहान्ने तर उनीहरुले ढुंगा हानेमा पक्राउ गरिने भने । जे भनिए पनि वा कुरा फेरिए पनि अहिले अमेरिका तर्फ अघि बढीरहेका क्यारावान आप्रवासीका लागि यो यात्रा सहज हुने छैन भन्ने पक्का भएको छ ।

आप्रवासी समस्या जटिल बन्दै गएका बेला ट्रम्पको प्रस्तुति र सुरक्षाको खोजीमा अमेरिका तर्फ बढ्दै गरेका मध्य अमेरिकी देशका आप्रवासीको व्यवस्थापनमा कठिनाई आउने देखिएको छ । मानवअधिकारवादी र आप्रवासीको क्षेत्रमा काम गर्दै आएकाहरुले आप्रवासीको अधिकार र ज्यानको सुरक्षा हुनु पर्नेमा चासो देखाएका छन् ।

जसरी क्यारावान आप्रवासीहरु अमेरिका तिर अघि बढीरहेका छन, त्यसरी नै उनीहरुलाई रोक्नका लागि राष्ट्रपति ट्रम्पको निर्देशनपछि सीमा क्षेत्रमा सेनाको उपस्थिति बढेको छ ।

अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका अनुसार सातहरु भन्दा बढी थप आर्मी सीमा क्षेत्रमा परिचालित भएका छन् । यस्तै सीमा क्षेत्रमा काँडे तारसहितको जाली थप गर्ने काम पनि भइरहेको छ ।

सात हजार भन्दा बढी क्यारावान आप्रवासी अमेरिका प्रवेशका लागि भन्दै मेक्सिकोबाट अघि बढेका छन् । अमेरिकाले एक आप्रवासीलाई रोक्नका लागि पाँच सुरक्षाकर्मी खटाउने गरी तयारी गरेको छ ।

आश्रयको खोजीमा अमेरिका आउन लागेका आप्रवासीहरुले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रोक्नका लागि गरेको प्रयास असंवैधानिक रहेको भन्दै आप्रवासीको पक्षमा रहेका हरुल्े मुद्दा दर्ता गरेको अमेरिकी सञ्चारमाध्यम सिएनबिसीले जनाएको छ ।

उनीहरुले ट्रम्पसहित महान्यायाधीवक्ता जेफ सेसन्स तथा अरु प्रमुख अधिकारी विरुद्ध वासिङ्गटन डिसीको जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आप्रवासीप्रति गरिएको कडा व्यवहारको विपक्षमा उभिएका छन् । तर ट्रम्पले भने मिडियाले प्रश्न गरेर हिंसाको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।

पृष्ठभूमि

गएको अक्टोबर १२ मा आपराधिक घटनाले ग्रस्त होण्डुरसको शहर सन पेड्रो सुलामा १६० जना बस स्टेसनमा जम्मा भएर अमेरिका पुग्ने यात्राको सुरु गर्ने तयारीमा थिए ।

उनीहरुले देशमा रहेको हिंसा र बेरोजगारीबाट मुक्ति पाउनका लागि उनीहरुले यो यात्राको तयारी एक महिना भन्दा लामो समयदेखि गरेका थिए । केही समयमा मात्रै रहेका यस्ता आप्रवासीको संख्या तब बढ्यो जब एक पूर्व राजनीतिज्ञले यसबारेको खबर फेसबुकमा सेयर गरे ।
अक्टोबर १३ को बिहानै संख्या १००० पुग्यो । त्यसपछि उनीहरुले यात्रा सुरु गरे । उनीहरु ग्वाटेमाला हुँदै मेक्सिको छिरे ।

यात्राको क्रममा होण्डुरससँगै एल साल्भाडोर तथा ग्वाटेमालाका आप्रवासी पनि थपिए र अहिले संख्या सात हजार कटेको बताइन्छ । यही ग्रुपलाई क्यारावान आप्रवासी भन्ने गरिएको छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रधानमन्त्री सिङ्गापुर गएपछि नेकपाको बाँकी काम प्रचण्डको अध्यक्षतामा गरिने

५ भदौ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि नेकपाको बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गरिने भएको छ ।पार्टीका प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिङ्गापुर गएपछि ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले

लोकतन्त्रमा संकट आए सरकार जिम्मेवार : डा. कोइराला

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् । दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । आज विराटनगरमा रमा–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ ।
 

नेकपा सचिवालय बैठक बस्दै

४  भदौ काठमाडौ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top