syangyong

उत्तर कोरियाले अमेरिकालाई सोध्यो– वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने


Thursday, 24 May, 2018 5:46 PM
१० जेठ, उत्तर कोरिया । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।

उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुईले उत्तर कोरियाली सरकारी समाचार एजेन्सीमार्फत उक्त प्रश्न गरेकी हुन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फक्स टेलिभिजनमा दिएको अन्तरवार्तामा व्यक्त विचारको पनि कडा आलोचना गरेकी छन् ।

उनले भनिन्, ‘अमेरिकी उपराष्ट्रको मुखबाट निस्किएको बेवकुफी कुरा सुनेर म आफ्नो हैरानी लुकाउन सक्दिनँ ।’अमेरिकी उपराष्ट्रपति पेन्सले फक्स न्यूजमा दिएको अन्तरवार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई चेतावनी दिदैं आगामी महिना हुने भनिएको शिखर वार्ता अघि कुनै प्रकारको खेल खेलेमा उत्तर कोरिया र उनकै लागि निकै भारी हुने बताएका थिए । उपराष्ट्रपति पेन्सले परमाणु कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रियामा उत्तर कोरिया नआएको खण्डमा लिबियाली तानाशाह मोअम्मर गद्दाफीकै हालतमा उत्तर कोरियाली नेता किम पुग्ने पनि चेतावनी दिएका थिए ।

उत्तर कोरियाली उपमन्त्री हुईले त्यस्ता धम्कीबाट आफूहरु नडराउने बताइन् । उनले भनिन्,‘धम्की दिएको भरमा हामीलाई वार्ताका लागि अमेरिकाले राजी बनाउन सक्दैन ।’आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको प्रष्ट पार्दै उनले भनिन्, ‘यदि हामीसँग अमेरिका वार्तामा बस्न नचाहने हो भने हामी उसलाई मनाउने कष्ट पनि गर्दैनौ, हामीसँग वार्ता गर्ने कि परमाणु युद्धमा भिड्ने भन्ने कुरा सम्पूर्ण रुपमा अमेरिकामाथि नै निर्भर छ ।’
 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top