syangyong

भाइरल हेपाटाइटिसबारे तपाईंलाई थाहा नभएका केही विश्वव्यापी तथ्यहरू


Saturday, 28 Jul, 2018 3:20 PM
विभिन्न संक्रमण भएर कलेजोमा सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ए देखी इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् । तर, तुलनात्मक रुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी बढी घातक हुन्छन् । यसबारे केही विश्वव्यापी तथ्य यस्ता छन् :

–हेपाटाइटिस बी र सीबाट हुने मृत्युदर एचआइभि एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।

–कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् ।    

–संसारभरका ३० करोडभन्दा बढी मानिसहरुलाई आफू हेपाटाइटिसबाट संक्रमित भएको थहा नै छैन ।

–एकहजारभन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।

–क्यान्सरबाट मृत्यु हुने १२ जनामध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्छन् ।

–नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख ५० हजार मानिसमा हेपाटाइटिस बी र लगभग एकलाख ३० हजारमा हेपाटाइटिस सी अनुमान गरिएको छ ।

भाइरल हेपाटाइटिस बी र सी सर्ने कारण र बच्ने तरिका 

–संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गर्ने । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)

–आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।

–रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने ।

–मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।

–असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस बीमा यो संभावना बढी हुन्छ।)

–ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस सीमा यो संभावना बढी हुन्छ।)

–ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।

–एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस बी भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top