syangyong
cg

​राष्ट्रिय महिला भलिबल मङ्गलबारदेखि


Monday, 8 Oct, 2018 12:05 PM
२२ असोज, बागलुङ । नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । 

गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए। 

प्रतियोगिता सञ्चालन गर्न करीब रु २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले रु आठ लाख, गलकोट सेवा समाज जापानले रु दुई लाख ५० हजार उपलब्ध गराएको छ । 

अन्य निकाय, सङ्घसंस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ । शुरुमा नेपाल भलिबल सङ्घले खेल सामग्री र नगद रु एक लाख जिल्ला सङ्घलाई प्रदान गरेको थियो । 

“प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ”, अध्यक्ष श्रीसले भने, “खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।” प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ । 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता टिमले रु ५० हजार, उपविजेताले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । 

राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताएका छन्। गलकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडी, प्रशिक्षक र टिमका पदाधिकारी गलकोट पुगिसकेका छन् । पहिलोपटक सदरमुकाम बाहिर राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको हो । 
 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

गाउँपालिकाको प्रशासनिक भवन निर्माण

७ कात्तिक नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा 

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

७ कार्तिक ओखलढुङ्गा ।  स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।  मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।  शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर 

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top