HIMALAYAN HYDRO
nlic

तातो वा चिसो पानी, स्वास्थ्यको लागी कुन ठिक ?


Monday, 23 Apr, 2018 8:55 AM
पानी हाम्रो दैनिक उपयोगी तथा अपरिहार्य चिज हो । पानी बिना जिन्दगीको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीबाट बनेको हुन्छ । तपाइले पानी पिउने समयमा पानीको तापक्रममा कत्तिको ध्यान दिनुहुन्छ ? ? हामीमध्ये धेरै चिसो पानी पिउछौँ, के यो स्वास्थ्यको लागी फाइदाजनक छ ? 

एक हेल्थ म्यागजिनमा प्रकाशित भएको रिपोर्टका अनुसार ८० देखि १०६ डिग्री फरेनहाइट सम्मको पानी शरिरको लागी हानिकारक हुन्छ । यसले गर्दा तपाई बिरामी हुन सक्नुहुन्छ । चिसो पानीको कारण इम्युन सिस्टमको कार्यक्षमता कम हुन्छ । चिसो पानी पिउनाले धेरै मात्रामा म्यूकसको उत्पादन हुन्छ । जुन स्वास्थ्यको लागी हानीकारक छ । अर्को एक रिपोर्टका अनुसार चिसो पानी पिउनाले रक्त कोशिकाहरु साना हुन्छन् । यसले राम्रोसँग खानालाई अबशोषित गर्ने क्षमता कम हुन्छ । 

तातो पानी पिउनुको फाइदा 
चिसो पानी पिउनु स्वास्थ्यको लागी हानिकारक हुन्छ । यसकारण हामी तपाईलाई तातो पानी पिउनुको फाइदाको बारेमा बताउन गइरहेका छौँ । 

पाचन 
तातो पानी पिउनाले पाउन प्रणालीलाई राम्रो बनाउँछ । तातो पानीले पेटमा खानालाई पचाउनमा सहयोग गर्छ । यदि  खाना खाएपछि चिसो पानी पिउने हो भने पेटमा खाना पच्नमा समस्या हुन सक्छ । 

पेट दुखाइबाट मुक्ति 
यदि तपाईलाई पेटसँग सम्बन्धित कुनै रोग वा पेटको दुखाई छ भने तपाईले दैनिक तातो पानी पिउनुपर्छ । 

छालाको लागी 
शरिरमा रहेका बिषाक्त पदार्थको कारणबाट छाला उमेरभन्दा बुढो देखिन्छ । तातो पानी पिएर तपाई यस प्रकियालाई रोक्न सक्नुहुन्छ । तातो पानीले छालामा लचिलोपन ल्याउँछ । बिशेषगरि महिलाहरुको लागी तातो पानीले बिशेष फाइदा दिन्छ । 

तनावको स्तरमा कमी 
तातो पानीले नर्भस सिस्टममा सिधै असर पर्छ । तातो पानीले छटपटी अनी तनाव कम गर्नमा सहयोग गर्छ । 

कब्जियतलाई  राहत 
आँतमा जमेको मललाई तातो पानीबाट बाहिर निकाल्न सकिन्छ । दैनिक तातो पानी पिउनाले कब्जियतको समस्याबाट मुतm हुन सकिन्छ । 

मुलायमको सन्तुलन
तातो पानीले शरिरलाई हाइड्रेट राख्छ । तपाई आफ्नो नियमित डाइटमा ९ देखि १२ डोज सम्म पानी समाबेश गर्न सक्नुहुन्छ । शरिरका सबै अंगले राम्रोसँग कार्य गर्नको लागी पर्याप्त मात्रामा पानीको आवश्यकता हुन्छ । तातो पानीले राम्रो तरिकाले अंगहरुले काम गर्न सक्छन् । 

तौल कम गर्न 
तातो पानीले शरिरको तौल कम गर्नमा सहयोग गर्छ । शरिरको तापमानलाई कम गरेर मेटाबोलिज्मलाई सक्रिय बनाउँछ । तातो पानीले आँतको मललाई बाहिर निकालेर शरिरलाई सफा बनाउँछ । साथै तौल कम गर्ने कार्यमा पनि सघाउ पुर्याउँछ । 

बिषाक्त पदार्थलाई बाहिर निकाल्छ 
तातो पानी पिउँदा शरिरमा एण्ड्रोक्राइन सिस्टम सक्रिय हुन्छ । शरिरमा पसिना आउन लाग्छ । पसिना द्धारा बिषाक्त पदार्थ बाहिर निस्कन थाल्छ । 


Ruslan

machha bank

ime

राजनीति

सरकार समृद्धिसहितको विकास चाहान्छ : मुख्यमन्त्री पौडेल

४ माघ, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन् । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ ? र त्यसका उपलब्धि के के हुन ? अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा 

प्रतिनिधिसभा बैठक : काङ्ग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिएका थिए । सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र 

विकासको मार्ग तीव्रताका साथ अघि बढेको छ : प्रधानमन्त्री ओली

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताएका छन् ।प्रतिनिधिसभामा आज शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गर्दै अब समग्र विकासका गतिविधि तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गरे । सदनमा सांसद कृष्णभक्त पोखरेलले चीनबाट नेपालसम्म रेल ल्याउने र 

अन्तर्राष्ट्रिय

कोलोम्बियामा भएको कारबम आक्रमणमा २१ को मृत्यु

४ माघ, बोगोटा । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका 

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द

४ माघ, वासिङटन । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग 

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

३ माघ, वासिङटन । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top