syangyong
cg

स्वास्थ्यको सूत्र : के तपाईँलाई पानी पिउने तरिका थाहा छ ?


Sunday, 20 May, 2018 11:43 AM
 डाक्टर, रमेश पुरी

मावन शरीरमा पानीको मात्रा
मानव शरीरमा सबैभन्दा महत्वपूर्ण स्थान वायुको छ । वायुबाट नै हामीलाई अक्सिजन मिल्छ र शरीरका सम्पूर्ण क्रिया सुचारु हुन्छन् । वायुपछि दोस्रो नम्बरमा आउँछ पानी । मानव शरीरको कुल तौलमध्ये पानीको मात्रा ७० प्रतिशत हुन्छ । अलग–अलगरुपमा हेर्ने हो भने, मस्तिष्कमा ९०, रगतमा ८३, मांसेशिमा ७०, हड्डीमा २० र शरीरको सबैभन्दा कठोरमध्येको दाँतमा पनि १० प्रतिशत पानीको मात्रा हुन्छ । पानीविना शरीरको कुनै पनि अंगले काम गर्दैन । शरीरमा २६ लाख करोड कोशिकाहरु हुन्छन् । प्रत्येक कोशिकालाई अक्सिनज र पानीको आवश्यकता पर्दछ । पानीविना हामीले श्वास पनि लिन सक्दैनौ नत भोजनको पाचन नै सम्भव छ ।  यति हुँदाहुँदै पनि हामीमध्ये धेरैलाई पानीको महत्व र गुणबारे निकै थोरै मात्र जानकारी छ । पश्चिमाहरु त विस्तारै–विस्तारै पानी पिउन भुल्दै गएका छन् । यताका मान्छेहरुमा पनि उस्तै समस्या देखिन थालेको छ । पुरादिन एयरकन्डिसनयुक्त घर, अफिस र कारमा बस्दाबस्दै हामीहरु पानी पिउन पनि भुल्दैछौं । त्यसको सट्टामा कोकाकोला, चिया, कफी हाम्रो प्राथमिकतामा पर्न थालेका छन् । 

पानीको कमिले देखिने समस्या

हाम्रो शरीरबाट दैनिक लगभग चारदेखि ५ लिटर पानी बाहिर निस्कन्छ । पिसाव, पसिना र स्वासको माध्यमबाट । यसको पूर्ति गर्नु पनि निकै आवश्यक छ । हाम्रो शरीरमा दिनहुँ रसहरु  बन्ने गर्दछ । मुखमा २ लिटर ¥याल, कलेजोमा १ लिटर पित्तरस, पैन्क्रियाजमा एक लिटर पाचकरस इत्यादि । पानीबाट नै यी रसहरुको उत्पत्ति हुन्छ । सबै हार्मोन र अन्य ग्रन्थि पानीको सहयोगमा नै काम गर्दछन् । पानीको कमि भयोभने रगत बाक्लो हुन्छ । कोलेस्ट्रोल बढ्छ । उच्च रक्तचाप र मुटु रोगको जन्म हुन्छ । पानीको कमि हुँदा आन्द्राले पनि सहिरुपमा काम गर्न सक्दैन जसका कारण पेटको सफाइ हुन पाउँदैन । यसको अलावा, छाला र मांसपेशिमा कडापन, सोराइसिस, विविरा आउनु, शरीरमा कान्ति नहुनुजस्ता लक्षण पानीको अभावमा देखिने गर्छ । त्यसैगरि यूरिक एसिड बढ्नु, कब्जियत, पत्थरीको समस्या पनि देखिन्छ । यत्ति मात्र होइन पानीको कमिले मानसिक असन्तुलन पनि पैदा हुन्छ । मानसिक तनाव, उत्तेजना र चाँडै रिस उठ्ने हुन्छ । 


हामीलाई पानी पिउन आउँदैन 

एक त हामी पानी निकै कम पिउँछौ । दोस्रो हामीलाई सहि तरिकाले पानी पिउन पनि आउँदैन । प्रायजसो मान्छेहरु उभ्भिएर पानी पिउँछन् त्यो पनि निकै हतारमा । हामीले पानी पिउँदा त्यो मुख, घाँटी हुँदै भोजन नलीमा जान्छ । घाँटीमा अनेक नसाहरुको जालो छ । यहाँ भोजननली, श्वासनली, कान, नाक सँग जोडिएको नसा, ध्वनी यन्त्र, थायरायड ग्रन्थि सबै छन् । हामीले उभ्भिएर हतारमा पानी पिउँदा स्वासनलिमा पनि छिर्न सक्छ । त्यो मृत्युको लागि पर्याप्त हुन्छ । यसका अलावा हाम्रो आँखा, नाक, कानमा पनि अनावश्यक दवावपर्छ । जव हामी उम्भिएर पानी पिउँछौ त्यतिवेला आमाशयमा सिधा दवावपर्छ । त्यसको असर आमाशयमा मात्र सिमित नभए सानो र ठूलो आन्द्रासम्म पुग्छ । यी अंगहरुले ठिकढंगले पानीलाई सोस्न सक्दैनन् ।

घुँडाको दुःखाई, ग्यास्ट्रिक र एसिडिडी हुनको प्रमुख कारण हो, उभ्भिएर पानी पिउनु । हाम्रा जोर्नीहरुलाई पनि पानीको आवश्यकता पर्दछ । जोर्नीहरुमका ‘साइनोवियल’ भन्ने पदार्थ हुन्छ । हामीले घटघट पानी पिउँदा त्यो पदार्थ वगेर जान्छ, अनि जोर्नीहरु सुक्खा हुन थाल्छन् । बसेर थोरै–थोरै घुटकी लिँदै पानी पिउने बानीले प्रत्येक कोशलाई सिंचन गर्न मद्यत गर्दछ । यसले कोशहरुलाई पुनर्जीवित गर्छ । यदि हामी बसेर विस्तारै–विस्तारै पिउने हो भने पानीले एक उत्तम औषधीले झैं काम गर्छ । हाम्रो मुखमा कयौं ¥याल ग्रन्थिहरु छन् । जसले दिनमा २ लिटर ¥याल उत्पादन गर्छन । यही ¥यालले नै हाम्रो भोजनको अम्लतालाई समाप्त पार्छ । जव ¥याल पानीमा मिसिन्छ तब त्यो महाऔषधी बन्छ । यसले रगतलाई क्षारीय बनाउँछ । हाम्रो रगतको ८० प्रतिशत भाग क्षारीय र २० प्रतिशत भाग अम्लिय हुन्छ । रगतको यो अनुपात विग्रियो भने हामीलाई रोग लाग्न थाल्छ । दिनमा आठदेखि दश ग्लास पानी बसेर घुटुघुटु पिउने हो भने रक्त शुद्विमा ठूलो सहयोग पुग्छ । मानसिक तनाबबाट बच्ने सरल उपाय हो–पानी पिउनु । यसले मस्तिष्कलाई क्रियाशील बनाउँछ । स्मरण शक्ति बढ्छ र मानसिक थकाइ हुन दिँदैन । 

कस्तो पानी ! कसरी पिउने ?

माटोको भाँडोमा राखिएको पानीको गुण सर्वश्रेष्ठ हुन्छ । माटोको भाँडोमा राखिएको पानी आँफै पनि शुद्व हुँदै जान्छ । यसमा पृथ्वी तत्वको सबै पोषक गुण आउँछ । माटोको भाँडोमा राखिएको पानीमा तुलसी, पुदिना या निमको पात केहीबेर राखिदिने हो भने त्यसले पानीको गुणस्तरमा बृद्वि गर्छ । गर्मीको समयमा माटोको भाँडोमा राखेको पानी स्वादिलो हुन्छ । भोजनको एक घण्टा पहिला या पछि पानी पिउनुपर्छ । यदि भोजनको साथ पानी पिउने नै हो भने मनतातो पानी प्रयोग गर्नुपर्छ । भोजनको साथ चिसो पानी पिउँदा जठराग्नि मंद हुन्छ । हामीले खाएको भोजन पचाउन आमाशयमा हाईड्रोक्लोरिक एसिड बन्नुपर्छ ।  तत्काल पानी पिउँदा यो पातलो हुन्छ अनि हामीलाई पाचन सम्बन्धि रोग लाग्न थाल्छ । यदि तपाई स्वास्थ र तन्दुरुस्त हुन चाहनुहुन्छ भने दैनिक ३ देखि ४ लिटर पानी पिउने गर्नुहोस । उठेर होइन बसेर अनि हतारमा होइन विस्तारै । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top