ghaderi
esewa

भारतको पूणेमा पानीको चरम संकट, रेस्टुरेन्टका ग्राहकले पाउँछन् आधा गिलास मात्र !


Thursday, 6 Dec, 2018 5:36 PM
२० मंसिर, काठमाडौं । शुद्ध शाकाहारी कालिंगा रेष्टुुरेन्टमा एक जोडी आएर बसे । वेटरले टेबलमा गएर उनीहरुलाई सोध्छन, ‘पानी चाहिन्छ कि चाहिँदैन ?’
‘मैले चाहिन्छ भनेपछि वेटरले मलाई आधा गिलास पानी दिए’ ग्राहक गौरीपुजा मंगेशकर भन्छिन, ‘सुरुमा त मलाई मात्रै झुक्किएर आधा दिएको हो कि जस्तो लाग्यो तर उनीहरुले मेरो श्रीमानलाई पनि आधा मात्रै दिए ।’
सामान्यतया रेस्टुरेन्टमा खान आउनेलाई सुरुमै तातो वा चिसो पानी टक्क्राउने चलन हुन्छ । पानी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्नै गरिदैन । तर, भारतको पुणेमा कालिंगा जस्ता धेरै रेस्टुरेन्टहरुले सोधेर मात्रै पानी सर्भ गर्न थालेका छन, त्यो पनि आधा गिलास मात्र ।
किन भयो यस्तो ? 

पुणेको शहरी प्राधिकरणले एक महिनाअघि पानीको आपूर्ति काट्ने घोषणा गरेपछि पानीको संकट सामना गर्न करिव ४०० रेष्टुरेन्टहरुले यो उपाय अपनाएका हुन् । कालिंगा रेष्टुरेन्टका सञ्चालक तथा पुणे रेष्टुेरेन्ट एण्ड होटेल एसोसिएसनका अध्यक्ष गणेश सेट्टीका अनुसार उनीहरुले पानी बचाउन विस्तृत योजना बनाएर काम गरिरहेका छन् ।
‘हामीले आधा गिलास मात्रै पानी दिन्छौं र ग्राहकले फेरि नमागेसम्म दोस्रोपटक भरी दिँदैनौं । ग्राहकले पिएर उब्रेको पानी रिसाइकल गरेर फूलमा राख्न र भुँई पुछ्न प्रयोग गरिन्छ,’ सेट्टीले भने ।
उनका अनुसार धेरै ठाँउमा पानीको खपत कम हुने ट्वाइलेटहरुको राखिएका छन् । पानी भण्डार गर्ने प्लान्टहरु बनाइएको छ । र, कर्मचारीहरुलाई सकेसम्म कम पानी प्रयोग गर्न निर्देशन दिइएको छौं ।
कालिंगा रेष्टुरेन्टमा दैनिक करिब ८०० जना ग्राहकहरु आउँछन् र आधा गिलासमात्रै पानी सर्भ गर्दा रेष्टृरेन्टले दैनिक करिब ८०० लिटर पानी बचाउँछ ।
सेट्टी भन्छन् ‘पानीको प्रत्येक थोपा अमुल्य छ र हामीले भविष्यलाई सोचेर पनि अहिलेदेखि नै पानीको खपत घटाउनुपर्छ ।’
त्यस्तै ८३ वर्ष पुरानो पुणे गेस्ट हाउसका सञ्चालक किशोर सरपोद्दारले पहिलेका ठूला गिलासहरुलाई विस्थापन गरी भर्खरै ल्याइएका साना स्टिलका गिलासहरु देखाए । गिलास सानो भएकाले उनको रेष्टुरेन्टले भरी पानी सर्भ गर्छ ।
पुणे भारतको आर्थिक राजधानी मुम्बई नजिकैको शहर हो । साँस्कृतिक र शैक्षिक केन्द्रको रुपमा परिचित यो शहरलाई भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले ‘भारतको अक्सफोर्ड र क्याम्ब्रिज’को संज्ञा दिएका थिए ।
चालिस लाख मानिसको बसोबास रहेको यो शहरमा सन् १८७८ मा बनाइएको खडकवासला ड्यामबाट पानी आपूर्ती गरिँदै आइएको छ । शहरमा पानीको संकट दुई वर्षअघिबाट देखापरेको हो ।
‘त्यतिखेर फेब्रुअरी र मार्चमा दुई महिनाको लागि हाम्रो पानीको सप्लाई आधा भएको थियो र पहिलोपटक दुई दिनमा एकपटक मात्रै पानी आउन थाल्यो,’ सेट्टीले स्मरण गरे ।
शहरी प्राधिकरणले खानेपानीको आपूर्ती कम गरेसँगै पानी खेर नफाल्न कडा निर्देशनहरु दियो । मानिसहरुलाई थप पानी आवश्यक परेको खण्डमा इनार र ट्युवेल जडान गर्न भनियो ।
त्यतिखेर दुई महिनासम्म शहरमा सबै निमार्ण कार्य रोकिएको थियो । कार ग्यारेजहरुलाई कार धुने पानी दिइएन र शहरले ‘सुख्खा होली’ मनायो । क्लब र वाटर रिसोर्टहरुलाई लोकप्रिय रेनडान्स गर्न बन्देज लगाइयो र स्विमिङ पुलहरु बन्द गरियो । पानी खेर नफाल्न चेतावनीसँगै पानीको दुरुपयोग गर्नेहरुलाई ठूलो रकम जरिवाना गराइयो ।
पुणेका पानी संरक्षणविद् कर्णेल शशिकान्त दाल्वी भन्छन, ‘यो वर्ष अवस्था झनै खराब भएको छ । अक्टोबरमै पानीको हाहाकार मच्चिएको छ । गर्मी महिनामा कसरी पानीको संकट समाधान गर्ने ?’
हालसालै प्रकाशित एक सरकारी प्रतिवेदनका अनुसार भारतले अहिलेसम्मकै ठूलो पानीको संकटको सामना गरिरहेको छ र यसबाट ६० करोड मानिसहरु प्रभावित भएका छन् ।
प्रतिवेदनअनुसार संकट आउँदो वर्षहरुमा झनै बढ्नेछ र २१ शहरहरुमा सन् २०२० सम्ममा भुमिगत पानीको स्रोत सकिनेछ ।
गत मे महिनामा लोकप्रिय पर्यटकीय शहर सिमलामा पानीको हाहाकार मच्चियो । त्यस्तै अघिल्लो वर्ष बैंगलोर शहरमा पनि पानीको चरम अभाव भयो ।
भारतको पश्चिमी महाराष्ट्रमा पानीको कमी प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मीयाममा पानीको लागि झगडा भएको समाचार दिनहुँ आउँछन् । जिल्ला–जिल्ला, गाउँ–गाउँ, छिमेकी–छिमेकी बीचमा पानीको लागि लडाईं हुन्छ ।
यो वर्ष त झनै पानीको समस्या जाडोयामको सुरुवातबाटै देखिएको छ र धेरै क्षेत्रहरुमा खडेरी र पानीको संकट देखापर्न थालिसकेको छ । यसबाट पुणे सर्वाधिक प्रभावित भएको छ । अक्टोबरमै पुणेको म्युनिसिपल कर्पोरेशनले पानीको आपूर्तीमा १० प्रतिशतले कटौती गरेको घोषणा गरिसकेको छ । कर्णेल दाल्भी आफै पनि अचम्मित बनेको बताउँछन् ।
उनी भन्छन, ‘दुई वर्ष अघिको संकट कम पानी परेको कारण भएको थियो, तर यो वर्ष पुणेमा जुलाईको अन्त्यसम्म भारी वर्षा भयो । ड्यामहरु भरिएका थिए तर त्यो पानी अहिले कता गयो ?’
‘मनसुनी वर्षा जुनभन्दा अगाडि हुँदैन र त्यसको लागि अझै ८ महिना छ । यो धेरै लामो समय हो । जाडोयाममा पनि पानी परेन भने शहरवासीको विजोक हुनेछ,’ उनी भन्छन् ।
बिज्ञहरुले पानीको संकट हुनुको प्रमुख कारण जलवायु परिवर्तन, वनविनाश र तिव्र गतिमा शहरको जनसंख्या वृद्धिलाई मानेका छन् । खडकवासला ड्याम रिजर्भायरलाई कहिल्यै पनि मर्मत गरिएको छैन र यसको पानी भण्डारण गर्ने क्षमता कम भइरहेको छ ।
सन् २०२५ सम्ममा भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने छ । यस्तोमा कर्णेल दाल्भीले पुणे र देशका अन्य भागमा पानीको संकटबाट बँच्नको लागि केही उपायहरु दिएका छन् ।
‘चुहावट रोकिनुपर्छ, भूमिगत पानीको अत्यधिक प्रयोग रोकिनुपर्छ, सबैले आ–आफ्नो छानोबाट वर्षाको पानी भण्डारण र पुनः प्रयोग गर्ने प्रविधि जडान गर्नुपर्छ । होइन भने पानीको चरम संकट हुनेछ,’ उनी भन्छन् ।
तर, रेस्टुरेन्टहरुले आधा गिलास पानी सर्भ गर्ने उपाय के नौटंकी मात्रै हो ?
उनी भन्छन, ‘यो नौटंकी होइन । यो धेरै राम्रो उपाय हो । एक थोपा पानी बचाउनु भनेको एक थोपा प्राप्त गर्नु हो ।’


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top