syangyong
nlic

किन निरास लाग्छ सबैलाई सोमबारको दिन !


Monday, 12 Feb, 2018 11:35 AM
नेपालमा शनिबार बिदा हुन्छ । बाँकी देशमा अक्सर, दुईदिनको सप्ताहन्त हुनेगर्छ । आम कामकाजी व्यक्तिहरुको सप्तहान्त शुक्रबारपछि सुरु हुन्छ । अर्थात, शनिबार र आइतबार उनीहरु सप्तहान्तको मज्जा लिन्छन् । नेपालमा चाहीँ शनिबार मात्र । बाँकी दिन त अफिस जानु नै पर्यो । तर, विभिन्न नामले दिइने विदाको कारण कामकाजी दिन वर्षको आधा पनि हुँदैन नेपालमा । अन्य मुलुकमा भने सप्तहान्त ढुक्कले दुई दिन बित्छ, त्यसपछि नियमित काम कडाईपूर्वक हुन्छ । त्यसैले आम कामकाजी मानिसलाई सोमबारको दिन त्यति मज्जा लाग्दैन, जति शुक्रबारको दिन, सप्तहान्त सुरु हुनलाग्यो भनेर लाग्छ । नेपालको हकमा आइतबार काममा निस्कनुपर्दा ‘किन आउँछ होला यो आइतबार’ भन्ने सोचाई आम मानिसमा पर्छ । यो मनोविज्ञानको सवाल रह्यो । हप्ताभर काम गरेर सप्ताहन्तमा परिवार र साथीभाईसँग बिताउने रमाइलो गर्ने सोच पलाउँदा सप्ताहन्तको शुक्रबार जति रमाइलो  लाग्छ, सुरुको सोमबार त्यति नै ‘बोर’ । बीबीसी फ्यूचरकालागि क्लाडिया हेमन्डले सप्तहान्तको मनोविज्ञानबारे एक रिपोर्ट तयार गरेका छन् ।

थ्याङ्क्स गड, इट्स फ्राइडे’ Thank God It's Friday
शुक्रवार हप्ताको आखिरी ‘वर्किङ डे’ । यसपछि आम कामकाजी व्यक्तिलाई सप्ताहन्तको छुट्टी । जोकसैले पनि, त्यसपछि अफिसको तनाबबाट मुक्त हुन परिवार या साथीभाईसँग समय बिताउँछन् । रमाइलो गर्छन् । यसैले हप्ताको आखिरी दिनको प्रतिक्षा व्यग्रताका साथ गरेका हुन्छन् उनीहरुले । सप्ताहन्तको सन्तोषले उत्साह भरिएको हुन्छ ।

यसको उल्टो आम मानिसलाई सोमबारको दिन त्यति रुचिकर हुँदैन । ‘लौ, फेरि सोमबार आयो । अफिसमा दुःखका दिन फेरि सुरु भयो’, सोचाई यस्तो रहेको हुन्छ । र, उनीहरु सोच्छन्, ‘सोमबारको दिन नै नभैदिएको भए कति जाति हुन्थ्यो होला ।’ यो उक्ति सुन्दा लाग्छ कि सोमबार त हप्ताको सबैभन्दा खराब दिन पो हो त । सात दिनमा यो यही दिन हो, जसलाई मानिसले सबैभन्दा बढी घृणा गर्छन् ।

वास्तविकता के हो ?
के, साँच्चिकै आम मानिस सोमबारलाई घृणा गर्छन् त ? दुनियाभरमा भएका तमाम रिसर्चले यो बताउँछन् कि आम मानिसले सोमबारको दिनलाई रुचाउँदैनन् । किनकी, दुई दिनको आराम पछि उनीहरुलाई काममा जानुपर्छ र धेरै काम गर्नुपर्छ । यसैले तपाईंले जो कसैलाई सोध्नुस त, सोमबारलाई जीवनबाटै हटाइदिन चाहन्छन् उनीहरु ।

कतिपय मनोवैज्ञानिकहरुलाई लाग्छ कि यो सोचाई वास्तविकता भन्दा टाढा छ । वास्तवमा, आम मानिस सोमबार आउनुभन्दा अघि र सोमबार सकिएपछि अलग अलग विचार व्यक्त गर्छन ।

मनोवैज्ञानिहरुले केही व्यक्तिहरुसँग सोमबारभन्दा अघि प्रश्न गरेका थिए । उनीहरुमध्ये धेरैले आशंका व्यक्त गरे कि सोमबारको दिन धेरै नराम्रो हुनेवाला छ । अफिस जाँदा कामको बोझ सबैभन्दा धेरै हुनेछ । कसैलाई व्यवसायको लागि जानु छ भने उनीहरुलाई पनि धेरै नै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । कुल मिलाउँदा, शनिबार र आइतबारको दिन आम मानिस आउँदै गरेको सोमबारलाई लिएर बढी नै नकारात्मक सोच्छन् र निरास हुन्छन् । उनीहरुलाई सोमबार नरमाइलो हुने पीर हुन्छ ।

तर, तपाईं यो थाहा पाएर हैरान हुन पनि सक्नुहुन्छ, मानिसहरु जब सोमबारको हेक्टिक काम पुरा गर्छन्, त्यसपछि उनीहरुले दिने जवाफ पहिला भन्दा ठीक उल्टो हुन्छ । उनीहरुले त्यति बेला भन्छन्, ‘सोमबार त्यति धेरै नराम्रो पनि भएन । ठीकैसँग वित्यो ।’ कहिले काहीँ त सोमबारकै दिन उनीहरुको मुड पहिले भन्दा धेरै सकारात्मक पनि देखिन्थ्यो ।

समय वित्दै जाँदा सोचाई पनि बदलिन्छ
मनोवैज्ञानिकहरु भन्छन् कि वास्तवमा हामी आफ्नो अनुभवलाई ठीक उसैप्रकारले पछि महशुस गर्दैनौं । अर्थात, कुनै दिन निकै तनावपूर्ण वित्छ भने सायद पछिको कुनै दिन त्यति धेरै तनाव पनि व्यहोर्नु पर्दैन । जीवनका तमाम अनुभवलाई अलगअलग ढंगले महशुस गरिन्छ । जब त्यो समय वित्दै जान्छ, हाम्रो सोचाई र चिन्तन पनि बदलिँदै जान्छ ।

यो सोमबारको विषयमा मात्र सीमित हुँदैन । सप्ताहन्त (विकेण्ड)लाई लिएर पनि हुन्छ । धेरै मानिसहरु सप्ताहन्त बिताएपछि भन्ने गर्छन्, ‘ठीकै वित्यो मेरो बिदा त’ । उनीहरुमा खास उत्साह पनि देखिदैन, जसले शुक्रबार सप्ताहन्तमा यो गर्छु उ गर्छु भन्दै अनेक योजना बनाएर कल्पित भएका हुन्थे ।

मनोवैज्ञानिकहरुका अनुसार हरेक पल हामी केही न केही सोचिरहेका हुन्छौं, पछि त्यसलाई सम्झिन प्रयत्न गर्छौं । यसैगरी, ती चिजहरु पनि हामी ख्याल गर्दैनौं, जसलाई त्यतिबेला महशुस गरिएको हुन्थ्यो । यसै कारणले हो कि आउने समयलाई लिएर हाम्रो आफ्नो अनुमान गलत सावित पनि हुन सकछ । मानिस सोच्छन् कि सोमबार निकै निरासयुक्त हुनेवाला छ, तर सोही दिनमा त्यति धेरै निरास नबन्न पनि सक्छ । सप्ताहन्तलाई लिएर जुन उत्साहले शुक्रबार भरिन्छ । सप्ताहन्तको अन्त्यसँगै त्यो पनि विस्तारै भुत्ते भैदिन्छ ।

अब नतिजा
ए, हजुर जति तपाईं सोच्नुहुन्छ नि सोमबारको बारेमा, त्यति धेरै निरासाजनक छैन है । यो केवल तपाईंको दृष्टिकोणको सवाल हो । तपाईं स्वयं सोमबारलाई त्यतिविधि घृणा पनि गर्नुहुन्न, जति तपाईं सोच्नुहुन्छ ।

 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति पुन

२ पुस, काठमाडौं । संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषदद्धारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा 

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : राप्रपा अध्यक्ष थापा

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो 

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

२ पुस, काठमाडौं । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरेका हुन् । सन् २०१८ मा १० लाख एक हजार तिन सय बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि 

अन्तर्राष्ट्रिय

साप्पोरोमा भएको विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

२ पुस, टोकियो । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो । स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ । प्रहरीले उक्त विस्फोटको 

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुस, सोल । उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि 

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top