ह्वाट्सएपमा देखियो गम्भिर समस्या, नयाँ अपडेटेड भर्सन प्रयोग गर्न कम्पनीको आग्रह


Thursday, 21 Nov, 2019 8:23 AM
भारतको साइबर सुरक्षा सम्बन्धी मुख्य निकायले सम्भावित जोखिम पाइएपछि ह्वाट्सएप प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनमा सन्देश आदानप्रदान गरिने उक्त एपको नयाँ संस्करण अपडेट गर्न आग्रह गरेको छ। भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यस्तो आग्रह गरेको हो। उक्त सम्भावित जोखिम नचिनेको नम्बरबाट आउने एउटा भिडिओबाट सुरु हुनसक्छ। ह्वाट्सएपले उपभोक्ताको फोनमा कुनै असर गरेको थियो भन्ने कारणहरू नरहेको बताएको थियो।

नयाँ समस्याबारेको समाचार आए लगत्तै ह्वाट्सएपले उसको सफ्टवेयर फोनहरूमा स्पाईवेयर राख्नमा प्रयोग भएको स्वीकारेको थियो।
ह्वाट्सएपको स्वामित्व लिने कम्पनी फेसबुकले उक्त एपमा देखिएको नयाँ जोखिमलाई समाधान गर्ने केही दिन अघि घोषणा गरेको थियो।

भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यदि कसैले नचिनिएको नम्बरबाट आएको उक्त भिडिओ खोलेमा एउटा सफ्टवेयर फोनमा स्वचालित रूपमा रहन जाने बताएको छ। त्यसको प्रकृति पत्रकारहरू र अधिकारकर्मीहरू विरुद्ध प्रयोग गरिएको भनिएको एउटा ुमालवेयरुको जस्तै रहेको छ।

उक्त निकायले यस्तो जोखिमले जुनसुकै क्षेत्रमा रहेका फोनहरूमा पहुँच पाउने र त्यसका कार्यहरूलाई परिवर्तन गरिदिन सक्ने जनाएको छ।

उक्त एपमा एउटा सुरक्षा सम्बन्धी पनि समस्या रहेको र त्यसको समाधान गरिने उसले जनाएको छ।

भारतमा मात्र ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन्।


global ime

Ruslan

runner bike

राजनीति

उपसभामुखले राजीनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ

४ माघ, नवलपरासी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन् । सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए । सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे । ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो । तर पनि हामी छिटै निष्कर्षमा पुर्याउँछौं,’ शनिबार नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ । सूचना टाँसेर स्थगित गर्नु हुँदैन ।’

गुटका कारण कांग्रेसले कम्युनिस्टसँग लड्न सकेन : पौडेल

४ माघ, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो प्रतिपक्षी बन्न नसक्नुको कारण पार्टीभित्रको गुटबन्दी भएको बताएका छन् । गुटबन्दीका कारण पार्टी कमजोर भएको भन्दै उनले एकजुट हुन आग्रह गरे । ‘कांग्रेसका नेता कुनै एक गुटको अभिभावक भएर अहिलेको कम्युनिस्टविरुद्ध लड्न सकिँदैन,’ प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘कम्युनिस्टविरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार इतिहासकै भ्रष्ट भएको दाबी पनि उनले गरे । ‘सरकारले भ्रष्टाचारलाई संस्थागत रूपमै सरक्षण गरेको छ,’ नेता पौडेलले भने ।

राष्ट्रिय सभामा जनमोर्चाको उम्मेदवार : गण्डकीमा बराल, प्रदेश ५ मा पौडेल

४ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रियसभा सदस्यका लागि २ उम्मेदवार अघि सारेको छ । जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी र प्रदेश ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्ने जानकारी दिए । जनमोर्चाले आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भोटसमेत मागेको छ । राष्ट्रियसभाको १८ सिट रिक्त हुँदैछ । त्यसका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू, यस्तो छ उनको हट्ने या रहने संभावना

अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ।ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ।
प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि 

राष्ट्रपति पुटिनद्वारा मिखाइल मिसुस्टिनलाई रुसको नयाँ प्रधानमन्त्री नियुक्त

२ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । दिमित्रि मेद्भेदेवले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति पुटिनले मिसुस्टिनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  मिसुस्टिन संघीय कर सेवा प्रमुखका रुपमा कार्यरत थिए । ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन् । 

भाजपाले २०१९ को चुनाव प्रचारमै सक्यो १२ सय करोड

२ माघ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ। सन् २०१४ को चुनावमा भाजपाले जम्मा ७ सय १४ करोड खर्च गरेको थियो। जबकी भारतीय कांग्रेसले पछिल्लो लोकसभा चुनावमा ८ सय २० करोड खर्च गरेको छ भने २०१४ को चुनावमा ५ सय १६ करोड खर्च गरेको थियो।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top