cg electronics
nlic

जाडोमा भिजाएको बदाम खानुको यस्ता छन् फाइदाहरु


Tuesday, 21 Nov, 2017 12:10 PM
प्राय मानिसहरु जाडो याम सुरु भए देखि नै कहिले नखाने खानाहरु पनि खान थाल्छन् । यी मध्य केही चीजहरु हाम्रो स्वास्थ्यको लागि निकै फाइदा जनक हुन्छन् । जस्तै जाडोमा तातो तातो चियाको चुस्किी लिनुको आफ्नो छुट्टै मज्जा हुन्छ । त्यस्तै गरेर प्राय मानिसहरुलाई जाडोमा घाम ताप्दै सुन्तला र बदाम खान निकै मन पर्दछ । तर दैनिक भिजाएको बदामको केही दाना खानाले तपाईंले धेरै स्वास्थ्य सम्बन्धीत समस्याबाट छुट्कारा  पाउनुहुनेछ । यसलाई भिजाएर खाँदा यसमा भएको न्यूट्रिएंट्स र आइरनले रगतको संचार ठिक गरेर मुटु रोग लगायतका विभिन्न रोगहरुबाट बचाउँछ । यो खानुको थुप्रै फाइदाहरु छन् जसको ज्ञान हुनु धेरै नै आवश्क छ ।
जाडोमा बदाम खानाले तपाईंको शरीरलाई शक्ति मिल्छ । आउनुहोस जानौं बदामबाट हुने फाइदाहरु के के छन् त !
  • भिजाएको बदाम दैनिक खानाले तपार्इंको बीपीको समस्या सधैंको लागि समाप्त नै हुन्छ । साथै यसको सेवनले मुटु रोगको समस्या पनि हुँदैन ।
  • यसमा भएको क्याल्शियम, भिटामिन ए र प्रोटीनले मसल्स टोन्ड गर्नमा मद्दत गर्दछ र यो शरीरको लागि निकै फाइदाजनक हुन्छ ।
  • यदि तपार्इं जाडोमा दैनिक भिजाएको बदाम खानुहुन्छ भन्ने तपार्इंलाई पेट सम्बन्धी कुनै पनि समस्या हुँदैन र यसको सेवनले जाडोयाममा तपाईंको पातन प्रणाली पनि सही रहन्छ । यसको साथै यसले जाडोमा गर्मी र शक्ती पनि प्रदान गर्दछ ।
  •  पोटासियम, कपर, क्याल्शियम, सेलेनियम लगायतका गुण भएको बदामलाई जाडोमा दैनिक भिजाएर खाने गरेमा एसिडिटीको समस्याबाट मुक्ति मिल्नेछ ।
  • यदि तपार्इंलाई जोर्नी र कम्बर दुख्ने समस्या छ भने जाडोमा बदाम भिजाएर खाँदा यो समस्याबाट आराम मिल्नेछ ।
  • भिजाएको बदाम खानाले तपाईंको स्मरणशक्ति र आँखा पनि तेजिलो हुन्छ । त्यसैले जाडोमा भिजाएको बदाम खाँदा निकै फाइदा हुन्छ ।
  • यदि तपार्इं जाडोमा दैनिक भिजाएर बदाम खाने गर्नुहुन्छ भने तपार्इंलाई शुगरको समस्याबाट मुक्ति मिल्दछ ।


 


Ruslan

paicho

bussewa

राजनीति

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

​जनप्रतिनिधिबीच विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ

१२ जेठ जाजरकोट । जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन् ।

​नीति तथा कार्यक्रम “फूलको आँखामा फूलै संसार”

११ जेठ, काठमाडौ । “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार।।।” नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उनले, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top