ghaderi
esewa

विन्टर डिप्रेसन ! किन हुन्छ ? कसरी बच्ने ?


Friday, 1 Feb, 2019 9:52 AM
काठमाडौं । सामाजिक र जीवनमा आइपर्ने विभिन्न समस्या, अशान्ति वा मनले चिताएको काम पूरा नभएको अवस्थामा मानिसको दिमागमा असर पर्नसक्छ । मानसिक रोग सबै एकै प्रकारको हुँदैन । डिप्रेसन मानसिक रोगको एक प्रकार हो । र डिप्रेसनभित्र पनि धेरै प्रकार हुन्छ । त्यसमध्ये विन्टर डिप्रेसन एक हो । विन्टर डिप्रेसन विशेषगरी चिसो मौसममा हुनेगर्छ । गर्मी मौसममा विन्टर डिप्रेसन हुँदैन । यसलाई सिजनल डिप्रेसन भनिन्छ भने मेडिकल भाषामा एफेक्टिभ डिसअर्डर पनि भनिन्छ । 

मौसम परिवर्तन भएलगत्तै हुने डिप्रेसनलाई सिजनल डिप्रेसन भनिन्छ । जुन गर्मी मौसममा नभई जाडो मौसममा मात्र हुन्छ । मानिसको मन एकैनासको हुँदैन । हरेक स–साना कुराले मानिसको दिमागमा प्रभाव पर्छ । मौसम परिवर्तन भएजस्तै मानिसको मन पनि परिवर्तन भइरहन्छ । कहिले दुःख, कहिले हाँसो र कहिले खुसी। जीवनको चक्रसँगै मानिसको मन पनि घुमिरहेको हुन्छ । 

किन हुन्छ विन्टर डिप्रेसन ?
जाडो मौसममा दिन छोटो र रात लामो हुन्छ । जस कारण धेरै समयसम्म घामको प्रकाशबाट टाढा बसिन्छ । व्यस्तताले भरिएको जीवनमा जाडोमा चिसोबाट बच्न सबैले अनेकौं उपाय अपनाउने गर्छन् । ग्यास हिटर, बाक्लो कपडा र तातो जुत्ताको प्रयोग गर्छौं । तर सूर्यको किरणले दिने तातो र अन्य हिटर वा कपडाबाट लिने तातोमा धेरै फरक हुन्छ । 

जाडोमा सूर्यको किरण खासै पर्दैन । शरीरमा पाइने सेरोटोनिन हर्मोन घामको प्रकाश शरीरमा पर्दा मात्र पाउन सकिन्छ । घामको आवश्यक किरण शरीरले नपाउनाले न्युरो केमिकल सेरोटिनिनको प्रयोग कम हुने गर्छ । न्युरो केमिकल सेरोटिनिनको कमीले विन्टर डिप्रेसन हुन्छ । 
जाडोयाम सुरु हुनेबित्तिकै अल्छी लाग्ने, काममा जाँगर नलाग्ने, शरीर कमजोर हुने र थाक्ने, निराश हुने, बढी खाना खान मन लाग्ने, वढी निद्रा लाग्ने र घाम प्यारो लाग्ने जस्ता बानी जाडोमौसममा सबैले गर्छन् । यी समस्या जाडो मौसममा मानिसले गर्ने सामान्य समस्या हो । तर यसलाई डिप्रेसन भन्न मिल्दैन । 

जाडोमा बादल लाग्ने, कुहिरो लाग्ने र घामबाट टाढा बस्न बाध्य हुने समस्या हुनेगर्छ । मानिसको शरीरले रातको समयमा मेलाटोनिन भन्ने हार्मोन उत्पादन गर्छ । यो हर्मोनले बढी निद्रा लगाउँछ । जाडो मौसममा यो सामान्य मानिन्छ । तर जो रागी हुन्छन, उनीहरुलाई अझै बढी प्रभाव पार्छ ।  
विन्टर डिप्रेसन महिला, बालबालिका र बूढापाकामा बढी हुन्छ । सामान्य अरु मानिसलाई भन्दा यस्ता व्यक्तिलाई घामको किरण बढी आवश्यक पर्छ । विशेषगरी युरोपेली देशहरुमा यो समस्या बढ्ने क्रममा छ । ६ महिना दिन र ५ महिना रात हुने मुलुकमा विन्टर डिप्रेसन बढी हुने गरेको छ ।  

विन्टर डिप्रेसनका लक्षण
मन उदास र दुःखी हुनु, खुसी बन्न नसक्नु, झर्को लाग्नु, रुन मन लाग्नु र कुनै पनि कुरामा ध्यान नहुनु यसका लक्षण हुन् । जाडो मौसममा यी लक्षणहरु दुई हप्ताभन्दा बढी लगातार देखिएमा विन्टर डिप्रेसन भएको भन्ने बुभ्नुपर्छ । डिप्रेसन हुँदा निद्रा नलाग्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता असामान्य लक्षण देखापर्छन् । तर विन्टर डिप्रेसन हुँदा यसको उल्टो हुन्छ । विन्टर डिप्रेसनमा निद्रा बढी लाग्ने, धेरै खाना रुच्ने, तौल बढ्ने जस्ता लक्षण देखापर्छन् । 

विन्टर डिप्रेसन भएमा घाम लाग्ने ठाउँमा बस्नुपर्छ । नेपाली समाजमा घाममा बस्ने, तेल लगाउने, सुन्तला र बदाम खाने, चिसोमा पिकनिक जाने, नाच्ने र गाउने चलन छ । यस्ता क्रियाकलापले सेरोटिन उत्पादन गर्छ । ओमेगा ३ भएको खानेकुरा खानुपर्छ । माछा र आलसमा ओमेगा ३ को मात्रा धेरै हुन्छ । विन्टर डिप्रेसनका रोगीलाई कृत्रिम ताप दिएर लाइट थेरापी दिने गरिन्छ । विदेशमा यो लाइटको प्रयोग गर्दै थेरापी दिइन्छ । जसले घामले जस्तै तातो किरण दिन्छ । तर कोठामा बसेर हिटर ताप्दैमा र तातो लुगा लगाउँदैआ यो समस्यबाट बच्न सकिन्न । 
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा कुल जनसंख्याको २५ प्रतिशत मानसिक रोगी छन् । ४५ करोड मानिसमा मानसिक समस्या छ भने ३५ करोडमा डिप्रेसन छ ।  मानसिक रोगकै कारण विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन् । 

नेपालमा प्रत्येक वर्ष पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्छन् भने प्रत्येक दिन १२–१५ जनाले आत्महत्या गर्छन् । यीमध्ये ९० प्रतिशतले मानसिक रोगका कारण आत्महत्या  गर्छन् ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

महाधिवेशन गर्न ढिलाई गर्न नहुने-राजपा नेता

११ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दवाव दिन सुरु गरेका छन्। तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन्। बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टी, नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन 

विद्यालयको सुधार अभियानमा सबै जुट्नु पर्छ-शिक्षामन्त्री पोखरेल

११ वैशाख, काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए। बुधबार भक्तपुरमा सुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार 

राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ-मुख्यमन्त्री शाही

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। ‘हामी अहिलेसम्म आयातमा निर्भर छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको 

अन्तर्राष्ट्रिय

हात बाँधिएका किशोर भाग्न खोजेपछि सेनाद्वारा गोली प्रहार

११ वैशाख, काठमाडौं । इजरायलका सेनाले आँखामा पट्टी लगाइएका र हात बाँधिएका एक प्यालेस्टाइनी किशोरमाथि गोली प्रहार गरेका छन्।१५ वर्षीय किशोर ओसामा अल–बादेनले इजरायलका सेनालाई ढुंगा प्रहार गरेको सेनाको आरोप छ। ढुंगा आक्रमणपछि सेनाले उनलाई पक्राउ गरेको थियो। सेनाले नियन्त्रणमा लिएपछि उनको आँखामा पट्टी लगाइदिएका थिए, हात बाँधिदिएका थिए। यद्यपी उनी त्यस्तो अवस्थामा समेत भाग्न खोजेका थिए। भाग्न खोज्दा सेनाले पेस्तोलले उनको खुट्टामा गोली प्रहार गरे। उनको दुवै खुट्टामा गोली लागेको छ। यस घटना गत 

उत्तर कोरियाली नेता किम रुसमा

११ वैशाख, भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले बताएका छन् ।  तर उनले  

चीनको रासायनिक कारखानामा विष्फोट, ३ जनाको मृत्यु

११ वैशाख, चीन । चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विष्फोटमा तीन जनाएको ज्यान गएको छ । भित्री मङ्गोलियाको उलानचाब शहरमा रहेको एक निजि रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएका चिनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । बुधबार सबेरै २ बजेर ५५ मिनेटको समयमा उलानचाब शहरमा रहेको डोङ्सीङ केमीकल कारखानामा विष्फोट हुँदा आगलागी समेत भएको थियो । चीनमा बेलाबेला औद्योगिक दुर्घटनाहरु हुँदै आएका छन् । गत मार्च महिनामा मात्रै चीनको जियाङ्सु प्रान्तमा रहेको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top