ghaderi
esewa

​विश्वलाई नै युद्धमा होम्नसक्ने ८ विवादित इलाका


Monday, 16 Apr, 2018 3:16 PM
३ बैशाख, काठमाडौं । सिरियाका कारण अहिले अमेरिका लगायत केही पश्चिमा राष्ट्र तथा रुसलगायत चीन र इरान दुई कित्तामा उभिएका छन् । अमेरिकाले सिरियामा आक्रमण गरेपछि रुस, इरान र चीनले आपत्ति जनाइसकेका छन् । यो त तत्कालको घटना भयो । तर, संसारमा केही यस्ता विवाद छन् जसले कुनै पनि बेला युद्ध भड्काउन सक्छ । मात्र दुई देशबीच होइन, यसले सिंगो विश्वलाई युद्धमा धकेल्न सक्छ । केही देशको मुर्खतापूर्ण निर्णयले पनि सिंगो विश्व विनाश गर्न सक्छ ।

दक्षिण चीन सागर
विगतको दशकमा जब चीन, फिलिपिन्स, भियतनाम, ताइवान, ब्रुनाइ, इन्डोनेसिया, सिंगापुर र कम्बोडियाबीचको सागरमा बहुमूल्य इन्धन रहेको थाहा भयो तब यहाँ ठुलो विवाद छ। यो पूरै क्षेत्रलाई चीनले आफ्नो भएको दावी गर्दै आएको छ। यता अन्तर्राष्ट्रिय ट्राइब्युनलले चीनको दावी खारेज गरिसकेको छ। चीन र अमेरिका यो विषयमा पटकपटक आमनेसामने भइसकेका छन्।

क्रिमिया टापु
सन् २०१४ मा रुसले क्रिमिया टापुलाई युक्रेनबाट अलग गरिदियो। त्यतिबेलाबाटै क्रिमियाका विषयमा युक्रेन र रुसबीच विवाद कायमै छ। युक्रेन क्रिमिया पुनःप्राप्त गर्न चाहन्छ । पश्चिमी देश यो विवादमा युक्रेनलाई धाप मारिरहेका छन्।

कोरियाई प्रायद्वीप
उत्तर र दक्षिण कोरिया सधैं युद्धका लागि तयार रहन्छन् । उत्तर कोरिया भड्कन्छ र दक्षिण कोरिया पनि युद्धको तयारीमा लाग्ने गर्दछ । दुई किलोमिटरको सेनामुक्त क्षेत्रले यो दुई मुलुकलाई अलगअलग राखेको छ। उत्तरलाई चीनको सहयोग रहेको बताइन्छ । यता अन्य मुलुक भने दक्षिण कोरियाप्रति सहानुभूति राख्छन् ।

काश्मिर
भारत र पाकिस्तानबीच बाँडिएको काश्मिर संसारमै सबैभन्दा बढी सैन्य उपस्थिति रहेको क्षेत्र हो । भारत र पाकिस्तानबीच काश्मिरका विषयमा युद्ध पनि भइसकेको छ। सन् १९९८ मा कारगिल युद्धका बेला परमाणु युद्धजस्तो अवस्था सिर्जना भएको थियो ।

साउथ ओसेटिया र अबखासिया
कुनै बेला सोभियत संघको अंग रहेको यो क्षेत्रमा जर्जियाले आफ्नो दावी प्रस्तुत गरिरहेको छ। रुसले भने यो क्षेत्रको स्वायत्तताको समर्थन गरिरहेको छ । यो क्षेत्रका विषयमा सन् २००८ मा रुस र जर्जियाबीच युद्ध पनि भइसकेको छ। रुसी सेनाले यहाँबाट जर्जियाको सेनालाई हटाउँदै यो क्षेत्रलाई स्वतन्त्रताको मान्यता दिएको छ ।

नागोर्नो–काराबाख
नागोर्नो–काराबाखका विषयमा अजरबैजान र अर्मेनियाबीच युद्ध पनि भइसकेको छ। सन् १९९४ मा भएको सन्धीपछि पनि अवस्था तनावपूर्ण नै छ । यो क्षेत्रलाई अर्मेनियाको सेनाले नियन्त्रणमा राखेको छ। अप्रिल २०१६ मा यहाँ एकपटक पुनः युद्धको अवस्था सिर्जना भएको थियो ।

पश्चिमी सहारा
सन् १९७५ मा स्पेन पछि हटेपछि मोरक्कोले पश्चिम सहारालाई आफूमा समेटेको थियो । यसपछि दुवै तर्फबाट हिंसा जारी छ। सन् १९९१ मा संयुक्त राष्ट्र संघले युद्धविराम गराएको हो । अहिले जनमतसंग्रहको कुरा भइरहेको छ। तर, कुनै पनि पक्ष यस विषयमा पहल गरिरहेका छैनन् । मरुभूमिको अधिकारका विषयमा जारी तनाव कुनै पनि बेला युद्धमा बदलिन सक्छ । 

ट्रान्सनिस्ट्रिया 
मोल्डोभाको ट्रान्सनिस्ट्रिया क्षेत्र रुस समर्थक क्षेत्र हो । यो क्षेत्र युक्रेन र रुसको सीमामा पर्दछ । यहाँ रुसी सेना तैनाथ छन् । विशेषज्ञहरुका अनुसार पश्चिमातिरको मोल्डोभाको निकटताले रुसलाई तनावमा पार्न सक्नेछ । एजेन्सीको सहयोगमा 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको छ: प्रधानमन्त्री

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए । उनले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।’ प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो 

प्रदेश ३: हिउँदे अधिवेशन आइतबारदेखि

८ चैत, हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको

​चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

८ चैत, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । उनी पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब 

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

८ चैत, काबुल । अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको 

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

८ चैत, सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ । उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय 

कम्बोडियामा चीनको आर्थिक ‘उपनिवेश’ छैन – प्रधानमन्त्री हुन सेन

८ चैत, नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गरेका छन् । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए । आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ । चिनियाँ

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top