syangyong
cg

​विश्वकपमा दुनियाँको अनुमान ‘फेल’ खाने खतरा


Thursday, 12 Jul, 2018 1:07 PM
२८ असार, काठमाडौं । विश्वकप सुरु हुनुअघि विश्वका लाखौं दर्शकले बिजेता टिमबारे अनुमान लगाए । अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जर्मनी, फ्रान्स र इंग्ल्याण्ड, यीमध्ये एउटा टिमले उपाधि जित्ने अधिकांशको अनुमान थियो । यसबाहेक अरु टिमलाई पनि बिजेताको रुपमा कतिपयले अनुमान गरे । तर, क्रोएसियाले विश्वकप उपाधि उचाल्छ भनेर सायदै क्रोयसियाकै नागरिकले पनि अनुमान गरेका थिएनन् होला । मैदानमा आएपछि उपाधि  जित्नकै लागि संघर्ष हुन्छ, तर क्रोएसियाकै खेलाडी र प्रशिक्षकले पनि जित्ने पूर्ण विश्वास गरेका थिएनन् होला । अर्जेन्टिना, ब्राजिल, जर्मनीलगायत टिम बाहिरिसक्दा बुधबारको खेलको पूर्वसन्ध्यासम्म विश्वका सबैजसो दर्शकको अनुमान थियो, फ्रान्स र इंग्ल्याण्डमध्ये एउटाले उपाधि चुम्ने भयो । तर, बुधबार राति क्रोएसियाले विश्वकै अनुमानलाई असफल सावित गराइदियो । अब, विश्वकै एउटै अनुमान छ कि फ्रान्सले जित्छ कि क्रोएसियाले । अझ इंग्ल्याण्डलाई हराइसकेपछि छ एक्कासी अनुमान उल्टिएको छ नयाँ राष्ट्र क्रोएसियाले नै उपाधि जैजान्छ कि ? हो यसपटक विश्वकपमा दुनियाँको अनुमान ‘फेल’ खाने खतरा प्रवल छ । पहिलोपटक फाइनलमा पुगेको क्रोएसियाले उपाधि नै जित्ने सम्भावना फितलो छैन । 

कस्तो देश हो क्रोएसिया ?
यो युरोपको सानो देश हो । ४२ लाख भन्दा केही बढी मात्रै जनसंख्या रहेको यो देश युगोस्लाभियाबाट स्वतन्त्र भएको धेरै भएको छैन । सन् १९९१ म स्वतन्त्र भएको यो देश पाँच वर्षअघि मात्रै युरोपियन युनियनमा प्रवेश गरेको हो । मध्य तथा दक्षिण पूर्वी युरोपको बिच भागमा रहेको यो देश एड्रियाटिक सागरको नजिक छ । निकै सुन्दर देश हो क्रोएसिया । 

पहिलोपटक फाइनलमा
क्रोएसियाले स्वतन्त्र भएयताका ६ विश्वकपमध्ये पाँच पटक खेलेको छ । यसअघि सन् १९९८ को विश्वकपमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो । 

यो टिमलाई अहिले विश्वकपको फाइनलसम्म ल्याउनुमा लुका मोड्रिक, मारियो मान्जुरकी, इभान पेरिसिकसहितका खेलाडीको भूमिका ठूलो छ । राजनीतिक अस्थिरता र हिंसात्मक संघर्ष लामो समय भोगेको क्रोएसियाले फुटबलमा ठूलो सफलता हाँसिल गरेको छ ।

कसरी रच्यो फाइनलसम्मको यात्रा ?
इंग्ल्याण्डका ट्रिपिएरले पाँचौँ मिनेटमा नै फ्रि–किकबाट गोल गर्दै अग्रता दिलाए पनि नतिजा क्रोएसियाको पक्षमा गयो बुधबार राति भएको सेमिफाइनलमा । ६८ औँ मिनेटमा इभान पेरिसिकले गोल फर्काएसँगै क्रोएसिया खेलमा फर्कियो ।

खेल अतिरिक्त समयमा धकेलियो र १०९ औँ मिनेटमा मान्जुकीले सुन्दर गोल गरे अनि टिमलाई ऐतिहासिक सफलता दिलाए, क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो ।

रुस विश्वकपमा क्रोएसियाले सबै खेलमा राम्रो गरेको छ । समूह चरणमा क्रोएसिया समूह डी मा थियो ।

पहिलो खेलमा एउटा उपाहार (आत्मघाती) गोल र पेनाल्टीमा लुका मोड्रिकले गरेको गोलबाट नाइजेरियालाई २–० ले हराएर विजयी सुरुवात गरेको टिमले दोस्रो खेलमा ऐतिहासिक सफलता हात पार्‍यो । उसले उपाधि दाबेदार मानिएको लियोनल मेस्सीको टिम अर्जेन्टिनालार्य ३–० ले पराजित गर्न सफल भयो ।

यो खेलमा रिबिक, मोड्रिक र रेकिटिकले गोल गरे । समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ ले हराउँदै उसले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।

नकआउट चरणको पहिलो खेलमा उसले प्रतिस्पर्धी पायो बलियो टिम डेनमार्क । तर १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा क्रोएसियाले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

क्वाटरफाइनलमा पनि उसले पायो आयोजक देश रुस प्रतिस्पर्धी । यो खेलमा २–२ को बराबरी भयो र फेरि निर्णयका लागि पेनाल्टी सुटआउट । त्यसमा क्रोएसियाले नतिजा ४–३ ले आफ्नो पक्षमा ल्यायो ।

यसरी सेमिफाइनलमा आएको उसले इंग्ल्याण्डलाई पछि परेको अवस्थाबाट फर्किएर पराजित गर्न सफल भयो र अब फाइनल यात्रामा छ ।

फाइनल जिते विश्वकपमा एउटै खेल नहारी जित्ने टिम बन्ने
आउँदो आइतबार मस्कोमा हुने फ्रान्ससँगको फाइनलमा उसले नयाँ इतिहास लेख्ने सम्भावना छ । क्रोएसिया विश्वकपका पछिल्लो तीन खेलमा सुरुमा १–० ले पछि परेको छ र हरेक पटक पुनरागमन गर्दै जित निकाल्न सफल भएको छ ।

प्रशिक्षक ज्लाट्को डालिकलाई आफ्नो टिममाथि विश्वास छ र विश्वकप उचाल्नेमा आत्मबलसहितको भरोसा पनि ।


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top