वुहानबाट नेपाली ल्याउन चीन जाने टोली पाकिस्तानी पाइलटको नेतृत्वमा, शनिबार उड्ने


Friday, 14 Feb, 2020 1:57 PM
२ फागुन, काठमाडौं ।  कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनको वुहानमा रहेका नेपाली विद्यार्थी ल्याउन शनिबार नेपाल एयरलाइन्सको जहाज चीन जान लागेको छ। यसको नेतृत्व पाकिस्तानी पाइलटले गर्ने भएका छन्। नेपाल एयरलाइन्सका अनुसार, पाकिस्तानी पाइलट यावर कमालको नेतृत्वमा १७ सदस्यीय टोली चीन जानेछ। जसमा क्याप्टेन विजय लामा र सुनिल श्रेष्ठ रहनेछन्।

टोलीमा चिकित्सक पनि रहनेछन्। जसमा नेपाली सेनाका चार जना चिकित्सक छन्। त्यस्तै, नेपाल वायुसेवा निगमका तीन जना क्याप्टेन, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना प्राविधिक, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोड मास्टर रहने अप्रेसन विभाग प्रमुख दिपु जुहार्चनले बताए।

शनिबार दिउसो २ः४५ बजे नेपाल एयरलाइन्सको एयरबस ३३० (वाइड बडी) बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि प्रस्थान गर्नेछ । सबै तयारी पूरा भएको अप्रेसन विभाग प्रमुख जुहार्चनले बताए।  ‘स्वदेश ल्याइने विद्यार्थीका लागि विमानका सिटमा प्लास्टिक कबर राख्ने, विमानभित्र स्यानिटाइजर, मास्कलगायतका अति आवश्यक सामाग्रि राखिनेछन,’ उनले भने । 

चीन जान र आउन करिब १० घन्टा लाग्ने अनुमान गरिएको छ। समयमै विद्यार्थीलाई जहाजमा राख्न सकिँए शनिबार राति २ः४५ बजे काठमाडौं फर्किने योजना छ। रातको समयमा विमानस्थलमा खासै भिडभाड नहुने भएकाले राति ल्यान्ड गर्ने तयारी गरिएको हो । चीनबाट काठमाडौं आएपछि विमान पूर्वपतिरको पार्किङ–वेमा लगेर राखिने जनाएको छ।

विद्यार्थी र उद्धारका लागि गएको नेपाली टोलीको पार्किङ–वेमै स्वास्थ्य परीक्षण गरिने जनाएको छ। त्यसपछि विद्यार्थीलाई पाँच बसमा राखेर सिँधै भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा राखिनेछ। जहाँ केही दिन अघि खाली गराएर क्वारेन्टाइन बनाइएको छ। विद्यार्थीसँगै पाइटलसहितको १७ जनाको टोली पनि क्वारेन्टाइनमा राखिनेछ। पाइलटसहितको टोलीलाई कति दिन क्यारेन्टाइनमा राख्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आर्चायले बताए। सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

त्यस्तै चीनबाट विद्यार्थी ल्याउने जहाजलाई पनि केही समय ग्राउन्डेड राखिनेछ। करिब ४८ देखि ७२ घन्टासम्म ग्राउन्डेड गर्ने तयारी गरिएको विभागले जनाएको छ। त्यसपछि जहाजलाई किटाणुरहित बनाएर मात्रै उडाइनेछ। चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिएको हो। त्यहाँ रहेका एक सय ८० जना नेपाली विद्यार्थीले स्वदेश फर्किने निवेदन दिएका थिए। उनीहरूले निवेदन दिएको झन्डै एक महिनापछि ल्याउन लागिएको हो।

चीनबाट सुरू भएको कोरोना भाइरस २७ देशमा फैलिएको छ। शुक्रबारसम्म कोरोना भाइरसबाट एक हजार तीन सय ८३ जनाको मृत्यु भएको छ। त्यस्तै, ६४ हजार चार सय ३५ जनामा संक्रमण देखिएको छ। 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

रुसले बनाएको कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न ब्ल्युएचओको चेतावनी

२८ साउन, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठनले रुसमा निर्मित भएको कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने बताएको छ।  अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top