siddhartha
summy

​ विधेयक असफल बनाउन एमालेको प्रयास


Thursday, 12 Jan, 2017 7:18 AM

२८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै प्रक्रियामा विरोध गर्ने भएको छ । संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ ।

भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ । विधेयक असफल बनाउन विपक्षी ९ दलबीच एकता कायम राख्दै सीमांकन हेरफेरको विरोधमा रहेका राप्रपालगायतका दललाई पनि विपक्षमा रहन एमालेले ‘कन्भिन्स’ गर्दै छ ।

एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक वार्तासमेत गरिसकेका छन् । अवरोधबीच संशोधन अघि बढ्न नसक्ने बताए पनि एमाले प्रक्रियामा जाँदा सत्तापक्षलाई कमजोर बनाउने रणनीतिमा छ ।

निर्वाचनसँग जोडिएका विधेयक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ । ‘हामीले संशोधनको मामिलामा अवरोध गरेका हौँ,’ एमाले नेता अग्नि खरेलले भने, ‘तर, संविधान कार्यान्वयनका मामिलामा हामी सदन अवरोध गर्दैनौँ, सरकारले गल्ती नै गरेछ भने पनि सच्याएर भए पनि अघि बढ्न एमाले तयार छ ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।



ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

संविधान संशोधन फेल हुने लगभग निश्चित्, पार्टी फुटको बदला लिन राप्रपाले विपक्षमा मतदान गर्ने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित् भएको छ । यसअघि संशोधन विधेयकमा नैतिक सहमति जनाइसकेको राप्रपा अहिले आएर पछि हटेको हो ।राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान

रामचन्द्र झा पुन: माओवादी केन्द्रमा

४ भदौ, काठमाडौं । नयाँ शक्ति नेपाल परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झा र शर्मालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

जम्बो बन्दै मन्त्रीपरिषद : माओवादीबाट ८ जना राज्यमन्त्रीको नाम सिफारिस, आजै सपथ लिँदै

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १० राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्रीमा सिफारिस गरेको छ । यस्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी

अन्तर्राष्ट्रिय

​अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

३ भदौ, एजेन्सी । अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो । वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ ।

​सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षा गरौँः महासचिव गुटेर्रेस

३ भदौ, काठमाडौ ।  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् । उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताएका छन् ।  

​अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त

भदौ ३, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । 

विचार / ब्लग

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो ।
Top