यस्तो छ कम्युनिष्ट आन्दोलनका दुई एमबी अर्थात मोहन वैद्य र मोहनविक्रमको सम्बन्ध


Saturday, 22 Oct, 2016 11:22 AM


नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह र मोहन वैद्य किरण निकै चर्चित नाम हो । उनीसँगै काम गरेका र दीक्षित भएका नेताहरू अहिले विभिन्न कम्युनिस्ट पार्टीको नेतृत्वमा छन् । पछिल्लो समय मोहनविक्रम र मोहन वैद्यलाई उनका आफ्नै सहयात्रीहरूले छाड्दै गएका छन् । कम्युनिस्ट दर्शनका व्याख्याता भए पनि सिंह र वैद्यबीच अहिले हार्दिक सम्बन्ध छैन । एक दशक एउटै पार्टी कमिटीमा रहेर काम गरेका सिंह र वैद्यबीच धेरै विषयमा समानता छैन । दुवै आत्मकेन्द्रित नेताका रूपमा परिचित छन् ।

दुवैको जिल्ला एउटै
नेपालको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन्, मोहनविक्रम सिंह र मोहन वैद्य । दुवै प्युठान जिल्लाका हुन् । सिंह अहिले नेकपा मसाल का महामन्त्री छन् भने वैद्य नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष ।

दुवै नेतालाई अंग्रेजी ‘रोमन’ नामले बोलाउनुपर्दा बोलाउने नाम मिल्दो छ, ‘एमबी’ । अर्थात् मोहनविक्रम, मोहन वैद्य । कम्युनिस्ट आन्दोलनभित्र र बाहिर पनि दुवै नेतालाई आलोचना गर्दा लगाइने आरोप पनि मिल्दो नै छ, ‘¥याडिकल’ नेता ।दुवै नेता एक–अर्काको आलोचना गर्दा त्यस्तै आरोप लगाउँछन् । तर, कुनै समय यी दुवै नेताबीच असाध्यै राम्रो सम्बन्ध पनि थियो । दुवै एउटै आदर्श र उद्देश्यका लागि एउटै पार्टीमा रहेर सँगसँगै मध्यपश्चिमलाई आधार बनाएर वर्गसंघर्षको आन्दोलनमा थिए ।

तर, त्यो सम्बन्ध धेरै समय टिक्न सकेन । ‘सुरुका अवधिमा वैद्यजी र मोहनविक्रमको सम्बन्ध असाध्यै राम्रो थियो, मोहनविक्रमका असाध्यै विश्वास पात्र थिए वैद्यजी,’ दुवै नेतासँगसँगै काम गरेका नेकपा ९क्रान्तिकारी माओवादी०का सचिवालय सदस्य रामसिंह श्रीष भन्छन्, ‘पछि सम्बन्धमा ब्रेक लाग्न पुग्यो, एकअर्कोको खण्डनमै उत्रन थाल्नुभयो ।’

एक दशक एउटै कमिटीमा रहेर पार्टी काम
झन्डै एक दशक वैद्य र सिंह नेकपा चौमको केन्द्रीय कमिटीमा रहेर काम गरे । तर, त्यहाँ रहँदा पनि सिंह–वैद्यबीच वैचारिक टक्कर ज्यादा देखाप¥यो । जसले उनीहरूको राजनीतिक सम्बन्धमा ‘डिभोर्स’ नै ल्याइदियो ।

फरक–फरक पृष्ठभूमिका नेता
पारिवारिक र राजनीतिक पृष्ठभूमि पनि दुई नेताको फरक छ । मोहनविक्रम सम्पन्न परिवारमा जन्मे–हुर्केका व्यक्ति हुन् । प्युठानका सामन्त खिमविक्रम घर्तीका छोरा मोहनविक्रमले जन्मेपछि काठमाडौंको दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर प्राप्त गरेका थिए । तर, मोहन वैद्य सामान्य किसान परिवारमा जन्मिएका थिए । गरिबी, अभाव, विद्रोहको नाराले वैद्यलाई कम्युनिस्टप्रति आकर्षित गराएको थियो । सिंह भने कांग्रेसबाट पछि कम्युनिस्ट राजनीतिमा लागेका हुन् ।
सिंह बाबुसँग विद्रोह गरेर कम्युनिस्ट भएका हुन् । २००८ सालमा कांग्रेस त्यागेर दुई वर्षपछि अर्थात् ०१० सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सिंहलाई त्यसवेला कमलराज रेग्मीले कम्युनिस्ट पार्टीको सदस्यता दिलाएका थिए । वैद्यले भने २०२१ सालमा नारायणप्रसाद आचार्यसँग कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । कम्युनिस्ट पार्टीमा लाग्दा मोहनविक्रम सिंहले घरभित्र पनि ठूलै संघर्ष गनुपरेको थियो । जमिन्दार बाबु खिमविक्रमले किसानहरूलाई गराइराखेको ‘तमसुक’ च्यातेर मोहनविक्रम कम्युनिस्टको पूर्णकालीन राजनीतिमा लागेका थिए । जसका कारण सिंहलाई त्यतिवेला मध्यपश्चिमका प्युठान, दाङ, रोल्पा, रुकुमतिर ‘चर्का’ क्रान्तिकारी कम्युनिस्ट नेताका रूपमा चिनिन्थ्यो ।

उमेरमा वैद्य ११ वर्षले कान्छा
मोहनविक्रम सिंह र मोहन वैद्य एकै जिल्लामा जन्मेहुर्केका भए पनि उमेरमा वैद्य सिंहभन्दा ११ वर्ष कान्छा छन् । मोहनविक्रम ३ वैशाख १९९२ मा जन्मेका हुन् भने वैद्य १५ साउन २००३ मा । वैद्यले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्दा सिंह पार्टीको पोलिटब्युरो सदस्य बनिसकेका थिए । २०१९ सालमा बनारसमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनले मोहनविक्रम सिंहलाई जेलमै रहे पनि पार्टीको पोलिटब्युरो सदस्यमा निर्वाचित गरेको थियो । सिंह अहिले ८२ र वैद्य ७१ वर्षका छन् ।

पहिलो भेट
एकै जिल्लाका र एउटै राजनीतिक दर्शन बोकेर राजनीति सुरु गरेका कारण यी दुई नेताबीचको पहिलो भेट निकै पुरानो छ । आपूmहरूबीच २०१६ सालतिर पहिलो भेट भएको ठान्छन्, मोहनविक्रम सिंह । त्यसवेला वैद्य भर्खरै कम्युनिस्ट आन्दोलनमा जोडिन खोज्दै थिए भने सिंह कम्युनिस्ट पार्टीका नेता भइसकेका थिए । वैद्यलाई राजनीतिक रूपमा प्रशिक्षित बनाउनेदेखि कम्युनिस्ट कार्यकर्ताका रूपमा तयार पार्नेसम्मका काममा सिंहको पनि कुनै न कुनै योगदान रहेको बुझाइ प्युठानका कतिपय कम्युनिस्ट नेता कार्यकर्ताको छ ।

सामान्य कुराकानी मात्रै हुन्छ
अहिले भने यी दुई नेताका बीच सामान्य कुराकानी मात्र हुन्छ । त्यो पनि ३० वर्ष अगाडि थिएन । पार्टी विभाजनपछि च्यातिएको सम्बन्धका कारण त्यसवेला वैद्य र सिंहको बोलचालसमेत बन्द थियो । तर, अहिले भने औपचारिकतामा भए पनि बोलचाल र कुराकानी भने हुन थालेको छ ।
मोहनविक्रम सिंहका भनाइमा खासखास सन्दर्भमा मात्र दुई नेताबीच कुराकानी हुन्छ । ‘कहिलेकाहीँ मात्र हाम्रो भेट हुन्छ, त्यति धेरै हँुदैन, टेलिफोनमा पनि कहिलेकाहीँ सामान्य सन्चो बिसन्चो, परिवारको हालखबर आदि–इत्यादि मात्र सोधिन्छ, अन्य कुराकानी त्यति धेरै हुन्न,’ सिंह भन्छन् । यी दुवै नेतासँगै सहकार्य गरेका कतिपय नेताहरूका भनाइमा, सिंह र वैद्यबीच कुराकानी गर्न राजनीतिक एजेन्डा नै मिल्नुपर्ने हुन्छ, नत्र त्यसरी सामान्य कुराकानी पनि हँुदैन ।

सिंह अझै अर्धभूमिगत, वैद्य खुला राजनीतिमा
सिंह आपूmलाई अझै पनि अर्धभूमिगत नेता भन्न रुचाउँछन्, तर वैद्य १० वर्ष लामो सशस्त्र युद्ध गरेर पनि सार्वजनिक जीवन बिताइरहेका छन् । एकै जिल्लाका र एकै खालको राजनीतिज्ञ भए पनि दुई नेताको पारिवारिक जमघट हुने, एक अर्काको घरमा आउजाउ गर्ने परम्परा भने ठप्प छ । अन्य कतिपय नेताहरूको पारिवारिक जमघट हुने गरे पनि वैद्य र सिंहको भने सम्बन्धमा त्यस्तो अवसर जुरेको छैन । यसलाई पनि दुई नेताबीच विगतदेखिकै वैचारिक सैद्धान्तिक विषयमा एक अर्कोप्रति गर्ने तिखो आलोचनाकै कारक ठान्छन्, कतिपय नेताहरू ।
यी दुई नेताबीच पछिल्लोपटक २७ मंसिर ०७२ मा प्युठानकै पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङको अभिनन्दन कार्यक्रममा भेटघाट भएको थियो । त्यसयता प्रत्यक्ष भेटघाट भएको छैन । त्यहाँ पनि यी दुई नेताबीचमा सामान्य औपचारिक कुराकानी मात्र भएको थियो । दुई नेताका बीचमा वैचारिक सम्बन्धमा निकटता नभए पनि भावनात्मक सम्बन्धमा भने एक अर्कामा भने आदर गर्ने खालको सम्बन्ध रहेको प्युठानमै जन्मिएर सँगै सहकार्य गरेका मणि थापा बताउँछन् ।

वैचारिक टक्कर
वैद्य र सिंह दुवैलाई कम्युनिस्ट आन्दोलनभित्र दार्शनिक नेताका रूपमा मानिन्छ । यी दुई नेताबीच चलेको जस्तो वैचारिक टक्कर कम्युनिस्ट आन्दोलनमा अन्य नेताहरूले कमै अनुभव गर्न पाएको माओवादी नेताहरूको भनाइ छ ।
पार्टीलाई क्रान्तिकारी धारमा बदल्ने सवालमा तत्कालीन महामन्त्री मोहनविक्रम सिंहसँग वैद्यले गरेको संघर्ष माओवादी आन्दोलनका लागि ‘कोसेढुंगा’ मान्न सकिने माओवादीभित्र आमबुझाइ छ । वैद्य, सिंहबीचको त्यस्तो वैचारिक टक्कर ‘इस्युगत’ आधारमा सैद्धान्तिक रूपमा मात्र हुने गरेको नेता श्रीषको भनाइ छ । त्यसवेलाका अन्तर्संघर्षमा सिंहलाई चित्रबहादुर केसी, रामसिंह श्रीषलगायतले साथ दिने गरेका थिए भने वैद्यलाई प्रचण्ड, सिपी गजुरेल, रामबहादुर थापा, निर्मल लामा, देव गुरुङलगायतका नेताले ।

पुस्तक लेखेरै आलोचना
वैचारिक सैद्धान्तिक पक्षमा यी दुई नेता एक–अर्कोका कटु आलोचक मानिन्छन् । मोहनविक्रमलाई वैद्य नेतृत्वको बहुमत टिमले वैवाहिक सम्बन्ध बाहिर विद्या ढकाल ‘जलजला’ सँग सम्बन्ध राखेको आरोपमा पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले ०४२ चैतमा भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन गरी नयाँ पार्टी खोले, नेकपा मसाल । यी दुई नेता त्यसपछि पनि राजनीतिक दर्शनको क्षेत्रमा एक अर्काको आलोचनामा चुकेनन् । उनीहरू किताबै लेखेर समेत एक–अर्काको कटु आलोचनामा उत्रिए ।
वैद्यले सिंहलाई ‘अराजकतावादी व्यक्तिवाद र दक्षिणपन्थी अवसरवादको नेपाली आयाम’ शीर्षकको किताब नै लेखेर आलोचना गरेका छन् । त्यसपछि सिंहले पनि ‘इतिहासले सुम्पेको जिम्मेवारी वा इतिहासले गरेको मजाक’ नामक किताबमा वैद्यको आलोचना गरेका थिए । सिंहका करिब एक दर्जन र वैद्यका आठवटा पुस्तक एक–अर्काका सैद्धान्तिक–वैचारिक कमजोरी खुट्याउने र आलोचना गर्नेमै केन्द्रित छन् ।

कार्यगत एकताको सुरुवात
अलग पार्टीमा रहेदेखि यी दुई नेताका बीचमा आरोप–प्रत्यारोपमै सम्बन्ध बित्यो । एकले बोलेको, लेखेको कुरामा अर्कोले खण्डन गर्ने नीति नै जस्तो बन्यो । वैद्य सिंहका पार्टी नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा आकर्षित गर्ने कोसिसमा लागिरहे, सिंह वैद्यको आलोचनामा । जसले गर्दा कतिपय अवस्थामा सम्बन्धमा थप चिसोपन यी दुई नेताबीचमा ल्याउने काम गरेको छ । पछिल्लो समय वैद्य आफैँले पार्टी नेतृत्व सम्हालेयता यी दुई नेताले नेतृत्व गरिरहेका पार्टीबीचमा कार्यगत एकता सुरु हुन थालेको छ । त्यसभन्दा अगाडि राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्नेलगायतका विषयमा दुवै पार्टीका विपरीत सोच र निष्कर्ष हुने गर्दथे ।
वैद्य र सिंह दुवै कुनै वेलाका आफ्नै शिष्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोधमा छन् । सो वक्तव्यको विरोधमा अहिले दुवै नेता एउटै कित्तामा उभिएका छन् ।
अन्य साना वाम घटक पार्टीहरूलाई पनि साथमा लिएर दुवैले संयुक्त संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । ९ कात्तिकमा उनीहरूले अन्य ६ वाम पार्टी तथा समूहलाई लिएर काठमाडौंमा सो वक्तव्यको विरोधमा कार्यक्रम आयोजना गर्न लागेका छन् । ‘सधैँका लागि विमति भन्ने हँुदैन, अहिले इस्यु मिलेको आधारमा वैद्य र मोहनविक्रमजीको पार्टी र मोर्चासहित हामी संयुक्त कार्यगत एकतामा पनि छौँ,’ रामसिंह श्रीषले नयाँ पत्रिकासँग भने ।
यसअघि पनि सिंह र वैद्यले लिपुलेकको विषयलाई लिएर ०७२ जेठमा संयुक्त विज्ञप्ति निकालेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका वेला भारत–चीन व्यापार विस्तारका लागि लिपुलेकबाट नाका खोल्ने सहमतिको दुवैले वक्तव्यमार्फत विरोध
जनाएका थिए ।

पछिल्ला पाटा पनि फरक
सिंह र वैद्यका अहिलेका पाटा पनि फरक छन् । पारस्परिक रूपमा सामञ्जस्यता नमिल्ने गरी अमिल्दा पाटा पनि दुई नेता र उनीहरूले नेतृत्व गरिरहेको पार्टीको देखिन्छ । वैद्य संघीयताको चर्को पक्षपोषणमा छन् भने सिंह विरोधमा । नयाँ संविधानमा संघीयतालाई स्वीकार गरिएको छ । तर, वैद्य त्यो संविधानलाई पश्चगामी भन्छन्, सिंहले भने त्यसलाई स्विकारेका छन् ।
संघीयताको विरोध गरे पनि संविधानलाई भने स्विकारेर सिंहको पार्टी संसद्मा छ । उनको पार्टीको मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका थिए । तर, वैद्य अहिले पनि संविधानसभाबाट बनेको संविधानविरुद्ध छन् । जनताको अग्रगामी संविधान बन्न नसकेको निष्कर्षसहित उनको पार्टीले संविधानसभाको दोस्रो निर्वाचन नै बहिष्कार गर्न पुग्यो । यसलाई सिंह वैद्यमा रहेको वामपन्थी संकीर्णतावादी सोच ठान्छन् । वैद्य भने सिंहमा थुप्रै कमी–कमजोरी रहेको र उनले नेपालको कम्युनिस्ट आन्दोलनमा भ्रम मात्र छरिरहेको आरोप लगाउँछन् । एकै पार्टीबाट अलग्गिँदा वैद्यले माहेनविक्रमलाई सारसंग्रहवादी, दक्षिणपन्थी, पाखण्डीपनको घृणित पात्र र प्रवृत्तिको आरोप लगाएका थिए । सिंहले पनि वैद्यलाई त्यसवेला त्यस्तैे आरोप लगाएका थिए ।

निर्वाचन उपयोग गर्न एकैखाले मोर्चा
यी दुवै नेता संसद्वादमा विश्वास गर्दैनन् । आफैँ संसद्भित्र पस्न रुचाउँदैनन् पनि । मोहनविक्रमले नेकपा मसालको मोर्चाका रूपमा राष्ट्रिय जनमोर्चा निर्माण गरी चुनाव उपयोगको नीति लिइरहेका छन् ।
वैद्य भने पहिलो संविधानसभाबाट सभासद् भए पनि लामो समय बसेनन् । उनले केही समयपछि सभासद्बाट राजीनामा दिएर बाहिर आए । संयोग, अहिले वैद्य पनि पार्टीको मोर्चा बनाएर चुनाव उपयोगको नीति बनाउँदै छन् । त्यसका लागि उनले सिपी गजुरेलको नेतृत्वमा देशभक्त गणतान्त्रिक मोर्चा निर्माण गरेका छन् । तर, उनले निर्वाचन आयोगमा त्यस्तो मोर्चा दर्ता गराइसकेका भने छैनन् । अहिले निर्वाचनको वातावरण नभएको र त्यस्तो वातावरण बनाए पार्टीले त्यही वेला सोच बनाउने भन्दै वैद्य ‘रिजर्भ’ बसेका छन् । तर, खासमा संसद् उपयोगको नीतिअनुसार नै गजुरेलको नेतृत्वमा वैद्यले त्यस्तो मोर्चा पार्टीभित्र बनाएको क्रान्तिकारी माआवादीका नेताहरू बताउँछन् ।

स्वभावजन्य प्रवृत्ति
अध्ययनमा भने यी दुवै नेता पुस्तकका किरो नै हुन् । दुवैले स्नातकोत्तर गरेका छन् । दुवै नेता माक्र्सवादी दर्शनमा अब्बल मानिन्छन् । वैद्यले नव्य न्यायदर्शनमा शास्त्री र नेपाली साहित्यमा एमएसम्मको अध्ययन गरेका छन् भने सिंहले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सौम्य, सादगी र सरल जीवनशैली छ वैद्यको । राजनीतिमा ‘किरण’ र साहित्यमा ‘चैतन्य’ नामले पनि चिनिन्छ उनलाई । मोहनविक्रमलाई भने पार्टीभित्र ‘दमदम’ नामले चिनिन्छ । उनी अहिले आफ्नो प्रेमिका जलजलाको नाममा उपन्यास लेखनमा छन् । मोहनविक्रमले वैद्यले कम्युनिस्ट पार्टीको सदस्यता लिनुअगावै जेल जीवन भोगिसकेका थिए । वैद्यले भने भारतमा जेल जीवन बिताएका छन् ।
वैद्यसँगै सहयात्रा गरिसकेका कतिपय नेताका भनाइमा, ‘उनको राजनीतिक विश्लेषण शास्त्रीय हुने गर्छ । तर पहलकदमी कहिल्यै लिँदैनन् । संगठन र संघर्षका मामिला झेल्ने उनको अभ्यास छैन । बरु यस्सै पन्छाइदिन्छन् । पुस्तक लेख्छन् ।’ सिंहलाई भने नेतृत्वमा आफूबाहेक अन्यलाई आउनै नदिने ‘एकमनावादी’ नेताका रूपमा पनि लिन्छन् । उनी वैद्यहरूसँग छुट्टिएको ३२ वर्षयता निरन्तर नेकपा ९मसाल० को पार्टी नेतृत्वमै छन् । तर, वैद्यले त्यसपछि पार्टी प्रचण्डलाई सुम्पनेदेखि पार्टी विभाजनको टुटफुटको शृंखला व्यहोर्दै हाल एउटा माओवादी घटकको नेतृत्व सम्हालिरहेका छन् ।

– रामकृष्ण अधिकारी, नयाँ पत्रिकाबाट



Nmc

bijuli

paicho

bussewa

राजनीति

​म्याग्दीमा ७४ हजार मतदाता नामावली दर्ता

 १७ फागुन म्याग्दी । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता 

सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्छ : विजुक्छे

१६ फागुन,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन्  । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि 

​स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु

१६ फागुन, काठमाडौं । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

प्रवास/अन्तर्राष्ट्रिय

​ट्रम्पले रात्रिभोजको निम्तो बहिस्कार गरे

१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

​२ बर्षदेखिनै चुरोटका अम्मली बनेका अल्दी दिनमै ४० चुरोट खान्छन्

इंडोनेशियामा बस्ने अल्दी रिजाल २ बर्षदेखिनै चुरोटका अम्मली बने ।उनले चुरोट पिउदै गरेको फोटो इन्टरनेटमा केही समय अघि निके भाइरल बनेको थियो ।  यि बच्चाले दिनमै ४० ओटा चुरोट पिउँथे । 

रक्सी खाएर मानिसको भिडबाट गाडी चलाउँदा २८ घाइते

१५ फागुन ।  अमेरिकाको न्यु ओर्लिन्स शहरमा रक्सी खाएर एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । ती ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्न जम्मा भएमा भिडको बिचबाट गाडी चलाएका थिए ।  ती घाइतेलाईउपचारका लागि अस्पताल भर्ना गरिएको रोयटर्सले जनाएको छ । 

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top