syangyong
nlic

श्रीमतीको सुझावले बनाइदियो नयाँ परिचय, युट्युवबाटै यसरी गर्नुस् लोकसेवाको तयारी,


Sunday, 14 Jan, 2018 2:07 PM
लोकसेवा अध्ययन गरिरहेका र गर्न चाहाने विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन सक्ने भएका छन् । विगत लामो समयदेखि लोकसेवा तयारी कक्षा अध्यापन गराउँदै आएका शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीलाई लक्षित गरेर युट्युबमा आईक्यूका नयाँ नयाँ टिप्सहरु सार्बजनिक गरेका हुन् । ढकालको एक्लो प्रयासमा लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजताका लागि युट्युबमार्फत सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहेको शिक्षक ढकालको भनाई छ । राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन गराइरहेका ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि युटुृबबाटै पढाउन लागेका हुन् । उनको आफ्नै नामको युट्युब च्यानलमा लोकसेवा तथा अन्य क्षेत्रमा आवश्यक पर्ने आईक्यू सम्बन्धी भिडियो हेर्न पाईन्छ ।

२०७३ सालदेखि निरन्तर रूपमा यसरी भिडियो सार्वजनिक गरिरहेका ढकालले हालसम्म १ सय ३१ वटा भिडियो सार्वजनिक गरिसकेको बताउँछन् । ‘कतिपय विद्यार्थीलाई लोकसेवा पढ्ने चाहना हुँदा हुदै पनि समयको अभाब, पैशाको अभाव जस्ता कयौ समस्याको कारण मन भएर पनि ईन्स्टिट्युट सम्म गएर कक्षा लिन सकिरहेका हुदैनन् । यस्ता विद्यार्थीलाई लक्षित गरेर उनीहरुलाई सहयोग पुगास् भन्ने हेतुले युट्युब हेरेरै लोकसेवा तयारी गर्न सकिने वातावरण बनाएको हुँ’ उनले भने । 

गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थी र लोकसेवा पढीरहेका गृहणीलाई पनि यो भिडियो क्लासले सहयोग गर्ने उनको विश्वास छ । आफुले निर्माण गरेका भिडियोहरुमा जटिल प्रश्नको उत्तर पनि सरल र छोटो तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने ढकाल बताउँछन् । 

युवा पुस्ता प्रविधि मैत्रि भएकाले पनि ढकालको युट्युब च्यानल लोकसेवा अध्ययन गरिरहेका युवाहरुमाझ लोकप्रिय बन्दै गईरहेको छ । आज सबैको हात हातमा मोबाईल छ अनि घर घरमा ईन्टरनेट छ । वाईफाईको सुविधा नभएपनि डाटा प्याकेज लिएर पनि आज हरेकले ईन्टरनेट प्रयोग गरिरहेका हुन्छन । जसले गर्दा प्रविधिकै प्रयोगबाट लोकसेवा तयारी गर्दा अझ प्रभावकारी हुने उनको भनाई छ ।  आफ्नो समयलाई अनुकुल बनाएर घरमै हुँदा या घर बाहिर रहेको बेलामा पनि ईन्टरनेट अथवा  डाउनलोड गरेर जुनसुकै स्थान र समयमा अध्ययन गर्न सकिन्छ । आफ्नो दैनिक  काम गर्दा गर्दै पनि भिडियो बजाएर सुन्न र हेर्न सकिने भएकाले पनि लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुलाई ढकालको यो प्रयास लाभदायी भएको छ । हालसम्म उनले लोकसेवाका आइक्यू प्रश्न समाधानसँग सम्बन्धित १ सय ३१  वटा भिडियो राखिसकेका छन् । 

उनी  आफ्नै कोठामा भएको ह्वाईट बोर्डमा आइक्यूका प्रश्नको समाधान गर्दै भिडियो निर्माण गर्छन् ।  सुरुवातमा भिडियो निर्माणमा ढकालकी श्रीमतीले सहयोग गरेकि थिइन् । 

 तर आजभोली भने उनी क्यामेरा स्ट्याण्डको सहारामा आफै भिडियो निर्माण गर्छन् ।  ०७३ सालको पुस १५ मा २ मिनेटको भिडियो राखेका उनले हाल आफ्नो कोठामा भएको बोर्डमा आफै आइक्यूका प्रश्नको समाधान गर्दै भिडियो बनाएर युट्युबमा राख्छन् ।  आफ्नै एक्लो प्रयासमा वहा नजिकै राखिएको स्ट्याण्डमा मोबाइल राखि भिडियो खिच्छन् र पछि त्यहि भिडियोलाई आफैले सम्पादन गरेर युट्युबमा अपलोड गर्छन् । 

यसरी आयो युट्बबाटै कक्षा सञ्चालन गर्ने सोँच 

उनी केही समय पहिले आफ्नो कामको सिलसिलामा पाल्पा पुगेका रहेछन् । त्यहा गएर उनी एउटा चिया पसलमा बसेर चिया पिउन थालेछन् । यत्तिकैमा  नजिकै रहेका दुई महिलाले एकआपसमा कुराकानी गरिरहेका थिए । उनीहरुले लोकसेवा पढ्न त मन लाग्ने तर इच्छा भएतापनि घरको काम र पैशाको अभावले गर्दा क्लास लिने समय नै नहुने आपसमा गुनासो गरिरहेको ढकालले सुने । उनीहरूको यो कुरा सुनेपछि ढकाललाई लाग्यो कि घरमै बसीबसी लोकसेवा पढ्न सकिने कुनै प्रविधि ल्याउन सके यस्ता विद्यार्थीहरूलाई कत्ति सजिलो हुन्थ्यो होला । सबैले आफै घर बसी बसी अध्ययन गर्न सक्ने थिए कुनै ईन्स्टिट्युटको सहयोग नै बेगर । उनको श्रीमतीले पनि लोकसेवा अध्ययन गर्ने क्रममा ढकाललाई  आइक्यूका प्रश्नहरु सोध्ने गर्दा सजिलै सग जस्तासुकै आईक्युका प्रश्नको समेत सहज रूपमा उत्तर दिन सकेको देखेर श्रीमतीले नै उनलाई यस्तो काम गर्न सुझाएको र त्यसैअनुसार अगाडी बढेको रहेछ उनको यो कार्य । 
 घरमै बसेर आइक्यू सिक्न सकिने र पैसा र समयको बचत हुने ढकालको भनाई छ । एकपटक हेर्दा या सुन्दा नबुझेमा फेरी फेरी दोहोर्याई तेहर्याई हेर्न सकिने भएकोले पनि यस प्रविधिले धेरैलाई सहयोग गर्छ गर्ने उनको विश्वास छ । 
 



Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top