siddhartha

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व


Sunday, 29 Oct, 2017 12:45 PM
                      ओम प्रकाश घिमिरे 

नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल नेपालका लागि निर्वाचन वर्ष जस्तै भएको छ । बैशाख ३१ गते देखि शुरु भएको स्थानीय निर्वाचन असार १४ हुदै असोज २ मा सकिएको छ । अब फेरी मंसिर १० र २१ गते हुदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन यस अघिका निर्वाचन भन्दा फरक परिवेश र फरक मुद्धासंग जोडिएकाले यस प्रति  आम मतदातामा उत्साह छाएको देखिन्छ । 

२०७४ सालको शुरुवात संगै भएका फ्रान्स, अष्ट्रिया र न्यूजिल्याण्डका निर्वाचनले इतिहास रच्दै युवा लाई आफ्नो राष्ट्रको प्रमुख कार्यकारी पदको लागि निर्वाचित गरेका छन् । बैशाखको अन्तिम साता फ्रान्सको राष्ट्रतपीमा ३९ वर्षीय एमानुयल म्याक्रोन निर्वाचित भए । उनले एक वर्ष अघि मात्र खोलेको दलबाट नयाँ राष्ट्रपतीमा निर्वाचित भए । वि.स.२०७४ सालकै असोजको अन्तिम साता विश्वकै कान्छो उमेरका राष्ट्रपतीको रुपमा अष्ट्रियाका ३१ वर्षीय सेबास्टियन कुर्ज निर्वाचित भए । उनि २७ वर्षमा नै विदेशमन्त्री भएका थिए । फेरि यहि कार्तिकको पहिलो साता न्यूजिल्याण्डको इतिहासकै कान्छो उमेरका महिला प्रधानमन्त्री  भनिएका ३७ वर्षीया जसिन्डा एर्डर्न निर्वाचित भइन् । यसरी यो छोटो अवधिमा तीन देशका प्रमुख कार्यकारी पदमा निर्वाचित भएका युवाहरुले विश्व राजनीतिमा एउटा सन्देश दिएका छन् कि अब युवाहरुले आफुलाई राजनीतिमा पालो पर्खेर बस्ने होइन कि मुद्दा उठान सहित जनतामा जाने आँट गर्नु पर्छ । उनिहरुले नयाँ र यथार्थ  मुद्धा उठाएमा जनताले उमेर र राजनीतिमा आबद्धता अवधि हेर्दैनन्, मान्छे र मुद्धा हेरेर मत दिन्छन् भन्ने सन्देश दिएका छन् । 

यो वर्षको हाम्रो निर्वाचनको माहोल शुरु भएदेखि यहाँ सम्म आइपुग्दा सम्म फ्रान्स, अष्ट्रिया र न्युजिल्याण्डका जनताले जुन तरिकाले युवा नेतृत्व रुचाएका छन्, त्यसको पछाडी  उनिहरुको पार्टी संगै व्यक्तिले उठाएका मुद्धा र व्यक्तित्व ले प्रभाव पारेको देखिन्छ । बदलिदो परिवेशका नयाँ मुद्दालाई  सम्बोधन गर्ने उर्जा युवाहरुमा बढि हुन्छ भन्ने एउटा विश्वास र पुराना पुस्ताका नेताले समयको माग बमोजिम उनिहरुलई परिवर्तन गर्न नसक्दा रोज्नु परेको नयाँ विकल्पको रुपमा जनताले युवालाई  राज्यको सर्बोच्च कार्यकारी पदका लागि निर्वाचित गरेको देखिन्छ । निर्वाचित युवाहरुले  आम मतदाताको त्यो विश्वास र विकल्पलाई कसरी  पुरा गर्लान् त्यो त हेर्न बाँकी नै छ । तर युवाहरुको सत्ताशक्तिमा भएको आगमनले विश्वभर नै एउटा बेग्लै राजनीतिक तरंग भने पैदा गरेको छ । 
३९ वर्षिय एमानुयल म्याक्रोन, फ्रान्स,३७ वर्षिया जसिन्डा एर्डर्न, न्यजिल्याण्ड,३१ वर्षिय सेबास्टियन कुर्ज, अष्ट्रिया               
   
नेपालले बहुदीय प्रतिस्पर्धाका चारवटा प्रतिनिधि सभा र दुइवटा संविधानसभाका निर्वाचन पछि  पहिलो पटक संघीय संरचनाको  प्रतिनिधिसभा र प्रदेश सभाका लागि  गर्न लागेको  निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न मुद्धाहरुलाई बुझ्न सक्ने,बोक्न सक्ने, व्यवस्थापन गर्न सक्ने र सुरक्षित ढंगले बिसाउन सक्ने नेतृत्वको खोजी गर्ने निर्वाचन हो । हिजो पन्चसंग पनि बिक्ने, संवैधानिक राजतन्त्रमा पनि टिक्ने तर ती व्यवस्थाबाट आएका अनुभवबाट पटक्कै नसिक्ने नेताहरु अहिलेको परिवेशमा उपयुक्त होलान् वा नहोलान् त्यसको फैसला मंसिर २१ पछि हुने नै छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता जस्ता नितान्त भिन्न र नयाँ मुद्धाहरुलाई संस्थागत गरी सुरक्षित बिसौनी दिन सके मात्र हाम्रो लोकतन्त्रले ठोस आकार लिने र गन्तब्य निर्दिष्ट मार्ग प्रसस्त गर्न सक्छ  ।     
यसका लागि युवा नेतृत्व एउटा भरपर्दो र उपयुक्त विकल्प हो । त्यसैले आगाी मंसिर १० र २१ गतेको निर्वाचनमार्फत अधिकतम युवा नेतृत्व छनौट गरी आम मतदाताले नयाँ प्रयोग गर्न सक्छन् । सायद यसले राजनीतिक निराशा दिदैन होला किनकि माथि उठान गरिएका नयाँ मुद्धाहरुमा पाका पुस्ता भन्दा युवा पुस्ताले बढि अपनत्व महशुस गरेका छन् । उनिहरुले ती मुद्धालाई आफ्नो राजनीतिक श्रृजना ठानेका छन् र तिनै मुद्धामा अडेर नयाँ राजनीतिक संस्कार र संस्कृति हुर्काउँन खोजेका छन् । तर यसका लागि कुरो मतदाताको मात्र रहेन । उनिहरुले युवा नेतृत्व छान्नका लागि युवा उमेद्वार त हुन पर्यो नि । के हाम्रो युवा राजनीतिज्ञहरुले आम मतदाताका लागि युवा उमेद्वारलाई मत हाल्ने अवसर देलान् ? के पाका पुस्ताका राजनीतिज्ञले जनताको यो मनोविज्ञान र विश्व राजनीतिमा देखिएका नयाँ पुस्ताको नेतृत्व आगमनलाई पनि विचार गर्लान् ? यी दुइवटा प्रश्न भित्र हामीले आगामी निर्वाचनमा युवा नेतृत्व पाउने वा नपाउने भन्ने कुरा अडेको छ । 

निर्वाचनको पूर्वकालमा आम जनताले एक किसिमले उमेद्वारको अपेक्षा गरेका हुन्छन् । त्यो समयमा उनिहरुले उमेद्वारको प्रकृति, सामथ्र्य, चरित्र जस्ता पक्षहरुलाई विश्लेषण गर्छन् र  जनमतको धार र लहर निर्माण गर्छन् ।     
                            
तर त्यो जनविचार र जन  अपेक्षालाई  नेपालका राजनीतिक दलहरुले निकै न्यून मात्रामा सम्बोधन गर्छन् र उमेद्वार छनौट जन अपेक्षा भन्दा अर्कै ढंगले गर्छन् । राजनीतिक दलको यहि प्रवृतिकै कारण जनताले चाहेका कैयौ संभाव्य युवाहरु निर्वाचनको उमेद्वार बन्नबाट बञ्चित हुन्छन् ।  यसो हुदा नेपाली मतदाताले धेरै युवा नेतृत्व चुन्न चाहे पनि त्यो अवसर पाउँदैनन् । 

विश्वका युवा नेतृत्वका मतदाताहरुलाई हेरेर पनि अब हाम्रा युवाले पनि आगामी चुनावमा उमेद्वार बन्नका लागि आँट गर्नु पर्छ । तर हाम्रा राजनीतिक युवाहरु आफ्नो जोश, जाँगर, भिजन र उर्जालाई अघि सार्ने भन्दा पनि आफ्नो दलका पुराना नेताहरुका आदेश, उर्दिमा आज्ञाकारी बन्ने प्रवृत्तिबाट निर्देशित भएका देखिन्छन् । उनिहरु नेतृत्वले उठान गरेका गलत निर्णयको समेत रक्षक बन्नु नै राजनीतिक अनुशासन हो भन्ने मनोविज्ञान र मान्यतामा अडेका देन्छिन् । युवाहरुले यो मान्यता र मनोविज्ञान तोड्न सकेका छैनन् । नेपाली आम मतदाताले युवा उमेद्वार नपाउँनुको अर्को कारण यो पनि हो । 

 जबसम्म युवाहरु नेतृत्व तहले गरेका जनचाहना भन्दा फरक ढंगको निर्णयलाई आज्ञाकारी भएर पालना गर्छन्, तबसम्म पुरानो नेतृत्वले युवालाई उच्च नेतृत्वमा आउनका लागि मर्यादाक्रम, उमेर, आज्ञापालक र कुन गुँट नजिकको भन्ने जस्ता सुचकलाई आधार बनाउँने छ । त्यसलाई परिवर्तन गर्नका लागि हरेक राजनीतिक दलका युवा नेताले जनचाहना, आफ्नो लोकप्रियता, आफ्नो सामथ्र्य जस्ता आयामलाई ख्याल गरेर नेतृत्व दाबी गर्ने आँट गरिदिउन भन्ने आम मतदाताको चाहना छ । यो जनचाहनालाई पुराना र नयाँ सबै राजनीतिक दलले बुझिदिएको खण्डमा यसले राजनीतिलाई उमेर र दाउपेचका आधारमा तयार गरिएका मर्यादाक्रमलाई निरन्तरता दिने  नाममा पालो पर्खने संस्कारलाई परिवर्तन गर्न सकिन्छ ।

अनि मात्र जनचाहना केन्द्रित, मुद्धाकेन्द्रित, मेहनत र विचार केन्द्रित नयाँ राजनीतिक परिवेशको निर्माण हुन्छ । यो राजनीतिक नैतिकता, स्वच्छ राजनीतिक संस्कार, र गुटरहित राजनीतिक प्रतिस्पर्धाको श्रृजनाको आधार बन्न सक्छ । यसले देश र जनतालाई त फाइदा पुग्छ नै ,राजनीतिक  दललाई पनि फादा नै हुने छ ।  त्यसैले आउँदो चुनावमा धेरै भन्दा धेरै युवा नेतृत्व सबैको  अपेक्षा हो र आवश्यकता पनि । 
prakashdocument@gmail.com
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top