syangyong
cg

​‘मोटी’ जरीन खानले कसरी घटाइन् ५० केजी तौल ? यस्तो छ पीडादायी भोगाईपछिको खुसी


Friday, 6 Jul, 2018 3:51 PM
बलिउड अभिनेत्री जरीन खानले फिल्मी करिअरको सुरुवातमा निकै आलोचनाको सामना गर्नुपर्यो । आलोचनाको कारण थियो उनको मोटोपन । पहिलो फिल्म ‘वीर’ मा उनले गरेको अभिनयभन्दा बढी चर्चा उनको तौलको भयो । तर, अहिले उनलाई ‘मोटी’ भनेर नाक खुम्च्याउन कसैले सक्दैन । अहिले ‘फिट एण्ड फाइन’ छिन् । अहिले त जरीनको सौन्दर्य र सुडुलो शरीरको चर्चा चल्छ बलिउडमा । नहोस् पनि किन, सुरु र अहिलेमा उनको तौल आधा अन्तर छ । फिल्ममा आउनुअघि एक सय केजीकी उनी अहिले ५० केजीकी भएकी छिन् । तर, यो सम्भाव भयो कसरी ? प्रश्नको जवाफ जरीनले दिएकी छिन् :

–मेरो लागि १०० किलो वजन घटाएर ५० किलोसम्मको यात्रा तय गर्न निकै कठिन थियो । तर मैले यसबाट भुल्नै नसक्ने पाठ सिकेँ । सुरुमा मलाई धेरै अप्ठ्यारो भएको थियो किनकी म कतै जाँदा छोटो दूरी नै भए पनि हिँडेर जाँदिनथेँ । म जंक फुड खाएरै बाँचिरहेकी थिएँ । म साधारण पानीको सट्टा जुसहरु पात्रै पिउथेँ । तर, पछि यी सबै कुराको बानी परिवर्तन गरेर अनुशासित जीवन जिउन सुरु गरेँ ।
 

–मैले एक्सरसाइज गर्न सुरु गरेँ । फरक महसुस हुन थाल्यो । यो सब कुरा गर्दा आफूमा आएको परिवर्तनले उत्साह बढ्ने गर्दथ्यो । मलाई हरेक किसिमका लुगाहरु फिट हुन थाले । आफू फिट भएको देख्दा मलाई राम्रो लाग्न थाल्यो । त्यसपछि मैले फिटनेसलाई आफ्नो जीवनशैली बनाएँ । तर, मलाई कसैले मोटी भन्यो भनेर वा कसैको दबाबमा आएर यस्तो गरेकी थिइनँ । म आफैँले फिट रहनुका फाइदाहरु बुझेँ, साथै मोटोपन र अत्याधिक वजनले निम्त्याउने रोगहरुबारे बुझेँ । त्यसैले मैले यो सब गरेकी हूँ । 

–वर्षौंदेखि प्लस साइजका व्यक्तिहरुलाई तल्लो स्तरको व्यवहार गरिन्छ । म स्कुल र कलेजका दिनहरुमा प्लस साइजकी हुँदा कहिले पनि राम्रो र स्टाइलिस लुगाहरु लगाउन पाइनँ । जस्तो भेटिन्थ्यो त्यस्तै लुगा लगाउनु बाहेक कुनै विकल्प थिएन । मसँग यस्तो व्यक्तिको अस्तित्व नै छैन जस्तो व्यवहार गरिन्थ्यो । यही कारण मलाई आफ्ना लागि लुगाहरु नै नबनाइएको जस्तो लाग्थ्यो । 

–बलिउडमा करिअर सुरु गर्दा नराम्रोसँग बडी शेमिङ्ग झेल्नु परेको थियो । त्यसबेला म फिल्म उद्योगमा नयाँ थिएँ । धेरैजनासँग चिनजान थिएन । सायद यही कारण हुन सक्छ यहाँका मानिसहरु म के सोच्दछु, के महसुस गर्छु वा मेरो के विचार छ भन्ने कुरा जान्न चाहन्नथे । अहिले म यहाँ आएको केही समय भइसक्यो । त्यसैले केही व्यक्तिहरु मलाई चिन्न थालेका छन् । साथै मेरो भावना र विचारको सम्मान गर्न थालेका छन् । तर कसैले पनि बडी शेमिङ्ग गर्नु गलत हो । कोही व्यक्ति आफ्नो शरीरदेखि खुशी छ । आफ्नो घरको खाना खान्छ, आफ्ना लागि आफै कमाउँछ भने अरुले आएर ‘तिमी कस्तो देखिन्छ्यौ वा कस्तो देखिनु पर्छ’ भन्नु अनावश्यक हो । यस संसारमा कसैको मोटोपन बाहेक अरु पनि चर्चा गर्न लायकका धेरै विषयहरु छन् ।


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top