syangyong
nlic
अन्तिम कसरत

नेकपा स्थायी समिति

विद्युतीय शवदाहमा अन्त्यष्टि

गुटले गडबड

अस्पतालमा आगलागी

को हिट, को फ्लप

Ruslan

machha bank

ime

samajik surachhya

अर्थ

हाइड्रो एक्स्पोमा सहभागि हुन ७० बढी प्रदर्शकले गरे स्टल बुक, तयारी तिब्र

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागि हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेका हुन् । एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ ।
विस्तृतमा पढ्नुस् »

राजनीति

युवाको जीवन धरापमा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री विष्ट

३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो 

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र 

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई 

समाचार

ठोसो जलाउँदा जैविक क्षति बढ्दै

३ पुस, काठमाडौं । धान काट्ने यन्त्र कम्बाइन्ड हार्बेष्टरको प्रयोग बढ्दै गएपछि किसानहरूले खेतमै ठोसो (धानको बोट काटेर बाँकी रहेको फेद) जलाउने गरेका कारण जैविक क्षति हुने गरेको पाइएको छ । उक्त यन्त्रले धान काट्ने र चुट्ने काम एकै चोटि गर्दा ठोसो खेतमै गाडिएको अवस्थामा रहन्छ । किसानहरूले सो ठोसोमा आगो लगाई जलाउने गरेकाले प्रदूषण बढ्नुको साथै माटोको उर्वराशतिm नष्ट हुने गरेको कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जले जनाएको छ । ‘यन्त्रले धान काट्दा 

बालिका १२ दिनदेखि बेपत्ता

३ पुस, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको 

त्रिवेणी साना जलविद्युत् केन्द्रको एक सातादेखि विद्युत् सेवा अवरुद्ध

३ पुस, काठमाडौं । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पाटपुर्जा बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत् 

अन्तरवार्ता

asian

jme remit

mahalaxmi

ritz college

classictech

मनोरन्जन

कुल्ली र बसका खलासी रजनीकान्त, कसरी बने चलचित्रका सुपरस्टार ?

भारतिय फिल्म स्टार रजनिकान्तको नाम सुन्नेवित्तिकै सबैले उनको स्टारडमको तारिफ गर्छन् । उनै सुपरस्टार रजनीकान्तको आज जन्मदिन हो । सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा जन्मिएका रजनीकान्तको वास्तविक नाम भने  शिवाजी राव गायकवाड हो ।  रजनीकान्तको जन्म एउटा अत्यन्तै गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए । चारजना दाजु र दिदीमध्ये रजनीकान्त कान्छा थिए ।  उनकी आमाको मृत्युपछि
विस्तृतमा पढ्नुस् »

रमाइलो पेज

शेरे र उसकी बाठी बुढी

शेरेकी श्रीमती : बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, 
शेरेः  लौ मरिछे, अनि ...अनि के गरिस त ? 
श्रीमतीः  अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि.....जेठाजु जस्तो मान्छे आउँदा...हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,.....म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ...
शेरे : ठाउँको ठडाउँ बेहोस्

जोक : बुढाको गन्हाउने मोजा

एउटा बुढोको मोजा गन्हाएर हैरान हुंदो रहेछ । जहां गए पनि मानिस भाग्दा रहेछन् । एक दिन उसको बुढीले नयां मोजा लिएर आइछन् । बुढीः लिनुस् नयाँ मोजा भोलि मेरो माइतीमा कार्यक्रम छ, यो लगाएर आउनु होला । अर्को दिन बुढो त्यहां पुगेछ तर वरपरका सबै भागेछन् । 

स्वास्थ्य / जीवनशैली

जिल्ला अस्पताल हुम्लामा खुल्ला चउरमा उपचार सेवा

काठमाडौं । जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन् जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक टसी लामाले
विस्तृतमा पढ्नुस् »

खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफले मच्छिन्द्रलाई ३–१ले हरायो

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ । खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा 

​इपीएल क्रिकेटको फाइनलका लागि आज ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै

काठमाडौ ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुँदैछ । टीयू क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहनेछन् । 

विज्ञान/प्रविधि

आर्टिफिसियल इन्टेलिजेन्स मानिसका लागि कति फाइदा कति हानिकारक ?

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरद्वारा नियन्त्रित रोबोट वा मानिसको जस्तै इन्टेलिजेन्स तरिकाले सोच्ने सफ्टवेयर बनाउने विधि हो । आर्टि्फिसियल इन्टेलिजेन्स शब्दको पहिलो प्रयोग अमेरिकी वैज्ञानिक जाने म्याकार्थीले सन् १९५५ मा एउटा लेखमार्फत गरेका थिए । यसले मानिसको दिमागले कसरी सोच्छ ? कसरी समस्या हल गर्छ ?  कसरी निर्णय लिन्छ ? कसरी काम गर्छ ? जस्ता विषयमा अध्ययन–अनुसन्धान गर्छ । यसको आरम्भ १९५० को दशकमै भएको थियो, तर यसको महत्वका बारेमा भने १९७० 

फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब

७ मंसिर, काठमाडौ । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ।

शिक्षकले अब पाउने छैनन् सामाजिक सञ्जाल चलाउन

१७ कात्तिक, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशिका २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर र भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको छ।

क्या अचम्म !

​यो हो चकलेटको खोलो, सडकमै उर्लिएपछि यातायात आवागमन नै ठप्प

२८ मंसिर, काठमाडौं । सामान्यतया सडक कालो हुन्छ । तर, जर्मनीमा भने एक सडकको रंग बदलिएर खैरो भयो । आखिर किन यस्तो भयो ? कारण, जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिँडेको ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखिएको थियो । तरल चकलेट चिसोले गर्दा जम्यो र सडक नै बन्द गर्नुपर्‍यो । 

जसले प्रेमीको हत्यापछि उनको मासु पकाएर कामदारलाई भोज खुवाइन्

६ मंसिर, काठमाडौं । आफ्नै प्रेमीलाई मारेर मासु खाएको अभियोगमा युएर्इमा एक महिला पक्राउ परेकी छन् । मोरक्कोकी ती महिलाले आफ्नै प्रेमीको मासु पकाएर पाकिस्तानी कामदारहरुलाई खुवाएको बिबिसीको समाचारमा उल्लेख छ । उनले तीन महिना पहिले नै आफ्नो प्रेमीको हत्या गरे पनि घटना भने ढिला बाहिर आएको हो । 

​जापानीहरुको अनौठो काइदा : आफ्ना कुरा सुनाउन भाडाका मानिस

जग्गाजमिन, घर, कोठा तथा गाडी भाडामा लिने कुरा विश्वभर सामान्य हो । तर जापानमा धेरै अनौठा कुराहरु जुन असामान्य लाग्छन् ति भाडामा लिन पाइन्छ । अधिकांश राष्ट्रमा त्यहाँका क्याफेमा बसेर कफीको मज्जासँगै खरायो,उल्लु,विरालो लगाएतका घरपालुवा जनावरलाई खेलाउन पाइने व्यवस्था छ । जापानमा पनि यस्तो किसिमको सुविधा दिने क्याफेहरु धैरै नै छन् र अझ यो अनुभवलाई लम्ब्याउन चाहनेहरुका लागि घरपालुवा जनावर भाडामा लिन 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

प्रवास

राजधानीमा भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठी आयोजना

काठमाडौं । गैरआवासीय नेपालीहरुको कुरा आउने वित्तिकै लामो समयदेखि आर्थिक लगानीसँग जोड्ने गरिएको छ । तर, शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा सहभागीहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृति पनि साथै समृद्ध बनाउँदै लैजानुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिले राजधानीमा गरेको भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठीका सहभागी स्रष्टाहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि साथै अघि बढाउनुपर्ने बताएका हुन् ।

जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्छ : भुसाल

टोक्यो स्  सोनु भुसाल ९सोनु०ले जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्ने बताएकी छिन् । उनले समितिको नियत नराम्रो भएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समितिको बारेमा युवाहरुले सोच्नुपनेले बेला भएको बताएकी हुन् । जापानमा अध्ययन गर्न गएकी भुसालले समितिमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनले नेपाली काङ्रेसको भातृ संगठन जन सम्पर्क समिती जापानको कान्तो क्षेत्रमा आफ्नो विद्यार्थी जीवन सँगसँगै 

अमेरिकाको कोलोराडोमा प्रहरीले गोली हान्दा नेपालीको मृत्यु, को थिए वीरेन्द्र ठकुरी ?

पासाङ शेर्पा आफ्ना साथी वीरेन्द्र ठकुरीको बारेमा सोच्दा उनको मुस्कान सम्झिन्छन् । विगतका यादहरू मस्तिष्कमा आउँदै गर्दा उनी ठकुरीलाई नेपालीहरूको कार्यक्रममा भाग लिएको अनि बूल्डर क्रीक जलाशयमा पौडी खेलेको र गोल्डेन नामक स्थाननजिक पहाडको फेदमा साइकल गुडाएको सम्झन्छन् । सत्ताईस वर्षीय ठकुरी अब यी कुनै पनि कुरा गर्न सक्ने छैनन् ।  स्ट्राटफोर्ड लेक्सको शान्त वेस्टमिन्स्टर टोलनजिक –यान्च रिजर्भ पार्कवे र फेडेरल बूलेभार्डको दोबाटोमा अगस्ट २५ अर्थात् 

अन्तर्राष्ट्रिय

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो

३ पुस, काठमाडौं । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको छ । प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको 

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीया राष्ट्रपति

३ पुस, बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । 
चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए । चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा 

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

३ पुस, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा 

इतिहास /अध्यात्म

कम्युनिष्ट नेता स्वः निर्मल लामाको आत्मकथा :म तामाङ्गको छोरो कसरी मस्तराम भएँ ?

म मस्तराम !
भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो । दार्जिलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई–चार सय परिवारले काम गर्न ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भनेको ‘म्यानेजर’ सरहको मान्छे रहेछ । म्यानेजरको दबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्चायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए । साहेबले रिसाएर ‘हटाबार’ भनेपछि जोकोहीले पनि एकदुई

​नेपालमा गोर्खा पल्टन राख्न प्रस्ताव गर्ने बेलायतलाई चन्द्र शमशेरले दिएका थिए यस्तो जवाफ

ब्रिटिश इण्डियाका परराष्ट्र सचिवले नेपालका महाराज चन्द्रशमशेरसँग लामो परिसंवाद गरेका थिए । प्रथम विश्वयुद्धमा ब्रिटिशलाई ठूलो धनराशी र जनशक्तिको सहायता गरेका चन्द्रशमशेरले अघि जंगबहादुरले नयाँ मुलुक पाएजस्तै चाहेको जमिन फिर्ता पाउँला भन्ने आशाभरोसा राखेका थिए । त्यसैले पनि उनले विश्वयुद्धमा ब्रिटिशलाई मन फुकाएर सहायता दिएका थिए ।

भारतीय राजनेताहरुको गोप्य प्रेम प्रसङ्ग : कसैको घरबार उजाडियो, कोही अविवाहित बसे

जब मामिला निजी जीवनको गोपनीयताको आउँछ तब भारतीय राजनीतिज्ञ संसारकै सबैभन्दा ठूला तानाशाहामा बदलिन्छन् । राजनेताहरुले एक अर्काको जति नै विरोध गरे पनि अरुको प्रेम प्रसंग, विवाहेत्तर सम्बन्ध तथा तथाकथित ‘दोस्रो महिला’ का बारेमा सार्वजनिक चर्चा नगर्ने एक खालको अघोषित सम्झौता भएजस्तो देखिन्छ । एक दुईवटा अपवादलाई छोडेर भारतीय राजनीतिज्ञले यो परम्परालाई निर्वाहा पनि गरेका छन् । यसको एउटा कारण हुन सक्छ हर कोही सिसाको घरमा बसेका छन् । 

News Sewa TV

चपली हाइटकी नायिकासँग खेतीपातीका कुरा

चपली हाइटकी नायिकासँग खेतीपातीका कुरा

कालीगण्डकी करिडोरको एक झलक

कालीगण्डकी करिडोरको एक झलक

गुरुङ (तमु) समुदायको इतिहास जान्नुछ भने यो भिडियो हेरम

गुरुङ (तमु) समुदायको इतिहास जान्नुछ भने यो भिडियो हेरम

यसरी गर्न सकिन्छ नेपालमा आधुनिक गोलभेँडा खेती

यसरी गर्न सकिन्छ नेपालमा आधुनिक गोलभेँडा खेती

हामी

सम्पादक : विष्णु पोखरेल
डेस्क : सम्झना थापा,  तुलसी बोगटी
संवाददाता : मोहन बेल्वासे, रामचन्द्र पोखरेल, कुमार गौतम, दिपक लामा 
प्रदेश १ संयोजक : कमल भट्टराई 
प्रदेश २ संयोजक :  राकेश यादव 
प्रदेश ४ संयोजक : सृजना पन्थी 
प्रदेश ५ संयोजक : जफर अली
प्रदेश ६ संयोजक : रामचन्द्र न्यौपाने
प्रदेश ७ : टेक सोडारी 
हुमाकान्त पोखरेल (गुल्मी )लक्ष्मी प्रसाद पौडेल (अमेरिका)  पूर्णिमा न्यौपाने (कतार) 
क्यामेरापर्सन : रेशम बस्यौला
मार्केटिङ म्यानेजर : शारदा पौड्याल (९८४७१०४५८५)
कर्पोरेट कार्यालय : तीनकुने काठमाडौ । 
सम्पर्क : ०१५१९२०३२,९८५११९४८७०
ईमेल : news.newssewa@gmail.com
             ad.newssewa@gmail.com
Top