पछिल्लो तथ्यांक

मृत्यु हुनेको संख्या ९

७ असारसम्म लम्बियो

स्वास्थ्यमन्त्रीका कुरा

दुई स्वाथ्यकर्मी र दुई बिरामीलाई कोरोनाः अस्पताल

global ime

runner bike

https://www.ctznbank.com/

अर्थ

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

२० जेठ काठमाडौ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ । दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको फोनपे लेविश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान 
विस्तृतमा पढ्नुस् »

कोविड १९ विशेष

डडेल्धुरामा क्वारेन्टाइनमै ३० वर्षीयाको मृत्यु

२१ जेठ, डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बसेकी महिलाको मंगलबार राति मृत्यु भएको हो । उनी १८ जेठमा दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्। 

मंगलबारमात्रै २८८ जनामा कोरोना पुष्टि

२० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ। मंगलबारमात्रै थप२८८ जनामा कोरोना पुष्टि भएको छ।

कोरोनाबाट अति प्रभावित १० देशको हालचाल : कहाँ कति संक्रमित, कतिको मृत्यु ? (सूचीसहित)

२० जेठ, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ६२ लाख ६५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट मंगलबार बिहानसम्ममा ३ लाख ७५ हजार ५ सय २६ जनाको मृत्यु भएको छ। कोरोनाबाट प्रभावित २ सय १३ मुलुकमध्ये २१ मुलुकमा ५० हजार बढी संक्रमित छन् भने १४ मुलुकमा एक लाख बढी संक्रमित छन्। ६ मुलुकमा २ लाख बढी संक्रमित छन्।

समाचार

कांग्रेसको आह्वान : जेठ २५ भित्र कर तिर्न सरकारले दिएको निर्देशन अवज्ञा गरौँ

२१ जेठ, काठमाडौं । यही जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई आह्वान गरेको छ। चैत ११ गतेदेखि देशभर लकडाउन लागू भइरहेको भए पनि विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ। यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गरेका हुन्।

दुई सहायक वन अधिकृत २ लाख घुससहित रङ्गेहात पक्राउ

२१ जेठ काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रूपैयाँ घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो।उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट

‘निसर्ग’ चक्रवातको प्रभाव नेपालमा पनि देखिने, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

२१ जेठ काठमाडौ । अहिले देशभर पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश न। १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश 

अन्तरवार्ता

यति बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो यति बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्।  महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ। सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले समर्थन गरेका छन्। बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ। 
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री
२९ चैत, काठमाडौं । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग राससका लागि रमेश लम्सालले मन्त्री पुनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :
 ‘यी भूराहरूले के नै गर्नसक्छन् र भन्थे, हामीले १० वर्षमा इन्डष्ट्री नै बनायौँ ’ ‘यी भूराहरूले के नै गर्नसक्छन् र भन्थे, हामीले १० वर्षमा इन्डष्ट्री नै बनायौँ ’
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा दश वर्ष पुरा गरेर एघारौँ वर्षमा प्रवेश गरेको छ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै स्थापना भएको इसेवाले यो एक दशकको अवधिमा निकै ठुलो सफलता पनि पाएको देखिन्छ । कलेज पढ्ने तीनजना युवा मिलेर बैंक तथा वित्तिय संस्थाका सफट्वेयर बनाउने उदेश्यले खुलेको कम्पनी हो, एफवान सफ्ट । त्यही एफवान अन्तरगतको कम्पनी हो, इसेवा । अहिले नेपालका ठुला ‘बिजनेस ब्राण्ड’का नाम लिनुपर्दा इसेवा अग्रपंतिमा आउँछ । अहिले दर्जनौ पेमेन्ट गेटवे कम्पनी आएपनि यो सेक्टरमा इसेवा पायोनियर नै हो । हामीले इसेवाको दश वर्षको यात्रा, संघर्ष र सफलता तथा भावी योजनाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग कुराकानी गरेका छौँ । 

asian

jme remit

mahalaxmi

classictech

shivam

मनोरन्जन

नेपाली युवक दिवेश अमेरिकन आइडलको टप टेनमा

२२ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन्। जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन्। अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन्।
विस्तृतमा पढ्नुस् »

थप समाचार

रमाइलो पेज

शेरेको माया

शेरे एउटी केटीलाई धेरै माया गथ्र्यो तर डराएर केहि भन्न सकेको थिएन । 
एक दिन उसले म्यासेजमा I love you लेखेर पठाउने निर्णय गर्यो ।

उसले राति I Love You  लेखेर केटीलाई म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा ringtone बज्छ तर उसले भोलीपल्ट मन्दिर गएर नुहाई धुवाई गरेर मात्र म्यासेज पढने निर्णय गरेर सुत्यो । 

बिहान उठेर नुहाएर मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ ।

​मोदी र केपीको गफ

(मोदी र केपी चिया खादै  कुराकानी गर्दै गर्दा यतिकैमा मोदीले भने) 
मोदीः हाम्रो देशका जनताहरु त घाममा गएर बस्न थाल्या छन् नि ।
केपीः घाममा कसरी ?
मोदी : घाममा हैन के घाम भन्दा तल..
केपी : हाम्रो तिरका जनताहरुले त झन नाकले भात खान थाल्या छन् ।
मोदीः नाकले कसरी खान्छन् ?

स्वास्थ्य / जीवनशैली

१५ प्रश्नको जवाफमा पूर्वयुवराज पारसकी छोरी पूर्णिकाले भनिन्– मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसके

२५ वैशाख, काठमाडौं । राजतन्त्र गएपनि पूर्वराजपरिवारको चर्चा छँदै छ । पूर्वयुवाराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आफ्नै भूमिकाका कारण चर्चामा छन् । उनीहरुकी जेठी छोरी पूर्णिका शाहमाथि पनि आम नेपालीको नजर छ । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।
विस्तृतमा पढ्नुस् »

खेल

क्रिकेट बल चम्काउन अब चाहिँदैन थुक र पसिना

२३ वैशाख, काठमाडौं । क्रिकेट बल निर्माण गर्ने अस्ट्रेलियन कम्पनीले छिट्टै वाक्स एप्लिकेटर लिएर बजारमा आउँदैछ। मैनले बनाइएको यो पदार्थ क्रिकेट बल चम्काउन प्रयोग गरिने छ। कम्पनीले एक महिनामा वाक्स एप्लिकेटर बजारमा ल्याउन काम थालेको बताएको छ। ‘हामी बल चम्काउने पुरानो तरिका बदल्न वाक्स एप्लिकेटर बनाइरहेका छौं। अम्पायरको निगरानीमा यसको प्रयोग गर्न सकिने छ,’ कम्पनीका एमडी ब्रेट इलियटले भनेका छन्। उनले यसको असर खेलपछि मात्र देख्न सकिने बताएका छन्।

पाकिस्तानी क्रिकेटर उमर अकमल ३ वर्षे प्रतिबन्धमा

१६ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो । सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् ।

विज्ञान/प्रविधि

फेसबुकले बनायो आफ्नै ‘सर्वोच्च अदालत’, गर्नेछ विवादस्पद पोष्ट हटाउने फैसला

२६ वैशाख, काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ। त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ। यो स्वतन्त्र बोर्डमा रहने सदस्यहरुले विरोधाभाषपूर्ण सामग्री फेसबुकबाट हटाउने निर्णय गर्नेछन्। 

फोन गर्दा सुन्नुहुनेछ कोरोना सचेतना सन्देश

६ चैत, काठमाडौँ ।
नेपाल टेलिकमले कोरोना भाइरसको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।  नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने तरिका सहित सन्देश दिन थालिएको छ । सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न  सन्देशमा भनिएको छ । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा फेसबुकले साथ दिने

काठमाडौँ ।
कोरोना भाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनहरुका लागि सोसल मिडिया साइट फेसबुकले पैसा नलिने भएको छ । कम्पनीका सिइओ मार्क जुकरबर्गले कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व

क्या अचम्म !

लकडाउनमा भोकै भारतीय सडकमा मरेको कुकुर खाँदैछन् ! (भिडिओसहित)

९ जेठ, काठमाडौं । भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए। जहाँ उनले एक दृश्य देखे। एक जना मानिस मरेको कुकुर खाइरहेका थिए।  यस घटनाबाट उनी निकै भावविह्वल भए। कोरोना भाइरसका कारण उब्जिएको भोकमरीले भारतलाई कसरी तहसनहस पार्दै छ भन्ने देखाउन उनले यो दृश्यलाई सामाजिक सञ्जालमा राखे । 

तीन वर्षअघि छोरासँग सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना

२९ वैशाख, काठमाडौं । कोरोनाले संसारभरी अहिलेसम्म थाहा छैन कतिको घर उजाडेको छ तर भारतको भोपालमा यसका कारण एउटा टुटिसकेको सम्बन्ध पुनः जोडिएको छ । भारतीय मिडिया दैनिक भास्करमा प्रकाशित एक समाचार अनुसार तीन वर्षअघि सम्बन्धविच्छेद लिइसकेका श्रीमान्–श्रीमतीबीच पुरानो गठबन्धन जागृत भएको छ । र यसको पहल सासुले गरेकी छिन् । 

मान्छेहरु कोरोनासँग नडराएपछि खटाइयो ‘भूत’ स्वयंसेवक

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ । पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । 

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

प्रवास

खाडीमा ५१ नेपाली कोरोना संक्रमित, घरबाहिर निस्किए जेल

४ वैशाख, काठमाडौं । खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ भने ४ जना उपचारपछि कार्यस्थलमा फर्किएका छन् ।

लकडाउन उल्लंघन गर्ने २० नेपाली मलेसियामा पक्राउ

२ वैशाख, क्वाललम्पुर । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा २० जना नेपाली पक्राउ परेका छन् । विभिन्न समयमा लकडाउन उल्लघन गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । गत मार्च ३० तारिखमा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली पक्राउ परेका थिए ।

साउदी अरेबियाको भिसा सकिएकाहरुको भिसा अवधि तीन महिना थपिने

२९ चैत, काठमाडौं । साउदी अरेबियाको भिसा फेब्रुअरी २५ देखि मे २४ सम्म सकिएकाहरुको भिजा निशुल्क तीन महिनाका लागि बढाएको छ । साउदी अरेबियाको प्रेस एजेन्सीले यस सम्बन्धी जानकारी दिएको हो । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि कर्फ्यूसहितका नियम लागु गरेको छ ।

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

इतिहास /अध्यात्म

पुग्नैपर्ने पर्वतः आकाशमा उड्नेदेखि पानीमा गुड्नेसम्म

पर्वत ।
नेपालको चौंथो सानो जिल्ला भइकन पनि पर्वत पर्यटकका लागि उपार छ। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ।

यी हुन् गुल्मीका घुम्नै पर्ने ठाउँहरू

संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिन्छ । सामरिक महत्व बोकेको हालको गुल्मी जिल्लामा लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । गुल्मी जिल्ला नेपालको पर्यटकीय क्षेत्रको रूपमा अत्यन्त्यै सम्भावना बोकेको जिल्ला हो ।

सुन्दर सुदुरका सानहरू

३ माघ, काठमाडौँ ।
पर्यटनका हिसाबले सुदूरका जिल्लामा थुप्रै धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। शुक्लाफाँटा र खप्तड पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। अपि बेस क्याम्प, बडिमालिका र रामारोशन पनि उत्तिकै मनमोहक छ। कलकल बग्ने कर्णाली , महाकाली नदि , घोडा घोडी ताल , सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका सानहरू हुन् ।

हामी

सम्पादक : विष्णु पोखरेल
डेस्क : डिबि निर्दोष, पुजा पराजुली ,  तुलसी बोगटी
संवाददाता : मोहन बेल्वासे, रामचन्द्र पोखरेल, कुमार गौतम, दिपक लामा 
प्रदेश १ संयोजक : कमल भट्टराई 
प्रदेश २ संयोजक :  राकेश यादव 
प्रदेश ४ संयोजक : सृजना पन्थी 
प्रदेश ५ संयोजक : जफर अली
प्रदेश ६ संयोजक : रामचन्द्र न्यौपाने
प्रदेश ७ : टेक सोडारी 
हुमाकान्त पोखरेल (गुल्मी )लक्ष्मी प्रसाद पौडेल (अमेरिका)  पूर्णिमा न्यौपाने (कतार) 
क्यामेरापर्सन : विजय भण्डारी 
मार्केटिङ म्यानेजर : शारदा पौड्याल (९८६१८१८८९९)
कर्पोरेट कार्यालय : तीनकुने काठमाडौ । 
सम्पर्क : ०१५१९२०३२,९८५११९४८७०
ईमेल : news.newssewa@gmail.com
             ad.newssewa@gmail.com
Top