आतङ्कवाद विरोधी सैनिक गठबन्धन निर्माण


Tuesday, 15 Dec, 2015 2:54 PM
रियाद, २९ मङ्सिर । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ ।

प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ ।

आतङ्कवादका विरुद्धमा आक्रमण तथा कारबाहीका लागि स्थापित सो गठबन्धनका मुख्य कार्यालय साउदी अरेबियामा रहने बताएको छ ।
साउदी अरेबियाको रियादमा रहने सो गठबन्धनले आतङ्कवाद बिरुद्धको सैनिक कारबाहीलाई समन्वय गर्नेछ । उक्त गठबन्धनले सैनिक सहयोग र समन्वयको काम गर्ने जानकारी दिइएको छ ।

उक्त गठबन्धनले अरेबियाली देशहरुमा आतङ्कवादका कारण पछिल्लो समयमा उत्पन्न समस्याको समाधानका उपायहरुको खोजी गरी त्यसको समाधानमा काम गर्ने बताइएको छ ।

साथै यसले आतङ्कवादका विरुद्धमा संसारमा नै पछिल्लो समयमा सुरु भएको संघर्षमा सघाउने पनि अर्र्को एक समाचारमा उल्लेख गरिएको छ ।
साउदी अरेबियाका नायब युवराजाधिराज एवम् रक्षामन्त्री मोहमद बिन सलमान अल साउदले विश्वमा आतङ्कवादका विरुद्धमा जारी रहेको लडाईंमा यस गठबन्धन पनि एक सशक्त साझेदारका रुपमा रहेर कामगर्ने जानकारी दिनुभएको छ ।

यस गठबन्धनमा ३४ वटा अरेबियाली मुलुक रहेका छन् भने विश्वका अरुपनि इन्डोनेसियालगायतका १० भन्दा बढी मुस्लिम देशले यस गठबन्धनका लागि सहयोग गर्ने बाचा गरेका पनि उहाँले जानकारी दिनुभयो ।

यस्तो खालको गठबन्धनको माग संयुक्त राज्य अमेरिकाले गरेको हो । संयुक्त राज्य अमेरिकाले विश्वमा आतङ्कवादले नागरिकका बाच्न पाउने नैसर्गिक अधिकारहरुप्रति पनि धावा बोलिरहेकोले यस्तो समयमा इस्लामिक अतिवादीहरुका विरुद्धमा लडन् संसारका हरेक क्षेत्र र राष्ट्रमा गठबन्धनको आवश्यकता रहेको आह्वान गरेको थियो ।

यस गठबन्धनमा रहेर ती देशहरुले पछिल्लो समयमा आइएसले मच्चाएको आतङ्कका विरुद्धछमा प्रतिवाद गर्नुपर्नेछ ।यस गठनबन्धन आइएसका विरुद्धमा लड्नका लागि निर्माण भएको होइन त भन्ने प्रश्नको जवाफमा सलमानले भन्नुभयो– यसले जस्तोसुकै पनि आतङ्कवादका विरुद्धमा लड्ने छ र एक भएर आतङ्कवादको प्रतिवाद गर्नेछ ।

यसअघि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन निर्माण भएको छ र त्यसले आइएसका विरुद्धमा लडिरहेको पनि छ ।
त्यस सैनिक गठबन्धनमा फ्रान्स, बेलायत र जर्मनी पनि रहेका छन् । ती राष्ट्रका सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा भन्दै सिरियामा हवाई आक्रमण गरिरहेका छन् ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top