​कतै तपाईं पार्टनरको ‘एब्युसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ?


Wednesday, 3 Feb, 2021 3:49 PM
एजेन्सी । प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि समन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना हुन्छ । जब एक अर्काप्रति भरपूर प्रेम र आदर हुन्छ तब मानिस आफ्नो पार्टनरप्रति पूर्ण समर्पित हुन्छ । बदलिदैँ गएको समाजको रहनसहन र दैनिकीले आजभोलि हरेक सम्बन्धमा केही न केही समस्या पैदा हुन थालेका छन् । सामान्य भन्दा सामान्य कुरा हुने झै–झगडा र विवाद आजभोलि सामान्य नै भइसकेको छ तर तपाईंको पार्टनर सधैँ त्यही कुरा गर्छ जसले तपाईंको सम्बन्धमा मनमुटाब गराउँछ । यसलाई ‘इमोशनल अत्याचार’ पनि भन्ने गरिन्छ । भावनात्मक रुपमा चोट पुग्दापुग्दै कतिवेला त्यो सम्बन्ध ‘एब्यूसिव रिलेशनशिप’ मा बदलिसकेको हुन्छ कसैलाई थाहा नै हुँदैन ।
के हो ‘इमोशनल अत्याचार’ ? 
शोषण वा अत्याचारको कुरा गर्दा धेरैको मनमा शारीरिक शोषण हो भन्ने धारणा पाइन्छ । तर शोषण भावनात्मक पनि हुन्छ । यदि कोहि मानिस तपाईंले शब्दले वा रिसले तपाईंलाई पीडा दिन्छ भने वा शब्दबाटै तपाईलाई नियन्त्रणमा राख्ने प्रयास गर्छ भने त्यसलाई ‘इमोशनल अत्याचार’ भनिन्छ । भावनात्मक शोषणले सम्बन्धलाई खोक्रो बनाइदिन्छ । त्यतिमात्र होइन यसले मानिसलाई भित्रभित्रै घुनले जस्तै खोक्रो र खाली बनाइदिन्छ । यस्तो भएको अवस्थामा आफ्नो पार्टनरसँग छलफल गरेर समयमानै समाधान खोज्न आवश्यक छ अन्यथा यस्तो सम्बन्धबाट बाहिर आउनुमा नै बुद्धिमानी हुने मनोविश्लषकहरु बताउँछन् । 
भावनात्मक शोषणका लक्षणहरुः
आदररसम्मान नगर्नु
सम्बन्धमा जति जरुरी माया हुन्छ उति नै जरुरी सम्मान र एकअर्काप्रति आदर हुन्छ । यदि तपाईं आफ्नो पार्टनरलाई पूर्ण रुपमा आदर गरिरहनुभएको छ तर बदलामा उसले तपाईंलाई सम्मान गर्दैन भने त्यसले समन्धमा विस्तारै चिसोपना पैदा गर्छ । किनकी यस्तो कुरा विस्तारै बढ्दै जाँदा अन्य मानिसको अगाडि पनि तपाईंलाई उसले अपशब्द प्रयोग गर्न सुरु  गर्न सक्छ । जसले सम्बन्ध विग्रदैँ जान्छ । 
पटक–पटक बेवास्ता गर्नु 
सम्बन्धमा दुवैको भावनाको कदर गर्नु जरुरी छ । यदि तपाईंको पार्टनर कुनै पनि कुरा गर्नको लागि तपाईंलाई बारम्बार दबाब दिन्छ भने तपाईं इमोशनल शोषणको सिकार भइरहनुभएको छ । चाहे त्यो कुनै कपडा लगाउन वा नलगाउन, कसैसँग बोल्न वा नबोल्न होस् यसले सम्बन्धमा विस्तारै दुरी बढाउँछ ।
‘इमोशनल ब्ल्याकमेल’ गर्नु 
केटा होस् वा केटी जो कोहीले पनि सम्बन्धमा इमोशनल ब्ल्याकमेल गरेर आफ्नो पार्टनरलाई कुनै पनि काम गर्न बाध्य पार्नु पनि शोषण हो । तपाईंलाई पार्टनरले बारम्बार भावनामा चोट पुग्ने गरी कुनै पनि गल्तीलाई लिएर ब्ल्याकमेल गरिरहेको छ भने त्यस्तो सम्बन्धबाट टाढिनु नै राम्रो हुन्छ । 
हरेक कुरामा होच्याउँनु 
यदि तपाईंको पार्टनरले तपाईंलाई जाति, लिङ्ग, उमेर वा व्यक्तित्वलाई लिएर बारम्बार मजाक उडाउँछ भने त्यसलाई पनि भावनात्मक शोषणको रुपमा लिइन्छ । यदि अन्य तेस्रो मानिसको अगाडि पनि तपाईंलाई होच्याउँछ भने सम्बन्धमा सुधार ल्याउँन जरुरी छ । 
ठूलो आवाजमा चिच्याउँनु 
तपाईंलाई तपाईंको सम्बन्ध जति नै राम्रो लागेपनि यदि तपाईंको पार्टनर तपाईंसँग चिच्याएर कुरा गर्छ भने सम्झिनुस् तपाईंप्रति तपाईंको पार्टनरमा कत्ति पनि सम्मान छैन । यदि त्यस्तो भइरहेको छ भने तपाईंले पार्टनरसँग बसेर छलफल गर्न जरुरी छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको 

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्। बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्। यसैबीच म्यानमारमा भएको 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top