वर्षदिन अघिको त्रासदी सम्झिँदै भाग्यले बाँचेका बालबालिका


Tuesday, 15 Dec, 2015 4:51 PM

पाकिस्तान, २७ मङ्सिर । मुबासिर सबन विद्यालयको प्रेक्षालयमा थिए । उनी अरु केही साथीहरुका साथ विद्यालयको सो प्रेक्षालयमा उभिएका थिए ।

त्यसैबेला अकस्मात केही हतियारधारीहरु विद्यालय प्रवेश गरे र कतै पनि केही नहेरीकनै अन्धाधुन्ध बन्दुक पड्काउन थाले ।

बन्दुक उनीहरु उभिएतिरै तेर्साइएको थियो । उनको टाउकोको पछिल्लो भागबाट पहिलो गोली गयो । त्यसपछि अर्को गोली आयो र उनको देब्रे हात हँुदै गयो भने तेस्रो गोली उनको हातमा लागेपछि उनी भुइँमा ढले ।

त्यस आक्रमणमा परी १५० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसमा प्राय बालबालिकाहरु नै परेका थिए । सानो सङ्ख्यामा मात्र शिक्षक शिक्षिका र अरु कर्मचारी थिए ।

गत वर्षको डिसेम्बर १६ मा सो त्रासदीपूर्ण घटना भएको थियो । आज सो घटनाको ठ्याक्कै एकवर्ष पुगेको छ । यस वर्षदिनसम्म पनि शुभन र उनीजस्ता अरु पनि कैयौँ साना नानीबाबुहरु त्यसै विद्यालयमा अध्ययन गरिरहेका छन् ।

कतिपय कक्षा कोठा पनि तीनै हुन् जहाँ तालिवान आतङ्कवादीहरु प्रवेश गरेर कक्षा कोठामै गोली हानेका थिए ।
आज तीनै कक्षाकोठाहरुमा उनीहरुले पढिरहेका छन् । उनीहरुले यो वर्षदिनलाई बिर्सिएका छैनन् आजै होकि जस्तो गरी बयान गर्ने गर्छन् ।

त्यसदिन अधिकांश विद्यार्थीहरु प्रतिक्षालयमा रहेका थिए । त्यसैले नै तालिवानहरुले पनि पहिला सोही स्थानमा गोली हानेका थिए ।

त्यस त्रासदीमा बाँचेकाहरु निरन्तर विद्यालय आएका छन् । तीमध्ये कतिपय अझैपनि घाइते छन् भने केहीलाई पक्षघात भएको छ ।

उनीहरु पनि सवारीको सहारामा विद्यालय आउँछन् र उनै पुरानै साथीहरुसँग अध्ययन गरिरहेका छन् । त्यस घटना देखेका अधिकांश बालबालिका अहिले पनि टोलाउँछन् र आफ्ना साथीहरुको स्मरणमा कुनै बेला आँशु झार्ने गर्छन् ।

सोह्र वर्षीय शुभनले भने– मलाई सानोतिनो काम गर्न पनि निकै गाह्रो हुन्छ, सक्दिन । म बिर्सिन खोजेपनि त्यस दिनको घटना पूरै स्मरण गर्छु र मन खिन्न हुन्छ ।

अघिपछि भन्दा पनि आफू एक्लो हुँदा मारिएका साथीहरुको याद आउछ भन्छन् उनी । सो आक्रमणमा परी उनका साथीहरु मारिएका थिए । त्यस घटनामा मारिएका साथीहरुलाई सम्झिँदा म केही पनि गर्नसक्दिन– उनी भन्छन् ।

आफूले छोरा बाँच्ने आशा गुमाएको भए पनि बल्लबल्ल बचाउन सकेको अनुभव सुुनाउँछन् उनका बाबु ।

उपचारपछि घर आएको पहिलो दिन घरको आफ्नो कोठामा उ छि¥्यो र ढोका लगाएर एक्लै बस्यो । भित्र रोइरहेको थियो । हामीले ढोका खोल्न निकैबेर गरेको आग्रहपछि मात्र उसले ढोका खोल्यो– शुभनका बुबाले भने ।

उनका बाबुले भने– उ एकदमै दुःखी छ आफ्ना साथीहरु मारिएकोमा । उसले यी सबै ज्यादतिहरु आफ्नै आँखाले देखेको छ, त्यसैले हामीले जति प्रयास गरेपनि उसको चित्त बुझाउन सकिँदैन ।

आमाबुबाको आक्रोष

यसैबीच पाकिस्तानको पेसारवरको त्यस विद्यालयमा तालिवानको आक्रमणबाट मारिएका साना नानीबाबुहरुका आमाबुबाले त्यस आतङ्ककारी आक्रमणपछि पनि बालबालिकालाई सोही विद्यालयमा पठनपाठनका लागि सुरक्षाको राम्रो प्रबन्ध गर्न नसकेकोप्रति सरकारसँग गुनासो पोखेका छन् ।

उनीहरुको आक्रोस तालिवानहरुसँग हुनु त स्वाभाविकै हो यसका अतिरिक्त उनीहरुले सरकारले दिएका वाचा पूरा नगरेकोभन्दै सरकारको पनि विरोध गरेका छन् ।

आफ्ना लालाबालाहरुका हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै आएका आमाबुबाले वर्ष दिनको सरकारको क्रियाकलापले आफूहरुको गुनासो नसुनेको बताएका छन् ।

उक्त हमलामा परी १३४ जना बालबालिका मारिएका थिए । साथै शिक्षक र कर्मचारी समेत गरी सो आतङ्ककारी हमलामा १५० जनाभन्दा बढी मारिएका थिए ।

उक्त हमलालाई आतङ्कवादी क्रियाकलापको रुपमा लिई सरकारले त्यसमा सम्लग्नहरुमध्ये केहीलाई मृत्युदण्डसम्मको सजाय पनि दिएको छ ।

तर पनि त्यस घटनाका बारेमा सरकारले कुनै सार्वजनिक प्रतिक्रिया दिने र सुरक्षा कमजोरीका लागि सरकार जिम्मेवार हुन नमानेकोप्रति भने उनका अभिभावकहरु बेखुसी रहेका छन् ।

मारिएका बालबालिकाका आफन्तहरुले उक्त घटनाको सत्यतथ्य छानबीनका लागि एकजना वरिष्ठ न्यायाधीशको संयोजकत्वमा छानबीन समिति गठन गर्न माग गरेका थिए ।

उक्त दुर्घटनाको वर्षदिन पुग्दा पनि सरकारले यस्तो आयोग गठन गरेर सरकारका तर्फबाट यसको आधिकारिक धारणा सार्वजनिक गर्न नसकेकोमा उनीहरु दुखी भएको बताएका हुन् ।

त्यस आतङ्कवादी हमलामा सम्लग्नताको प्रमाणका आधारमा सरकारले केही व्यक्ति पक्राउ गरेर अनुसन्धान पनि थालेको छ । सरकारले सबैजनालाई पक्राउ गरिसकेको जनाएको छ ।

ती मध्ये चारजनालाई यही डिसेम्बर २ मा मृत्युदण्ड दिइसकेको छ । त्यस्तै एकजनालाई भने आजन्म काराबासको सजाय सुनाएको छ ।

त्यस्तै बाँकी रहेका अरु दोषीलाई पनि मृत्युदण्डको सजायको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पाकिस्तानी सरकारले आफ्ना सन्तान गुमाएका अभिभावकहरुलाई धैर्य गर्न पनि आग्रह गरेको छ ।

आठजनालाई मृत्युदण्ड

यसैबीच पाकिस्तानबाट प्राप्त अर्को एक समाचारअनुसार पाकिस्तानमा मङ्गलबार मात्र आठ जनालाई मृत्युदण्डको सजाय दिइएको छ ।

पाकिस्तानी सरकारले यसअघि सो कानुन खारेज गरेकोमा गत वर्ष आएर पुनः उल्ट्याएको थियो । गत वर्ष डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा भएको बालबालिकामाथिको आक्रमणपछि सो सो कानुन पुनः ल्याइएको बताइएको छ ।

पेसावरको सो विद्यालयमा भएको बालबालिकाको आमहत्यापछि त्यसको वर्ष दिन पुग्न एक दिनमात्र अघिल्लो दिन सरकारले मङ्गलबार पाकिस्तानका विभिन्न जेलमा रहेका आठजना दोषीलाई यो सजाय दिइएको हो ।



गतवर्षको सो आमहत्यामा विद्यालयमा अध्ययनरत कम्तीमा पनि १३४ जना बालबालिकासहित १५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

मङ्गलबार पाकिस्तानको पञ्जाव प्रान्तका विभिन्न जेलमा रहेका ती अभियुक्तहरुले गरेका आतङ्कवादी क्रियाकलापहरु प्रमाणित भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय दिइएको हो ।

गतवर्ष पुनः सुरु भएको सो मृत्युदण्डको कानुनपछि देशमा कतिजनालाई यो सजाय दिइएको छ भन्ने बारेमा त केही बताइएको छैन ।

तर पनि अधिकारवादी संस्थाहरुले राखेको तथ्याङ्कअनुसार पाकिस्तानमा यो वर्षदिनमा कम्तीमा पनि ३०० जनालाई यो सजाय दिइसकिएको पाइएको बताइएको छ ।

अधिकारवादीहरुले यस कारबाहीलाई अन्यायपूर्ण भन्ने गरेका छन् भने पाकिस्तानी अधिकांश नागरिकले भने हत्या गर्नेलाई मृत्युदण्डको सजाय नै हुनुपर्ने बताउदै आएका छन् ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top