कोही नबस्ने विश्वको सबैभन्दा अग्लो भवन


Monday, 19 Aug, 2019 8:58 AM
२ भदौ, काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङयोङस्थित भव्य होटल निर्माणका निम्ति सन् १९८७ मा ठूलो भूभागमा तोडफोडको काम थालिएको थियो । पिरामिड आकारको अत्यधिक अग्लो भवन १ हजार फिट भन्दा माथिसम्म निर्माण गरिने भनिएको थियो भने कम्तीमा पनि तीन हजार कोठाको मनोरम दृश्य देखिने रेस्टुरेन्ट खोलिने योजना रहेको थियो । यसरी ‘रयुग्योङ होटल’ दुई वर्षमै आगन्तुकहरुका लागि खुला हुने आशा गरिएको थियो तर अहिलेसम्म सो योजना अधुरै छ । 

१९९२ मा सो भवनले योजना अनुरुप उचाइ हासिल गरेपनि १६ वर्षसम्म खालि कन्क्रीटका रुपमा रहनुपर्यो जसमा झ्याल समेत राखिएको थिएन । यसरी बाहिरबाट हेर्दा सिमेन्ट मात्र देखिने सो भवन भूतघर जत्तिकै भएको थियो । 

त्यसैले यसलाई ‘प्रलयको होटल’ भन्ने उपनाम समेत दिइएको छ । त्यसको वर्षौँपछि मात्र यसलाई धातु र सिसाले छापिएको हो र अहिले त्यसमा थुप्रै एलइडी लाइट जडान गरिएको छ जसले रातिको समयमा रङ्गीचङ्गी दृश्य प्रस्तुत गर्दछ । यतिका वर्षसम्म थुप्रैपटक यसको निर्माण कार्य रोकिँदै फेरि सुरु हुँदै गरेको थियो जसकारण पनि सो होटल ग्राहकका लागि खुल्ने नखुल्ने अझै निश्चित भएको छैन । तरपनि यो कोही नबस्ने विश्वकै सबैभन्दा अग्लो भवन हो । 

वास्तवमा र्युङयोङ होटल शीतयुद्ध र अधिक प्रतिस्पर्धाको नतिजा स्वरुप निर्माण भएको भवन हो । त्योबेला एउटा दक्षिण कोरियाली फर्मले सिङ्गापुरमा विश्वकै सबैभन्दा अग्लो होटल बनाएको थियो भने यता राजधानी सिओल चाहिँ १९८८ ओलम्पिकको तयारीमा जुटेको थियो ।  यस्तोमा उत्तर कोरियाले आफ्नो शत्रुभन्दा पछि नपर्न सो होटल निर्माण गर्यो भने १९८९ मा आफ्नै शैलीको ओलम्पिक समान खेलकुद आयोजना गरेको थियो जसमा यसले दक्षिण कोरियाको विश्वको सबैभन्दा ठूलो होटल बनाएको शिर्षक खोस्ने योजना बनाएको थियो । 

तर प्राविधिक समस्याका कारण भवनको निर्माण कार्य समयमा सम्पन्न भएन । तापनि यता सरकारले कार्यक्रममा अरबौँ खर्च गरिसकेको थियो जसले राज्यको पहिले नै कमजोर अर्थतन्त्रलाई झन तल पुर्यायो भने सोभियत युनियनको पतनले उत्तर कोरियाको आर्थिक सहयोगकको श्रोत पनि बन्द भयो । 

यसरी बाहिरी निर्माण कार्य सम्पन्न भएपनि १९९२ मा काम रोकियो र एउटा क्रेन भवनको टुप्पोमै रहिरह्यो । यसपछि कन्क्रिीटबाट मात्र बनेको सो भवनमा सन् २००८ मा इजिप्टका इन्जिनियरहरुले सिसा र धातु जडान गरि त्यसलाई नयाँ रुप दिए जसमा १ करोड ८० लाख डलर खर्च भएको थियो । सो कार्य २०११ मा सम्पन्न भयो जसपछि होटल छिटै खुल्नेबारे चर्चा सुरु भयो । तर भवनको निर्माण प्रक्रिया बलियो नभएको आशंकामा होटल खुल्न सकेन । तरपनि उत्तर कोरियाले २०१२ मा होटल भित्रका विभिन्न तस्बिरहरु सार्वजानिक गरेको थियो ।

यसरी २०१८ मा मात्र सो होटल जिवित भएको बताइन्छ जब त्यसमा एलइडी लाइट जडान गरिएको थियो र प्योङयोङको सबैभन्दा ठूलो ‘लाइट शो’ आयोजना गरिएको थियो । वर्षौँसम्म अँध्यारोमा बसेको होटल अचानक चम्किँदा अनौठो देखिएको प्रत्यक्षदर्शी बताउने गर्छन् । तरपनि विजुली खपतका कारण भवनमा सधैँ लाइट बालिँदैन । पछिल्ला केही वर्षमा यसको मर्मतमा विभिन्न कार्य गरिएको छ भने होटलको नाम समेत कोरियन र अङ्ग्रेजीमा लेखिएको थियो । तर अझैपनि त्यो होटल कुनैदिन खुल्न सक्नेप्रति शंका व्यक्त गरिएको छ । 

अहिले यो होटल प्योङयोङको सबैभन्दा अग्लो भवन भएपनि २०१७ मा लोटे वल्र्ड टावर कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो भवन बनेको हो । तरपनि अझै कोही नबस्ने भवनमा यो विश्वकै अग्लो मानिन्छ । वर्षौँसम्म निर्माण कार्य सम्पन्न नहुनुले सो होटललाई यसअघि शर्मनाक तुल्याएको थियो तर हालै जडान एलइडी लाइटले भने किम शासनलाई केही शान्त गराएको छ र भविष्यमा यसलाई गौरवका रुपमा पनि हेरिनेछ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top