अमेरिकामा नेपालीहरु धमाधम पक्राउ, कारागारमा बेग्लाबेग्लै राखियो


Wednesday, 20 Jun, 2018 1:38 PM
६ असार, काठमाडौं । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको र उनीहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ।

त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्यअमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ।

सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ।

एक्लाएक्लै
एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ।

उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने अवस्था छ।

चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो।

त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन्।

उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए।

पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताएको बोनामिचीले जनाएकी छन्।

सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसहरूले सांसदहरूलाई भारतमा आफूहरूलाई धार्मिक पृष्ठभूमिका कारण अप्ठेरो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए।

बोनामिचीको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए। शरण खोज्ने अधिकार भए पनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो।’

उनले त्यहाँ रहेका नेपाली बन्दीहरूसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन्।

वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए।

जोखिम
एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन्।

आप्रवासीहरूको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासीहरू जोखिममा रहेको बीबीसीलाई बताइन्।

‘उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन। कतिपयलाई चोटपटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन्। तर उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौँ।’

ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ।


आप्रवासी संकट
हालैका हप्ताहरूमा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र उनीहरूका बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघसहितका निकायले उनको आलोचना गरिरहेका छन्।

प्रयास
हालैका वर्षहरूमा मेक्सिकोको बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दक्षिण एसियालीहरूको संख्या बढ्दै गएको बताइन्छ।

द लस एन्जलस टाइम्सका अनुसार सन् २०१६ को अगस्टअघिको ११ महिनामा मात्रै ४ हजार भन्दा बढी बांग्लादेशी, भारतीय, नेपाली र पाकिस्तानीहरूले उक्त बाटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए।

त्यसको सात वर्षअघि उक्त संख्या २२५ मात्रै रहेको उक्त अखबारले जनाएको छ।

अमेरिकी सीमा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त अखबारले त्यसबेला अवैध रुपमा प्रवेश गर्न खोज्ने ३६ सयभन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको उल्लेख गरेको छ। बिबिसी

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top