norvic
global ime bank

आफ्नै दाइको हत्या गरेको आरोपमा तीन जना पक्राउ


Monday, 27 Jun, 2022 2:21 PM

१३ असार, काठमाडौँ । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो ।

प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रुपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिए । उनकाअनुसार मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरु दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेका खुलेको हो ।

उनीहरुले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शङ्कास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्णः कमल थापा

२ भदौ काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको
 

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ,काठमान्डौँ। दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको
 

अन्तर्राष्ट्रिय

भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

२ भदौँ ,काठमान्डौँ । भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

 काठमाडौं  । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए ।उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि

आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

 काठमान्डौँ। अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top