कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम


Monday, 11 May, 2020 9:55 AM
डा.खोमराज खरेल
(सहप्राध्यापक,अर्थशास्त्र, त्रिभुवन विश्वविद्यालय)


आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित देशहरुका लागि निकै ठुलो चुनौती बन्न सक्ने सम्भावना छ । 

नेपालको परिप्रेक्षमा एकातर्फ एउटा छिमेकी देश चीनले चालेका नियन्त्रणका उपायहरुबाट उक्त भाइरसलाई नियन्त्रण गर्न सफल भएकाले केही आशा गर्न सकिने अवस्था छ भने अर्कोतर्फ अर्को छिमेकी देश भारतमा यो भाइरसका कारणले गर्दा दिन प्रतिदिन संक्रमित  संख्या गुणनात्मक रुपमा बढ्दै गएको तथा खुला सिमानाको कारणले गर्दा स्थिति गम्भिर हुन सक्ने चुनौती बढ्दै गएकोछ । यसैगरी पाकिस्तान र बंगलादेशमा समेत संक्रमण र मृतुदरले गति लिएकाले नेपाल जस्तो सानो अर्थतन्त्र भएको अल्पविकसित भएको देशले परिस्थितिको आँकलन समयमा गरी यसबाट कसरी व्यवस्थापन गर्न सकिन्छ र देशलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषयमा सोच विकास गर्नु पर्ने देखिन्छ ।

चुनौतीहरु

बेरोजगारी बढ्ने सम्भावना :आर्थिक क्रियाकलापको संकुचनका कारणले गर्दा नेपालको आन्तरिक तथा वाह्य श्रम बजारमा रोजगारीका अवसरहरु घट्दै गएका छन् । नेपालबाट आ.व. २०७५।०७६ सम्म भारत बाहेकका देशहरुमा मात्र करिव ४३ लाख ६० हजारको हाराहारीमा श्रमशक्ति रोजगारीका लागि गएको देखिन्छ । यदि कोरोनाको कारणले गर्दा वाह्य श्रम बजारबाट ४० प्रतिशत मात्र नेपालीले रोजगारी गुमाएमा आन्तरिक श्रम बजारमा १५ देखी २० लाखको हाराहारीमा बेरोजगार जनशक्ति थपिने देखिन्छ जसले गर्दा आन्तरिक र वाह्य श्रमशक्तिका कारणले गर्दा बेरोजगारीको समस्या गम्भिर बन्न सक्ने देखिन्छ । त्यसैले समयमा नै श्रमशक्ति व्यवस्थापनको योजना नबाइएमा देशका लागि बेरोजगारीको समस्या प्रतिपादक हुने सम्भावना देखिन्छ ।

विप्रेक्षणमा आयमा गिरावट : विप्रेषण आयको आधार भनेको वैदेशिक रोजगारी हो । आ.व. २०७४।७५ मा औपचारिक माध्यमबाट मात्र करिव ७५५ अर्ब नेपाली मुद्रा बराबरको  आय देशमा भित्रिएको थियो जुन नेपालको कुल गार्हस्थ आयको करिव २५ प्रतिशत भन्दा बढी हुन आउँछ । यसैगरी आ.व. २०७५।७६ मा नेपाल राष्ट्र बैंकको आँकडा अनुसार करिव सो आयमा करिव १६ प्रतिशतले वृद्धिभई रु. ८७९.३ अर्ब बराबरको विप्रेषण आय नेपालमा भित्रिएको देखिन्छ । अघिल्ला ५ बर्षहरुको औसत विपे्रषण आय ६५५.२६ अर्ब भन्दा बढी नेपालमा भित्रिएको देखिन्छ  भने सोही अवधिमा विप्रेषण आयले नेपालको कुल गार्हस्थ उत्पादनमा औसतमा २७.४२ प्रतिशत भन्दा बढी योगदान गरेको पाइन्छ । त्यसैले वैदेशिक श्रमबाट आएको विप्रेषण आयले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएकोछ । यदि नेपालको अघिल्लो बर्षको विप्रेषण आयमा कम्तिमा ३० प्रतिशत मात्र कमी भएमा करिव २६३.८ अर्ब बराबरले कमी आउने देखिन्छ जसले गर्दा विप्रेषण आयको जि.डि.पी.मा भएको योगदानको ५ प्रतिशत भन्दा बढीले गिरावट आउने देखिन्छ ।

विदेशी मुद्रा संचितिमा कमी : नेपालको २०१९ मार्चको बीचसम्म विदेशी मुद्राको संचिति ९.५७ अर्ब बराबर अमेरिकी डलर भएको थियो भने अघिल्लो बर्ष जुलाई २०१८ मा १०.०८ अर्ब बराबर अमेरिकी डलर संचिति भएको थियो । नेपालमा विदेशी मुद्राको स्रोत मध्ये प्रमुख क्षेत्र वैदेशिक रोजगारी बनेको छ भने यसबाट ६० प्रतिशत भन्दा बढी  विदेशी मुद्रा विप्रेक्षण आयका रुपमा देशमा भित्रिएको देखिन्छ । अहिले कोरोना भाइरसको महामारीका कारणले गर्दा विप्रेषण आयमा नकारात्मक प्रभाव पर्न गई विदेशी मुद्राको संचितिमा कमी आउने र देशमा मौद्रिक संकट बढ्न सक्ने  जोखिम बढेकोछ । 

बाह्य सहयोगमा कमी : यो अदृश्य भाइरसका कारणले गर्दा विश्व मानवका आर्थिक क्रियाकलापहरु मात्र नभएर सम्पूर्ण मानवीय क्रियाकलापहरुलाई पनि नराम्रोसँग  प्रभाव पारेकोले विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरु समेत त्रायीमान बन्दै गएकाले धेरै जसो देशहरुले आंशिक तथा पूर्ण रुपमा लकडाउन गरेका छन् । यसले गर्दा आगामि दिनहरुमा नेपाल  जस्ता कमजोर अर्थतन्त्र भएका देशहरुलाई दिइने आर्थिक सहयोग समेत कटौतीगर्न सक्ने सम्भावना भएकाले  नेपाल जस्ता देशहरुले आफ्नो आर्थिक क्षमतामा वृद्धि गर्नुपर्ने देखिन्छ ।

पर्यटन क्षेत्रमा प्रभाव :
 नेपालको अर्थतन्त्रमा सम्भावना भएका क्षेत्रहरु मध्ये पर्यटन एउटा महत्वपूर्ण क्षेत्र हो । नेपाले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणागरी सो अवधिमा करिव २० लाख विदेशी पर्यटकहरु देशमा भ्रमण गराउने लक्ष्य राखी विभिन्न क्रियाकलापहरु अघि बढाएको थियो तर भ्रमण बर्षको शुरुमै कोरोना भाइरसको महामारी नेपालमा भ्रमण गर्ने देशहरुमा फैलिन शुरु ग¥यो र क्रमश नेपालमा समेत त्यसको प्रभाव देखापर्न थालेकोले नेपाललाई सो भ्रमण बर्ष रद्द गर्नुपर्ने वाध्यता आइलाग्यो ।  नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान सन्तोषजनक नै देखिन्छ । यस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा करिव २ प्रतिशतको  योगदान रहेको छ भने विदेशी मुद्राको आयमा ६ प्रतिशत भन्दा बढी योगदान देखिन्छ ।पर्यटन क्षेत्रमा परेको प्रभावबाट नेपालको विदेशी मुद्रा संचिति र कुल गार्हस्थ उत्पादनमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

राजश्व संकलनको लक्ष्यमा प्रभाव : नेपाल सरकारले आ.व. २०७६।७७ को बजेटमा राजश्व परिचालनबाट रु. ९८१.१३ अर्बको लक्ष्य राखेकोमा गत माघ महिनासम्ममा रु. ५१५.९० अर्ब बराबरको राजश्व परिचालन गरेको थियो भने रु.४६५.२३ अर्ब (४७.४२ प्रतिशत) राजश्व परिचालन हुन बाँकी छ । कोरोनाको महामारी र लकडाउनका कारणले गर्दा राजश्व संकलनमा उदार नीति अपनाएको हुनाले  सरकारको राजश्व परिचालनको लक्ष्य पुरा हुन कठिन देखिन्छ ।

बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा असर :बैंक तथा वित्तीय संस्था  र बीमाका क्षेत्रमा पनि यसको नकारात्मकप्रभाव पर्न थालेको छ । बैक तथा वित्तीय संस्थाहरुमा बचत, ऋण, ब्याजदर र जनशक्ति व्यवस्थापन जस्ता विषयमा क्रमश समस्याहरु देखा पर्न थालेका छन् । बैकिङ्ग क्षेत्रमा बचतमा कमी आई वित्तीय संकट आउन सक्ने सम्भावना देखिन्छ । यसैगरी बीमा क्षेत्रले लगानीका क्षेत्रमा विविधिकरण नगरेमा आन्तरिक र बाह्य बजारमा प्रतिस्पर्धी बोनस दर कायम गर्न मुश्किल पर्ने देखिन्छ ।

मैद्रिक तरलतामा संकट :यदि कोरोना भाइरसलाई आन्तरिक र विश्वव्यापी रुपमा नियन्त्रण गर्न नसकेमा आर्थिक क्रियाकलापमा शिथिलता आउने हुनाले पैसावालले मुद्रा संचित गरेर राख्न सक्ने सम्भावना भएकोले मुद्राको चलायमानमा कमी आई मौद्रिक तरलतामा संकट उत्पन्न हुन सक्ने सम्भावना छ ।

नेपाली मुद्राको विदेशी विनिमय दरमा गिरावट : देशको अर्थतन्त्रका समष्टिगत परिसूचकहरुमा नकारात्मक प्रभाव परेका समयमा त्यो देशको मुद्राको  विनिमय दर घट्दै जान्छ । कोरोना भाइरसका संत्रास र लकडाउनका कारणले गर्दा देशभित्र आर्थिक क्रियाकलापहरु शिथिल बन्दै गएका छन् । यसले गर्दा देशमा एकातर्फ उत्पादकत्व घट्दै गएको छ भने अर्कोतर्फ बेरोजगारी बढ्ने खतरा छ  । यसले गर्दा नेपाली मुद्राको क्रयशक्ति तथा विनिमय दर क्रमश घट्न थालेको छ ।

यसबाट क्रमशः औद्योगिक क्षेत्र तथा सेवा प्रदायहरुका क्रियाकलापहरु क्रमश घट्दैछन्। जनताको दैनिकी असहज र प्रतिकुल बन्दै गएकोछ । विशेषगरीदैनिक ज्यालादारीमा जीवन धान्नेहरु, न्युन आय भएका व्यक्तिहरु तथा साना तिना व्यवसाय गरेका व्यक्तिहरुको दैनिकीमा छोटो समयमा नै प्रतिकुल प्रभाव पर्न थालेको छ । यसरी समष्टिगत रुपमा देशको अर्थतन्त्र खुम्चिदै जान थालेको छ ।

सिक्नुपर्ने पाठ
यदि चीनले कोरोना भाइरसको फैलावट र प्रभावका बारेमा शुरुमै अनुमान गरी आवश्यक कदम चाल्न सकेको भए आज विश्व जगतमा यस्तो महामारीको अवस्था हुने थिएन् । जतिबेला चिनीयाहरु कोरोना भाइरसको महामारीसँग जुधिरहेका थिए त्यतिबेला अमेरिका लगायतका युरोपेली देशहरुका सरकार र जनताले यसलाई सामान्य ठानेका थिए ।नेपालसरकारले भने शुरुमा नै आफ्नो देशको क्षमता अनुसार आवश्यक कदमहरु चालेको कारणले गर्दा अहिलेसम्म मानवीय रुपमा प्रतिकुल अवस्था हुनबाट जोगिएका छौं । तथापि नेपाल यसको आन्तरिक र विश्वव्यापी प्रभावबाट नेपालको अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावबाट जोगिनका लागि आवश्यक कदम चाल्नु आवश्यक देखिन्छ ।

जनशक्ति व्यवस्थापन : कोरोनाको विश्वव्यापी प्रभावका कारणले गर्दा नेपाली श्रमिकले विदेशी बजारमा रोजगारी गुमाउनु पर्ने अवस्था भएकोले ठुलो संख्यामा विदेश गएको जनशक्ति देशभित्र प्रवेशको क्रममा  रहेको छ । नेपाल योजनाबद्ध विकासको ६४ औ बर्षमा प्रवेश गरेता पनि उपयुक्त जनशक्ति व्यवस्थापन नीति ल्याई उचित योजना बनाउन नसकेमा विश्व श्रम बजारमा परेको प्रभावका कारणले गर्दा यो समयमा ठुलो समस्या देखा पर्न सक्दछ । कोरोनाको महामारीले गर्दा एकातर्फ आन्तरिक श्रम बजार साँगुरिदै जाने अवस्थामा छ भने अकोतर्फ सम्भावित वाह्य श्रम बजारमा नेपाली श्रमिकको माग घट्दै गएकोले जनशक्ति व्यवस्थापनको चुनौती बढ्दो छ ।  अबको पाटो भनेको नेपाल सरकार तथा निजी क्षेत्रले जनशक्ति व्यवस्थापनको उचित नीति तथा योजना बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।

कृषि उत्पादनमा आत्मनिर्भरता :नेपालको कुल जनसंख्याको ६०प्रतिशत भन्दा बढी मानिसहरु आजसम्म पनि कृषि क्षेत्रमा निर्भर रहेता पनि हामी कृषि उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौं । अहिले पन्ध्रौ योजनामा प्रवेश गर्दासम्मपनि कृषि उत्पादनमा आत्मनिर्भर हुने विशेष कार्यक्रम बनाई कार्यान्वयन गरेका छैनौं । नेपालले आ.व. २०१७।१८मा नेपालको वैदेशिक व्यापार अन्तर्गत खाद्य वस्तु, जीवजन्तु, वनस्पति तेल तथा बोसो पदार्थको वैदेशिक व्यापारमा ९७.६८५ अर्ब बराबरको व्यापार घाटा व्यहोर्नुले पनि नेपालको परनिर्भरताको वास्तविक चित्रण देखाउँछ ।अहिले नेपालको कृषि क्षेत्रमा आश्रित अधिकांश परिवारका सदस्यहरु स्वदेश फर्किने क्रममा रहेकाले उक्त जनशक्तिलाई अल्पकालीन र दीर्घकालीन कृषि योजना बनाई परिचालन गर्न सकेमा नेपाललाईकृषि उत्पादनमाआत्मनिर्भर बनाउन सकिने अवसर देखिन्छ । यो समयमा कृषकले उत्पादन गरेका छिट्टै बिग्रेर जाने उत्पादनहरुलाई तीनै तहका सरको समन्वयनमा व्यवस्थापन गर्न आवश्यक छ ।

आपतकालीन मुद्रा व्यवस्थापन : कोरोनाको महामारीका कारणले गर्दा लगानीकर्ताहरुले आफुसँग भएको मुद्रालाई संचित गरेर राख्दछन् । यदि कोरोनाको महामारी लामो समयसम्म रहिरह्यो भने एकातर्फ लगानीकर्तासँग भएको मुद्रा फिज भएर रहन्छ भन्ने अर्कोतर्फ आर्थिक क्रियाकलापहरुको संकुचनताका कारणले गर्दा बजारमा मुद्राको संकुचन हुन गई देशमा आर्थिक समस्या उत्पन्न देखा पर्न सक्ने सम्भावना छ ।  त्यस्तो अवस्था आउनु भन्दा पहिले नै सरकारले आपतकालीन मुद्रा व्यवस्थापन गर्नका लागि भारतमा मोदी सरकारले अवलम्बन गरेको नोटबन्दी नीतिलाई लागु गर्नुपर्ने अवस्था हुन्छ । त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न पनि सरकार तयार हुनु पर्दछ ।

व्यापार घाटा व्यस्थापन :नेपालको अर्थतन्त्रको प्रमुख विशेषता मध्ये व्यापार घाटा एक हो । प्रत्येक बर्ष नेपालको व्यापार घाटा बढ्दो छ । यो महामारीको अवस्थामा सम्भावित क्षेत्रको पहिचान गरी ती क्षेत्रको उत्पादकत्वमा वृद्धिगरी आयात व्यापारलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई प्रवद्धन गर्ने उपायहरुको खोजी गरिनु पर्दछ । ती उपायहरुमा कृषि तथा पशुपन्छि, बोसोजन्य उत्पादनमा आत्मनिर्भरता, जलविद्युत् उत्पादन बढाई इन्धन पदार्थहरुको आयातलाई प्रतिस्थापन गर्ने, सूर्तितथा मदिराजन्य पदार्थको निर्यात रोक्न स्वदेशमै विकल्प निमार्ण गर्ने र विलासियताका वस्तुहरुको आयातमा कमी गर्ने जस्ता नीति लगाउन सकेमा नेपालको व्यापार घाटा कम हुन सक्ने अवसर छ ।

विपत्त व्यवस्थापनमा सामर्थ बढाउने : देशमा विभिन्न समयमा विभिन्न प्रकारका महामारी तथा  विपत्तहरु आईलाग्ने गर्दछन् । विपत्त एक देशमा मात्र देखापर्नेवा विश्वव्यापी रुपमा देखा पर्ने गर्दछ ।२०७२ सालको महाभुकम्पनेपालमा मात्र आएकोले त्यसलाई व्यवस्थापन गर्नसंसारका विभिन्न देश तथा संघसंस्थाहरुले सहयोग गर्दा तआजसम्म पनि राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन् । अहिलेको कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएकोलेप्रत्येक देश आफ्नो देशको समस्या समाधान गर्न लाग्नुपर्ने भएकोले हरेक देशले देशभित्र देखापर्ने विपत्त तथा महामारीलाई व्यवस्थापन गर्न सक्ने सामर्थ बनाउनु आवश्यक रहेछ भन्ने  शिक्षा यसबाट सिक्नु पर्दछ र  त्यसका आवश्यक पूर्वतयारी गर्नु पर्दछ ।

लकडाउनको निरन्तरता भन्दा सिमाव्यवस्थापनको आवश्यकता : अहिले सरकारले लकडाउनलाई निरन्तरताको नीति अवलम्बन गरेको छ । नेपाल भन्दा संक्रमितको संख्या भएका देशहरुले लकडाउनलाई कडा गर्ने भन्दा यसलाई वैज्ञानिक व्यवस्थापन गर्न तर्फ जोड दिएका छन् । जस्तै दक्षिण कोरिया जहाँ नेपालमा भन्दा धेरै गुणा संक्रमितको संख्या जसले अन्य व्यवस्थापनलाई जोड दिएकोछ । यदि नेपालले लकडाउनलाई यहि शैलीमा निरन्तरता दिइरह्यो भने कोरोना भाइरसको कारणले भन्दा अन्य कारणहरुले गर्दा मानिसहरुले बढी दुःख पाउने देखिन्छ । यसबाट उत्पन्न हुन सक्ने जोखिमहरुमा भोकमरी, बेरोजगारी, मनोवैज्ञानिक समस्या, शारीरिक गतिशिलता, स्वदेश प्रवेशमा उत्त्तेजना जस्ता जटिल समस्या आउन सक्दछन् ।त्यसकारण तीन तहका सरकारले जनताको मनोभावना, आर्थिक अवस्था, दैनिकीका समस्याहरु जस्ता विविध पक्षहरुको बारेमा शुक्ष्म किसिमले अध्ययनगरी सहयोग गर्न आवश्यक छ । यसैगरी भारतसँगको खुला सीमानालाई वैज्ञानिक व्यवस्थापन र चीनसँग जोडिएका नाकामा उचित व्यवस्थापन गर्न अझै जरुरी छ ।

अन्त्यमा, यो महामारीले देशमा सरकारको उचित योजना र पारदर्शियताको खाँचो औल्याएको छ । जनतामा अनुशासन, धैर्यता तथा संयमताको आवश्यकता देखाएको छ । यसैगरी देशमा निष्ठावान सरकार र जिम्मेवारी कर्मचारीको आवश्यकता खड्किएको छ । त्यति मात्र नभएर यो महामारीमा जनतालाई  कोरोना भाइरसको संक्रमण र मृतु हुनबाट बचाउन सके ठुलो अर्थतन्त्र भएको तुलनामा सानो अर्थतन्त्र र अल्पविकसित देशहरु पनि  विपत्त व्यवस्थापन गर्न सक्षम छ भन्ने देखाउने अवसर निम्त्याएकोछ ।यी बाहेक अबका दिनहरुमा सरकार संचालनको शैलीलाई मितव्ययी र पारदर्शी बनाउने, जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने, विज्ञता, दक्षता र अनुभव तथा आवश्यकताका आधारमा  जिम्मेवारी दिने जस्ता सकारात्मक संस्कारको नजिर स्थापित गर्न सकेमा यो कोरोना भाइरसबाट सृजित महामारी जस्तो विषम अवस्थामा समेत समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारको नारालाई सफल बनाउन सान्दर्भिक हुने देखिन्छ ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top