कुशे औँशी र यसको महत्त्व


Wednesday, 19 Aug, 2020 9:06 AM
मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  मन अनि मस्तिष्कमा राख्नुपर्छ र पहिलो पाइला चालदाखेरी थामन् प्रयोग भएका हात बिर्सिने त कुरौ हुँदैन। तरपनि उहाँको सम्मानको लागि हामो हिन्दु संस्कृतिमा एउटा बिशेष दिन छुट्याइएको छ जस्लाई बाबुको मुखहेर्ने दिन भनिन्छ। जुन भाद्रकृष्ण आमावास्यका दिन पर्दछ।जुनदिनलाई कुशेऔँशी र गोकर्णे औँशी  पनि भनिन्छ। यसदिनमा बिशेष गरेर आफ्ना स्वर्गीय पितृको स्मरण गरी तर्पण पिण्डादि दान गर्ने यस शुभ दिनलाई पछि पिताको मुखहेर्ने दिनको रूपमा पनि मनाउन थालिएको पाइन्छ।औँशी  तिथिका देवता पितृ हुनुहुन्छ। औँशी तिथिमा पितृलोकमा मध्यदिन भएको हुन्छ। यो पितृको भोजनको लागि उपयुक्त समय रहेकाले पितृको तर्पण  श्राद्धगर्ने शास्त्रीय विधान  रहेको छ। औँशीका दिन गरिएको श्राद्धले पितृ तृप्त हुन्छन् र आशीर्वाद पनि प्रदान गर्दछन्।

आजकौ दिनमा स्वर्गीय पितृहरु उत्तर गयामा आएका हुन्छन्  र पुत्रले दिएको पिण्ड पाउछन्  भन्ने शास्त्रीय प्रमाण पाइन्छ।
यदि हामीले पीताको वचन जीवनभर पालन गर्यौ र मृत्युभएपछि लोकलाजले नभई सच्चा मनले क्रियाक्रम गरिदियौ बर्षदिनमा गयाश्राद्ध गरिदियौ भनेमात्र सच्चा पितृसम्मान हुन्छ।

‘जीवतो वाक्यकरणान्मृताहे भूरिभोजनात्।
गयायां पिण्डदानश्च त्रिभिःपुत्रस्य पुत्रता।

नत्र बर्षदिनमा एकपटक अनुहारपुस्तिका सजाएर केही पनि हुनेछैन।मनुस्मृति अनुसार गुरुभन्दा सयगुणा माथि पिताको स्थान दिइएको छ‘आचार्याणां शतं  पिता।।’। यसैगरी उपनिषद्ले पितालाई देवताको कोटिमा राखेका छन्। पितृ देवो भवू (तैत्तिरियोपनिषद १ः११) अर्थात्  पितृदेवता समान हुन्छन् ।
  कुश देव र पितृकार्यको लागि प्रयोग हुनेगर्छ।जस्को प्रयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने धार्मिक मत रहेको छ।कुशेऔँशीका दिन प्रातः सप्तमृतिका लेपन गरेर मेरो पाप हरण गर्नुहोस् भनेर स्नान गरि सकेर आाफ्नो जप नित्यपूजा गर्नुपर्दछ।त्यसपछि  कुशभएको ठाउँमा गई पवित्र ठाउँको कुश पूर्वउत्तर फर्कि विशेष मन्त्र उच्चारण पुर्वक हुँ फट् भन्दै उखेली घरमा भित्राएको कुश एक वर्ष सम्म प्रयोग गर्न सकिन्छ भन्ने धार्मिक मान्यता छ।जसको मन्न गर्नाले रक्षा हुन्छ त्यो नै मन्त्र हो। मननात त्रायते यत तत् मन्त्रमू।कुश उखेल्दा भन्ने मन्त्र यसप्रकार रहेको छ।
विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गज।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकर‍ो भव।।
पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।
हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत्।।
अर्थात् ब्रह्माका साथ जन्मिएर 
ब्रह्माबाटै पवित्रता पाएका हे कुश 
हाम्रो सम्पुर्ण पाप नाशगरी हाम्रो कल्याण गर।
कुशमा साक्षात ईश्वरको वास रहेको हुन्छ।
ूकुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः।
कुशमुले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि।।ू
हे पृथ्वी माता१अग्र भागमा शिव 


मध्य भागमा विष्णु र मुलभागमा ब्रह्मा निवास गर्ने कुश मलाई प्रदान गर्नुहोस भन्दै उखेल्नु पर्ने विधान पनि रहेको छ।
देवकार्यमा कुशका पवित्र,उपयवन,ब्रह्मा,कंकण,दण्ड आदि  बनाएर धारण गरिन्छ भने पितृकार्यमा पवित्र ब्रह्मा मटक  बनाउने गरिन्छ।कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ जुन विकल्प होद।नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ।जरा सहितको भागलाई कुतप भनिन्छ ।सात पात एकै नालमा भएको र तिल उम्रेको ठाउँमा उम्रेको कुश ( दर्भ )लाई शुभ मानिन्छ।अब कुशको उत्पत्तिको बिषयमा बुझौं ।

हाम्रा धार्मिक ग्रन्थअनुसार पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुन्द्रमा गयो।
त्यसपछि देविदेवताको आग्रहलाई  मानेर भगवान श्रीहरीले वराह रुप लिनुभयो र समुन्द्रमा गई हिरण्याक्षको उद्धार गरि पृथ्वीलाई आफ्नो दार्ह्रामा राखेर ल्याउनुभयो।भगवान् कार्यसम्पन्न भएपछि उग्रभएर कामन थाल्नुभएको थियोे र उहाले कामदा झरेका  रौं वाट कुशको उत्पत्ति भएको भनिन्छ।यहीँ कुरोलाई प्रस्टाउदै भगवान नारायणले गरुडलाइ भन्नुभएको छ ूदर्भा विभुतिर्मे तार्क्ष्य१मम रोमसमुद्भव।अतस्तत् स्पर्शनादेव स्वर्ग गच्छन्ति मानवाः।।
अर्थात् मेरो रौंवाट उत्पन्न भएको यो कुश मेरो विभुति हो।त्यसैले कुशको स्पर्श मात्रले पने मानिस स्वर्ग जान्छन्।स्कन्ध पुराण अनुसार पतिब्रता व्रिन्दाको श्रापले गर्दा विष्णु भगवान कुश हुनपरेको भन्ने प्रसन्ग पनि आउँछ।यस्तै कुशको महत्त्व र शास्त्र वचन पालनको धेरौ प्रसङ्ग शास्त्रमा आउँछन्  जस्ले कुशको महत्त्व बुझाउछन्।
एउटा प्रसङ्ग छ महाभारतमा – कुनै बेला भीष्म पिताको श्राद्ध गर्ने क्रममा पिण्ड दिन लागेका थिए साक्षात् पिता शन्तनु अगाडि प्रकट भएर हात थापे तर भीष्मले शास्त्रमा पिता प्रकट भएमा पिताको हातमा पिण्ड दिनु नभनेको सदैव कुशमाथि पिण्ड दिनु भनेकाले कुशमाथि नै पिण्ड दिए प्रकट भएका पिताको हातमा दिएनन्। यो देखेर पिता अत्यन्त प्रसन्न भएर भने ( शास्त्रको वचन पालन गरेर तिमिले यो अति नै उचित र फलदायी काम गरेउ्। मलाइ एसबाट परम तृप्ति मिल्यो। तिम्रो कीर्ति जताततैै फैैलियोस् र मनले चिताएको पुगोस्।  श्रीरामले आफ्ना पिता दशरथको श्राद्ध गर्दा पनि एस्तै भएको कुरा  रामायणमा पनि आएको छ ।
मिति २०७७साल भाद्र ३ गते ८ः९बजेसम्म औँशी  तिथि रहेको छ।त्यस उप्रान्त प्रतिपदा तिथि आरम्भ  हुन्छ। आजको दिन नै बाबुको मुख हेर्ने कुश भित्र्याउने दिन  हो।

ज्यो.पं. विष्णु प्रसाद खनाल


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top