norvic
global ime bank

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?


Tuesday, 9 Nov, 2021 8:58 AM
प्रमेश पोखरेल  
प्रचार तथा प्रकाशन विभाग प्रमुख अखिल नेपाल किसान महासंघ  
आइसिसि, लाभिया क्याम्पेसिना  

के हो समाजवाद र कस्तो समाजवाद?

हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् । हामी समाजवादलाई समाजको विकासवादी सिद्धान्तका आधारमा पुँजिवादी समाज भन्दा उच्च चरण तथा न्याय र समानतामा आधारीत समाजको रुपमा व्याख्या गर्न सक्दछौं । समाजवादी व्यवस्थामा सार्वजनिक स्वामित्वहुने, सामुहिक उत्पादन र वितरण प्रणालीहुने, राज्य नियन्त्रीत र निर्देसित अर्थव्यवस्था रहने, असमानता र शोषणमा कमि हुँदै न्याय र समता उन्मुख समाज हुने, व्यापक रुपमा औद्योगीकरण हुने, प्राय उत्पादनका साधनको राष्ट्रियकरण हुने, जनताको न्युनतम आम्दानी र रोजगारीको प्रत्याभुति, सामाजिक सुरक्षाको ग्यारेन्टीका कारण राज्य लोक कल्याण्कारी हुने, केन्द्रीकृत योजना र जनसहभागीतामा आधारीत विकास प्रकृया रहने, आर्थिक बृद्धिले फड्को मार्ने, राज्यले बस्तुको मुल्य निर्धारण गर्ने तथा आधारभुत बस्तुको सार्वजनिक खरिद र वितरणको व्यवस्था मिलाउने आदी विशेषता भएको व्यवस्था समाजवाद हो भन्नेमा धेरै सहमत छन् । अझ एकै वाक्यमा भन्दा योग्यता अनुसारको काम अनि काम अनुसारको दामको प्रत्याभुत हुने समाज समाजवादी समाज हो । कतिपयले सामाजिक र सांस्कृतिक रुपान्तरण तथा प्रविधिको विकास, मानवीय मुल्य मान्यता, सामुहिक सामाजिक जीवन पद्धति तथा प्रकृतिसँगको सन्तुलनलाई समेत समाजवादको आधार मान्दछन् । नेपालको संविधान २०७२ ले देशको आगामी मार्गदिशा समाजबाद (यद्यपी कस्तो समाजवाद भन्ने स्पष्ठता छैन) उन्मुख हुने स्पष्ट गरेको परिपेक्षमा त्यस तर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजिवी वर्गको हीत र सामुहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । 
के हो त सहकारी?
सहकारीको अर्थ सहकार्य हुन्छ । सह भनेको सँगसँगै वा समान तथा कारीको अर्थ कार्य–काम भन्ने हुन्छ । त्यसैले सामुहिक रुपमा आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमाथि उठाउन मिलेर गरिएको सहकार्य नै सहकारी हो  । अझ बृस्तित रुपमा भन्ने हो भने समान योगदान र कार्यको माध्यमबाट समान फाइदा प्राप्त गर्ने सहमतिमा संचालन हुने सामाजिक कार्य सहकारी हो । यसको उदेश्य आवद्ध सम्पूर्ण सदस्यको बहुआयामिक विकास र समृद्धिको लागि कार्य गर्नु हो । सहकारी सामुहिक र प्रजातान्त्रिक निर्णय प्रकृया, सामुहिक स्वामित्व सहित, स्वैच्छिक संगठन, राजनीतिक स्वायत्तता भएका तथा उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्नका लागि संगठन सामाजिक संगठन हुन् । सहकारी संस्थाहरु आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन । सहकारीले मजदुर, किसान, अल्पसंख्यक, महिला, आदिबासी, जनजाति, पिछडिएका समुदायलाई माथि उठाउनका लागि उद्यम मार्फत सक्षम बनाउन सक्छ । सहकारितामा समानता, सामाजिक न्याय र ऐेक्यबद्धता जस्ता मूल्य मान्यताहरूलाई आधारभूत रूपमा अंगीकार गरिएको हुन्छ । 
सिद्धान्तत समान योगदान र कार्यको माध्यमबाट समान लाभ प्राप्त गर्ने सहमतिमा संचालन हुने संगीठत सामाजिक  संगठनको रुपमा सहकारीहरुको उदेश्य आवद्ध सम्पूर्ण सदस्यको बहुआयामिक हीत र समृद्धिको लागि कार्य गर्नु हो तथा मजदुर, किसान, अल्पसंख्यक, महिला, आदिबासी, जनजाति, पिछडिएका आदी सर्वाहारा वर्ग तथा पछि  परेका समुदायलार्इ आत्मनिर्भर, सक्षम र समृद्ध बनाउन भुमिका खेल्नु नै हो । मुल्यका आधारमा सहकारी  संस्थाहरु आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातान्त्रिक तथा समानता, न्याय तथा ऐक्यवद्धतामा आधारित हुन्छन् ।  
मानव सभ्याताको विकाससंगै सुरु भएको सामुहिक कार्यको अभ्यासबाटै सहकारीको जन्म भएको मान्न सकिन्छ । यही सहकार्यबाट मानिसको सामाजिक सम्वन्ध, परिवार लगायतको उत्पति भएको मानवशास्त्रीय विष्लेषण पनि छ । त्यसैले आज पनि मानिसले विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक कार्यहरु सामुहिक रुपमा गर्दै आएका छन् । तर आधुनिक सहकारीको अभ्यास भने उन्नाइसौ सताब्दीमा युरोपबाट भएको हो । 
के सहकारी समाजवादी व्यवस्थाको आधार बन्न सक्छन् ?
समाजवादको यात्रामा अघि बढ्ने तथा आर्थिक रुपमा समाजवादका आधार निर्माण गर्नेबारे नेपालमा बहश सुरु गर्नैपर्ने हो तर यसबारे प्रयाप्त छलफल भएको छैन । अझ कस्तो समाजवाद ? त्यो  समाजवादमा उत्पादनका साधनको कसरी व्यवस्थापन हुने ? रोजगारी र सामाजिक कल्याणको व्यवस्था कसरी गर्ने  भन्नेबारे कम नै चर्चा छ । के सहकारी समाजवादी उत्पादन व्यवस्थाको आधार बन्न सक्दछन् या यसले  पूँजिवादकै विकासमा सहयोगी हुन्छन् र त्यसकै पक्षपोषण गर्दछन्? साच्चै के नेपालको परिपेक्षमा कृषि सहकारी  तथा उत्पादन सहकारीको विकास सहि दिशामा नभएको हो ? तथा आलोचकले भनेजस्तै के च्याउ उम्रीएसरि विकास  भएका ग्रामीण साहँमुहाजनको काम गर्ने यी वचत तथा रिण सहकारीले सहकारीलाई बदनाम गरकेै हुन् त ? त्यसोभए  सहकारीको विकासमा ध्यान दिनुपर्ने सवालहरु के हुन् ?आदी सहकारीका विविध आयामबारेकोचर्चा यहाँ महत्वपूर्ण देखिन्छ ।   
समाजवादको आधार निर्माण गरिरहदा हामीले वर्गीय असमानताको अन्त्य, सम्पूर्णमा रोजगारी, सामाजिक न्याय,  जनकल्याण, शोषणबाट मुक्ती आदीलाई जोड दिनुपर्दछ । उत्पादनका साधनमाथिको सार्वजनिक, सामुहिक र सहकारी  स्वामित्व र नियन्त्रण पनि समाजवादी अर्थतन्त्रको आधार हो । तर त्यसको निर्माणमा राज्यमाथि कसको नियन्त्रण छ भन्ने प्रमुख  सवाल रहन्छ । यदि राज्यमा माथिल्लो वर्गको आधिपत्य छ भने माथिका आधार सृजना गर्दैमा समाजवादमा पुगिदैन ।  त्यसैले समाजवादको यात्रामा अग्रसन हनुका लागि असमानता हटाउने र सामाजिक न्याय कायम गर्ने दिशामा राज्य  र मातहतका विभिन्न संयन्त्रहरुको पनि रुपान्तरण आवश्यक छ । हामीले यहाँ अर्थतन्त्रको रुपान्तरणको कुरा गरिरहदा  समाजवादको अवधारणा नै औद्योगिक क्रान्ति र पुँजिवादले सृजना गरको विभेद, शोषण र असमानताको बृद्धिसँगै व्यापक बनेको र यसले विविध रुपमा यस व्यवस्थाभित्र असमानताको जड रहकेो विर्सनु हुँदैन । सहकारीपनि यसै  पृष्टभुमिमा विकास भएपनि यसले मात्र समानता, न्याय र सामुहीत हीतको पक्षमा जोड दियो न की व्यवस्था परिवर्तनमा । त्यसैले सामान्य निष्कर्ष के भने यदि राज्यबाट प्रयाप्त नियन्त्रण र योजनाबद्ध विकास भएन भने सहकारीले समाजवादको आधार निर्माण गर्छ भन्नु सहि होइन । तर निश्चयनै सहकारीहरु असमानता कम गर्ने, सामुहिक लाभ प्राप्त गर्ने तथा तत्कालिक रुपमा विभिन्न उत्पादनमुलक कार्यको सामुहिक नेतृत्व र विकासमा महत्व राख्दछन् । यसले अहिले पुँजिवादकै मातहतमा काम गर्दछ । तर यसै व्यवस्थाभीत्र रहेपनि समाजवादका विशेषताका आधारमा सहकारीले काम गर्न सक्छ । सहकारी आन्दोलनले पुँजिवादको अत्यको माग राख्दैन यो त वैकल्पीक अभ्यासको कार्य हो । यसकारण पनि सहकारीले नाफा, शोषण र असमानताको विरुद्ध वैकल्पिक रुपमा उत्पादन कार्य गर्दछ । समाजवादी समाज आउदैगर्दा विस्तारैसम्पूर्ण स्रोत साधनमा जनताको अधिकार र सावर्जनिक तथा सामाजिक स्वामित्व हुने भएकोले सहकारीको आवश्यकता र भुमिका कम हँुदै जान्छ । तर नेपालजस्तो समाजवादको यात्रामा वामे सर्ने जमर्को गरेको देशमा हाल सहकारीलाई उचीत व्यवस्थापन, नियन्त्रण र उत्पादनमुखी बनाएमा यसले निश्चयनै स्रोत साधनको व्यवस्थापन, उत्पादन र वितरणमा न्यायसंगत प्रणालीको रुपमा काम गर्न सक्छ । तर यदि सैद्धान्तिक रुपमा नसोची सही दिशा निर्देश नगर्ने हो र हालकै रुपमा अघि बढ्ने हो भने यसले संविधानले र जनताले चाहे अनुरुपको समाजवाद निर्माणमा सहयोग निश्चय गदैन ।   
पुजिवादीहरु किन सहकारीको वकालत गर्दछन् भन्नेबारे स्पष्ट मत के भने पुजिवादीहरुले समाजवादी आन्दोलनलाई कमजोर बनाउने उदेश्यले यसलाई प्रयोग गर्दै आए । सामाजिक सुरक्षा र लोक कल्याणको नाममा श्रमिक आन्दोलनलाई कमजोर बनाउने मात्र गरेनन् समाजवादीहरुको मुल मन्त्र मानव अधिकार र मुक्ति (लोकतन्त्र) लाई त एन्जीओकरण र हाइज्याक नै गरे । समाजवादी आन्दोलनका लोकतन्त्र, न्याय, समानता, शोषण विभेद रहित समाज आदी एजेण्डाहरुका पनि उनीहरु कुरा गर्दछन् । यसै क्रममा औद्योगीकरण र पुजिँवादको विकासमा सफल सिद्ध भएको सरहकारीलाई समेत उपयोग गरे । त्यसैले सहकारीको विकास कुन राजनीतिक दर्शनका आधारमा गरिदैछ र यसको नेतृत्व कसले गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । पुजिवादीको नेतृत्वमा सहकारीले उनीहरुकै पक्षपोषण गर्दछ र गरिव जनताको विल्लीबाठ गराउँछ । तर बामपन्थ र समाजवादीको नेतृत्वमा यसले शोषण विभेद बाट मुक्त गर्दै समुहको सामुहित हीत र शशक्तीकरण गर्दछ । 
सहकारीबारे के भन्छन् त कार्ल माक्र्स, भ्लामिदीर लेनीन र माओसेतुङ्ग ?
समाजवादी दार्शिनक कार्ल माक्र्स, लेनीन तथा माओले पनि सहकारीलाई समाजवादी उत्पादन व्यवस्थाको आधार तथा पुँजिवादी व्यवस्थामा पनि उपयोगी स्थानीय जनताकेन्द्रित र वैकल्पीक साधनको रुपमा मानेका छन् । अहिले समाजवादी अर्थतन्त्रतर्फ अग्रसर चीन, क्युवा, भेनेजुयला, उत्तर कोरीया लगायतका देशमा पनि यसको विकास महत्वपूर्ण मानीन्छ ।  औद्योगिक क्रान्तिपछि श्रमिक वर्गको जीवनयापन कठिन भएको समयमा बलोयतका औद्योगिक मजदुरहरुले सुलभदरमा खाद्यान्नको आपूर्तिका निम्ति बभरोचडेल सोसाइटी फर इक्युटेवल पायोनियरब्भ् नामक सहकारीको स्थापना गरे पश्चात् विश्वमा आधुनिक सहकारी अभियानको शुरु भयो । 
अभियन्ताहरु रोबट ओवेन, विलियम्स किङ्ग, चाल्र्स फ्रुरियरहरुको विचारबाट सहकारीको विकासक्रम अगाडी बढ्र्यो र एक हिसावले ति व्यक्तिहरु समाजवादी विचारबाट प्रभावीत भएका मानीन्छ ।  लगभक यहि संदर्भमा कार्ल माक्र्सले सहकारीमाफर्त श्रमिक आफै मालिक वा पुजिपति बन्छन् भनेका छन् । सहकारीले सामुहिक उत्पादन  सम्वन्ध र सहभागीको हीतको काम गर्ने उनको व्याख्या छ । आफ्नो कार्य र श्रमको नियन्त्रण आफमौ रहने हुनाले  यसले पुँजिपतिहरुको शोषणबाट उनीहरुलाई मुक्त गर्दछ र सामुहिक रुपमा उनीहरुको कल्याणमा सहयोग पुग्दछ भन्ने  उनको व्याख्या हो । 

अक्टोवर क्रान्तिपछि लेनीनले सहकारीलाई निकै प्राथमिकताका साथ अगाडी बढाए । त्यसैले पनि सहकारीलाई  वैकल्पिक उत्पादन व्यवस्थाको आधार मानीन्छ । उनले नयाँ आर्थिक नीति लागु गरेपछि त्यस समयको रुसमा निजी  व्यवसाय र कम्पनीमा राज्यद्वारा निरीक्षण र नियन्त्रण भएकोले अव उनीहरुलाई पनि राज्य र जनताकै हीतमा काम  गर्ने वा उत्पादनका सब ैठलूा साधनहरूमाथि राज्यको अधिकार र  सर्वहारा वर्गको हातमा राज्यसत्ता भएकोले लाखौँ  किसानहरू तथा सर्वहारा वर्गलाई सहकारीमा आवद्ध गराउँदै उनीहरुको विकास गर्नुपर्ने मान्यता राखे । तर उनको  तर्क स्पष्ट के भन ेसहकारीहरु समाजवाद निर्माण्को प्रकृयामा महत्वपूर्ण हन्ुछन् तर समाजवादी समाजको स्थापनासँगै  त्यसको आवश्यकता पर्दैन । त्यस्तै माओत्से तुङ्गका अनुसार कृषिको सहकारी रूपान्तरण सफलतासाथ सम्पन्न गर्न  तथा समाजवादी औद्योगीकरण र निजी किसान अर्थव्यवस्थाबिचको ठूलो अन्तर्विरोधलार्ई हल गर्न सहकारीको ठूलो  भुमिका रहन्छ । यसबारे उनले प्रस्तुत गरेको हापे प्रान्तको सुनह्वा काउन्टीको वाङ क्वो–फान भन्ने सहकारीबारे  एउटा दस्तावेज प्रसिद्ध छ जसमा उनले कसरी बभकङ्गालहरूको सहकारीब्भ् भनेर चिनिने एक गरिवहरुको सहकारी कसरी  वर्षैपिच्छे सम्पन्न हँदुै गयो भन्नेबारे उदाहरण प्रस्तुत गरेका थिए । माओको पनि जोड के भने सहकारीहरूका सक्रिय  समर्थकहरू ग्रामीण गरिब र निम्नमध्यम किसानहरू हनु् । साथै तत्कालिन चिनमा समेत सहकारीमा विविध  समस्याहरु आएका तथा सहकारी सुदृढीकरण, अन्तर्विरोधहरूको हल,  राज्य र सहकारीहरूबिचका सम्वन्धहरु, तथा  सहकारी व्यवस्थापनका समस्याहरुबारे माओका विचारहरु रहेका छन् ।  साथै ती अन्तर्विरोहरूलार्ई हल गर्न प्रमुख  रुपमा उत्पादन र वितरणका समस्याहरूमाथि निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले राज्यको नीति र  नियन्त्रणकै आधारमा सहकारी उत्पादन हुनुपर्ने तथा वितरणको हकमा समग्रमा राज्यको तथा विशिष्ट रुपमा यक्तिका  हितहरूमाथि ध्यान दिनुपर्ने उनको निष्कर्ष छ । समाजमा अन्तर विरोधको आधार उत्पादन र वितरणबीचको  असमानता भएकोले सामुहकि रुपमा सामाजिक न्याय र उत्पादकत्व बृद्धि सँगर्गगै लैजान सहकारीको महत्वपूर्ण  भूमिका रहन्छ ।   
नेपालमा सहकारी 
परापूर्वकाल देखि हाम्रो समाजमा पनि सहकार्यमा आधारीत विभिन्न परम्परागत, सामाजिक र आदीवासी संगठनहरु  रहेका थिए । पर्मा, गुठी, ढिकुरी, रोदी, भेजा, झारा, बाटा, धारा वा कुलो निर्माण, आदि तवरले समाजमा सहकार्य  भएको पाइन्छ । नेपालमा सहकारीको औपचारिक विकासक्रम वि.स. २०१० मा सहकारी विभागको स्थापनासँगै भएको  मानिन्छ ।  बिसं २०१३ देखि सुरु भएको सहकारी आन्दोलनले २०४९ मा सहकारी ऐन लागु भए पश्चात् गति लिएको  थियो भने सन ्२००६ को आन्तरीम संविधानले (धारा ३५(२) ) देशको  आर्थिक विकासको एक आधार स्तम्भको रुपमा  सहकारीलाई प्रस्तुत गर ेपश्चात फड्को मारेको देखिन्छ । हाल कुल जनसंख्याको करीब १५ प्रतिशत भन्दा बढी  
जनता सहकारीको सदस्य रहेको देखिन्छ । यस क्षेत्रमा ७५ हजार भन्दा बढी प्रत्यक्ष  ५ लाख भन्दा बढी अप्रत्यक्ष  रुपमा रोजगार रहेको देखिन्छ । नेपालमा हाल ३४ हजार बढी सहकारी पुगेका छन् जसमा ४५ लाख बढी सदस्यहरु  रहेका छन्  । यसमध्ये १० हजार जति कृषि क्षेत्रसँग सम्वद्ध रहकेो तथ्य छ ।     


तर ध्यान दिनुपर्ने कुरा ती मध्ये लगभक २० हजार सहकारी बचत तथा रिण सहकारी हुन् । नेपालमा बचत तथा रिण  सहकारीले धेरकैो घरवार खाइसकेको तथा निम्न बर्गको उठीबास लगाएका घटनाहरुसग हामी धेर ैपरिचित नै छौं ।  यसरी सुदखोर र साहुमहाजनको रुपमा सहकारीको विकास भए हामी साच्चै नै समतामुलक समाज निर्माणको  सहकारीको भुमिका छ भन्न सक्ने अवस्था छैन ।   सहकारीलाई पँुजिवादी व्यवस्थामा पनि वैकल्पिक उत्पादन प्रणालीको रुपमा लिने क्रममा यसका प्रमुख केहि फाइदा  अवश्य छन् । सहकारीमा जनता वा श्रमजिवी वर्गले आफै सहभागी भई आफै र आफ्नो नेतृत्वमा कलकारखाना  चलाउन, त्यसको नेतृत्व गर्न तथा संगठित र सामुहिक रुपमा उत्पादन गर्न सक्छन् । त्यसै हुनाले सहकारी निश्चय नै  शोषण रहित र श्रमजीवीमुखी संयन्त्र हुनसक्छ । त्यसैले पुँजिवादी समाजमा पनि सहकारीहरुले सामुहिक व्यवस्थापन,  सचेतना तथा वर्ग चेतना, सामुहिक लाभ, शशक्तिकरणमा फाइदा पुग्दछ । तर यस व्यवस्थाभीत्र सहकारीमा पनि  बजार अर्थतन्त्र र नाफामुखी चरित्र प्रतिविम्वीत हुन्छ । यसका लागि राज्यको नियन्त्रण आवश्यक पर्दछ । यदि शिक्षा,  पर्यटन, स्वास्थ्य, उद्योग, लगायत उत्पादनका क्षेत्रमा सहकारीहरु छन् भने निश्चयनै यसको योगदान ठलूो रहन्छ ।  त्यस्तै छरिएको पू“जी, श्रम, सिप, अनुभव र स्रोतलार्ई जुटाउन, सामाजिक न्याय कायम गर्न र उत्पादकत्व बृद्धि प्राप्त  गर्दै समतामुलक समाज निर्माण गर्न सकिन्छ भन्ने सहकारीले विश्वास गर्दछ ।   
कृषि क्षेत्रमा सहकारी  
नेपालको कृषि विकासका लागि सहकारी अत्यन्त सान्र्दभिक र महत्वपूर्ण साधन हुन् ।  यहाँको कृषिको मुख्य समस्या  भनेका निर्भाहामुखी खेति, टुक्रे जमिन, सीमित स्रोत साधन, बजारको अभाव र द्यबचनबष्ल एयधभच को अभाव रहेको  संदर्भमा संगठित तथा सहकार्यमा आधारीत उत्पादन, जमिनको चक्काबन्दी तथा सामुहिक खेित तथा बचत, रीण तथा  सहकारी वित्त व्यवस्थापनका साथै बजारीकरण र औद्योगीकरणका लागि समेत सहकारी निकै उपयोगी गैर नाफामुलक  र किसानमैत्री माध्यम हुन सक्छ । अहिले किसानहरु कृषि उपज संकलनमा समस्या  झेलिरहको छन् । संकलन केन्द्रको अभाव छ । ढुवानीमा समस्या  तथा महंगो ढुवानी खर्च व्यहोर्नु परेको ्बाध्यता छ । उत्पादन छरिएर रहेको छ । विचौलीयाहरुको प्रभुत्व रहकेो छ ।  प्रविधि र सूचनाको अभाव छ । यसकारण सहकारी मार्फत सामुहिक स्वामित्व र उपभोगको व्यवस्था यहाँ उपयोगी  रहन्छ । जमिन चक्लावन्दी, सामुहिक कार्य मार्फत श्रमिक आपूर्ति, यान्त्रिकरण, मल बीउ आपूर्ति, क्षमता विकास र  प्रविधी पहुँच आदी पनि सहकारी मार्फत सहज अघि बढ्ने कार्य हनु् । सदस्यहरूका विक्रीयोग्य उपजहरूलाई एक  ठाउँमा सङ्कलन गररे उपजहरूको परिमाणलाई बृद्धि गर्न, उचित उत्पादन योजना र बजार व्यवस्थापन गररे उपभोक्ता  समक्ष कृषि उपजहरूको नियमित आपूर्ति सुनिश्चित गर्न, अग्रिम करारको माध्यमबाट सम्झौता गरिएको मूल्यमा  व्यापारी र प्रशोधनकर्ताहरूसँग कारोवार गरेर बजार व्यवस्थापन सहज बनाउन सहकारी माफर्त सुरक्षित बजार र  नाफामूलक प्रतिफल सुनिश्चित गर्न सघाउछ । कृषि सामग्रीहरू एकमुष्ठ ठूलो मात्रामा खरिद कारोवार र एकमुष्ठ  ढुवानी गररे कृषि सामग्रीहरूको खरिद मूल्य र लागत घटाउन पनि कृषि सहकारी महत्वपूर्ण छन् ।   
कृषिको सहकारीकरण भन्नाले किसानहरुलाई सहकारीमा आवद्ध गर्नु पनि हो । साथै सामुहिक उत्पादनलाई प्रोत्साहन  गरिनु भन्ने हो । हाम्रो देशमा जमनिको खण्डीकरण, सानो स्तरको छरिएको उत्पादन, उत्पादनका लागि आवश्यक  लगानी, रिण तथा बजारको समेतको अभाव भएकोले सामुहिक रुपमा खेति गर्दा ती धेरै समस्या समाधान गर्न सकिन्छ  । नेपालको कृषि विकासका लागि सहकारी अत्यन्त सान्र्दभिक र महत्वपूर्ण माध्यम हो ।    

विभिन्न देशको अनुभव  
सहकारी मुख्य गरी दुई हिसावले विकास भएको पाइन्छ । रोचडेल सोसाइटीको मर्म जस्तो भएपनि खास समाजवादी आन्दोन र विचारधारासँग सम्वन्धीत होइन । तर सहकारी र समाजवाद एक अर्काका सहयोगी नै हुन् । पुँजिवादले पनि सहकारीलाई एक हिस्साको रुपमा  विकास गर्दै आएको छ । त्यसैले पनि सहकारीमा पुँजिवादी चरित्र पनि देखिन्छ । भारतको अमुल यसको एक उदाहरण  हो । युरोपमा पनि सहकारीले एक कम्पनिको जस्तै गरि काम गरको उदाहरण छन् । कम्युनको अभ्यासमा रहेका आदीबासी किबुजहरुको इतिहाससँग जोडिएको र उनीहरुको उत्थानमा प्रयोग गरिएको इजरायलको सहकारी निकै सफल मानीएपनि हाल पुजिवादीहरुले यसलाई अमुल जस्तै गरी कम्पनीकरणको दिशातर्फ लग्दै छन् । सहकारीको सेयर किनबेच र  चर्को व्याज असुलि पुँजिवादी चरित्र हुन् । पुजिवादीहरुले सहकारीलाई उत्पादन होइन वित्त व्यवथापनमा प्रयोग गर्दछन् । यस्ता सहकारी या त आधुनिक सामन्त सुदखोर बनदछन् या त घर जग्गा र रियल स्टेटका दलाल तथा मालिकहरु । तर चीनमा सहकारीको अत्यन्त राम्रो विकास भएको छ । अझ क्युवाको  सम्पूर्ण कृषि उत्पादन र बजारीकरण सहकारी मार्फत हुने गरेको छ । नेपालले क्युवाको कृषिको  सहकारीकरणबाट प्रेरेणालिन सके कृषिको रुपान्तरण र किसानको समृद्धिमा लामो समय नलाग्न सक्छ । बा्रजिलको भुमिहीन श्रमिक आन्दोलनले (एमएसटि)पनि निम्न वर्गलाई सहकारीमा आवद्ध गर्ने सामुहिकता र संगठनको एक नमुना पेश  गरेको छ । पुजिवादी समाजमै शशक्त संगठनको नेतृत्वमा कसरी सहकारीले कम्युनको जग बसाल्न सक्छ भन्ने नमुना यसले पेश गरकेो छ ।   
त्यसैले चाहे राज्यकेन्द्रित विकास भएका देश हुन् या चाहे बजार केन्द्रित । सहकारीले महत्वपूर्ण स्थान पाएका छन् ।  सर्वाहारा वर्गकै नेतृत्वमा सरकार संचालन भएपनि राज्यको बढी नियन्त्रण भएकै देशमा सुरुका केहि दशकमा राज्य  एक्लैले उत्पादन कार्य अघि बढाउन कठिन हुनु, अपेक्षित रूपमा उत्पादक शक्तिलार्ई प्रोत्साहित गर्न कठिन हुनु साथै  उत्पादकत्व बृद्धिमा गति ल्याउन नसक्नुले सहकारीको निकै सांदर्भिकता देखाउँछ । अझ पुँजिवादको चरम शोषण,  नाफा र अन्यायलार्इ कम गर्दै सानो र संगठीत उत्पादनलाई सहकारी महत्वपूर्ण हन्ुछ । बजार अर्थतन्त्रमा सामाजिक  न्याय स्थापित गर्ने एक साधनको रुपमा सहकारी विकास भएको छ ।   
निष्कर्ष   
समाजवादी व्यवस्था र सहकारी आन्दोलनका बिच नजिकको सम्बन्ध भए पनि एउटै होइनन् । समाजवादमा समग्र  उत्पादन व्यवस्था सर्वाहारा वर्गको नियन्त्रणमा रहन्छ भने सहकारी त्यसको सानो स्तरको अभ्यासको एउटा सानो क्रियाकलाप हो । अझ अर्को कुरा पूँजीवादीहरु पनि हाल सहकारीमा सहभागी छन् । त्यसैले सहकारीमार्फत निम्न  वर्गलार्इ शोषणबाट अलग गर्दै लग्ने तथा वर्गीय हीतको पक्षपोषण गर्ने काममा पनि सहकारीलाई चुनौति छ ।  नेपालमा सहकारिको विकास जसरी समाजवादमा अग्रसर अन्य देशमा भएको छ त्यस अनुसार हुन सकेको छैन ।  अझ स्पष्ट रुपमा भन्ने हो भने नेपालमा सहकारीको विकास समाजवादी मान्यता अनुरुप हुन सकेको छैन । अहिलेका सहकारी श्रमिक र श्रमजीवी वर्गका सहकारी हुन् त ? के यिनले चिन र रुसमा जस्तै किसानलाई अघि बढाउन तथा कृषि तथा समग्र उत्पादनको क्षेत्रमा योगदान गरका छन् ? के यिनले श्रमिकलाई आफै मालिक वा पुजिपति  बनाउछन् या कार्य र श्रमको नियन्त्रण उनीहरुमै नीहीत हुन्छ त ? के यसले उनीहरुको कल्याणमा सहयोग पुगेको छ ?  नेपालको संदर्भमा हामीले सहकारीको चर्चा गर्दा यी महत्वपूर्ण कुरालाई आधार नमानी हचुवामा सहकारीको वकालत  ग¥योैं भने यसले हामीलार्इ सहि रुपमा अगाडि बढाउन सक्दैन ।  सहकारीमा देखिएका विकृतिको कारण वर्तमान पुँजिवादी व्यवस्था हो । यसको समाधानका लागि सहकारीको नियमन  र नियन्त्रणमा राज्यले कडाइ गर्नुपर्छ । प्रशिक्षणका साथै जनचेतना पनि आवश्यक छ । ग्रामीण क्षेत्र, पर्यटन, उर्जा, उद्यम र कृषिको  विकासमा सहकारीलार्इ  प्रोत्साहन गर्नुपर्दछ । सहकारीलाई उत्पादनसँग जोड्नु र वितरण प्रणालीमा पनि सुधार ल्याउनु आजको प्रमुख चुनौति हो । अझ सहकारीलाई निर्देश गर्न स्पष्ट सैद्धान्तिक विचार आवश्यक छ । समाजवादी धारबाट  प्रेरित सहकारी आन्दोलनले मात्र समाजवादको आधार निर्माण गर्न सहयोग गर्दछ । हाम्रा सहकारी अभियन्तालाई  नेपालका यी सहकारीका विविध भड्काव, अस्पष्टता, दिशाहीनता, नाफाखोरी प्रवृतिलाई चिर्दै वर्ग उत्थान र  उत्पादनशील क्षेत्रमा लाग्ने प्रेरणा मिलोस् । सहकारीको आन्दोलनले आगामी दिनमा यी कुरामा ध्यान दिओस् । जय  सहकारी ।   
 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top